default_image

6 years ago

November 30, 2019

माल्दिभ्समाथि नेपाल ए को सहज जित

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि अन्तिम तथा तेस्रो अभ्यास खेलमा नेपाल ए ले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।

जितका लागि १ सय १३ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए ले १३.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । ओपनर सुनिल धमला ३२ बलमा ३ चौका र २ छक्का सहित ४१ रनमा अविजित रहे । सुवास खकुरेल ३१ बलमा ३ चौका र १ छक्का सहित ३६ रनमा नट आउट रहे । ओपनर रित गौतम १८ बलमा ३ चौका सहित २४ रनमा बोल्ड हुँदा विशाल विक्रम केसीले खाता खोल्न सकेनन् । माल्दिभ्सका हसन इबरहिमले २ विकेट लिए ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको माल्दिभ्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । उसमा अहमद हसनले ३९ बलमा २ चौका सहित सर्वाधिक १९ रनको योगदान दिए । ओपनर एडम उमर शून्य र मोहम्मद इमान अलीले १० रन जोडे । मोहम्मद रिजवान १२ रनमा आउट हुँदा हसन इबराम १७ रनमा नट आउट रहे ।

नेपालका लागि युवा लेग स्पिनर तिलकराज भण्डारीले ४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए । बिक्रम शोवले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । आकश चन्द, रावल प्रताप सिंह र शेर मल्लले १-१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा नेपाल ए ४९ रन र दोस्रो खेलमा १ सय ७ रनको फराकिलो अन्तरले विजयी भएको थियो । सागको अन्तिम १५ मा नपरेका टोलीलाई समेटेर नेपाल ए टोली बनाइएको थियो । सुरुवाती दुई खेलको कप्तानी शरद भेषावकरले गर्दा आजको खेलमा प्रदीप ऐरीले गरेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.