default_image

6 years ago

November 22, 2019

साग क्रिकेट : श्रीलंकाको महिला टोलीमा ५ सिनियर खेलाडी

176 views

0 Bookmark

एजेन्सी – आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि श्रीलंकाले महिला क्रिकेट टोली घोषणा गरेको छ । यू२३ टोली घोषणा गरेको श्रीलंकाको टोलीमा सिनियर टोलीबाट खेलेका ५ खेलाडी रहेका छन् ।

श्रीलंकाकाले सिनियर टोलीकी २१ वर्षिय हर्षिता माधवीको कप्तानीमा टोली घोषणा गरेको छ । घोषणा टोलीमा माधवीसँगै अलराउन्डर कविशा दिलहारी, उमेषा थिमाशिनी, थारिका सेवान्डी र माल्शा शेहानीले वान डे र टि ट्वान्टी आई खेलेका छन् । कप्तान माधवीले १३ वान डे मा २ सय ५३ रन बनाएकी छिन् । त्यस्तै ९ टि ट्वान्टी आईमा ७८ रन जोडेकी छिन् । उप कप्तान काविशाले ४ वान डे मा ५८ रन बनाउनुको साथै ३ विकेट लिएकी छिन् । त्यस्तै ६ टि ट्वान्टीमा ३५ रन बनाउनुको साथै २ विकेट लिएकी छिन् ।

उमेषाले १ वान डे र ५ टि ट्वान्टी आई खेलेकी छिन् । बायाँ हाते तीब्र गतिकी बलर थारिकाले गत फेब्रअरीमा दक्षिण अफ्रिकाविरुद्ध वान डेमा डेब्यू गरेकी थिइन् । माल्शाले समान १ वान डे र टि ट्वान्टी खेली छिन् । ५ सिनियर खेलाडी बाहेक अन्य सबै श्रीलंकाबाट घरेलु क्रिकेटको अनुभव बटुलेका छन् ।

नेपालले पनि एक साता अघि रुविना क्षेत्री बेलबासेको कप्तानीमा सागको लागि अन्तिम टोली घोषणा गरेको थियो । सागमा भारत र पाकिस्तानको महिला टोलीको सहभागिता रहने छैन । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा हुँदै छ । महिला क्रिकेट टोलीको खेल पोखरामा हुने छ ।

श्रीलंकाको साग महिला टोली :

हर्षिता माधवी (कप्तान), कविशा दिलहारी (उपकप्तान), सत्य सन्दीपनी, उमेषा थिमाशिनी, थारिका सेवान्डी, लिहिनी अप्सरा, जिमान्जाली विजेनयके, सचिनी निसाल्ला, नीलाक्ष्ण सन्दमिनी, शयानी ओशादी, माल्शा शेहानी, थारुका शेहानी, शिकरी निवान्ता, सचिनी डी शिल्भा र जनादी अनाली ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.