6 years ago
December 2, 2019
अर्जुन कार्की, पोखरा
राष्ट्रिय महिला क्रिकेट टोलीकी स्पिनर अन्जली चन्दले १३ औं दक्षिण एसियाली खेलकुद(साग) महिला क्रिकेटमा माल्दिभ्सविरुद्ध विश्वकीर्तिमान कायम गरेकी छिन् ।

माल्दिभ्सविरुद्ध २.१ ओभमा ह्याट्रिक सहित कुनै रन नदिई ६ विकेट लिइन् । यो टि ट्वान्टी महिला र पुरुष दुबै क्रिकेटकै सर्वोत्कृष्ट प्रर्दशन हो । यो प्रर्दशनसँगै अन्तर्राष्ट्रिय स्तरमा अन्जलीको चर्चा उपचर्चा चलि रहेको छ ।
अन्जलीले खेलको नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमै विकेट लिदै राष्ट्रिय टिममा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेकी थिइन् । चार वर्ष पछि सिनियर टोलीमा पुनरागमन गरेकी अन्जलीले पहिलो दिनमै विश्व किर्तिमान नसोचेको उपलब्धी बताइकि छिन् ।
खेलपछि हाम्रोखेलकुदसँग कुरा गर्दै चन्दले ह्याट्रिक भएको थाहा भएपनि विश्व कीर्तिमान रेकर्ड बनेको बारे प्रशिक्षकले भनेपछि मात्र थाहा पाएको बताइन् । ‘चारवर्ष पछि टिममा पुनरागमन गर्दा खुसी थिए र खेल्न पाएमा १, २ विकेट लिन्छु भन्ने सोचको थिए । पहिलो दिनमै कल्पना सम्म नगरेको कीर्तिमान बन्दा धेरै खुसी छु’, उनले भनिन् ।
श्रीलंकामा भएको अण्डर १९ प्रतियोगिता र कोरियामा भएको एसियन गेमपछि सिनियर टोलीमा पुनरागमन गरेकी हुन् । उनले सागमा देशलाई गोल्ड मेडल दिलाउने सपना राखेको बताइन् ।

प्रतियोगितामा देशलाई स्वर्ण पदक जिताउने विश्वास लिएकी चन्दले भारत र पाकिस्तान नआउँदा दुःख लागेको बताइन् । ‘भारत र पाकिस्तान उत्कृष्ट टिम थिए, उनीहरु विरुद्ध खेल्ने धोका पुरा भएन । देशको लागि गोल्ड मेडल जित्न अन्य टिमसँग कडा प्रतिस्पर्धा गर्नेछौं’, उनले भनिन् । उनले टिमले धेरै तयारी गरेको र सवै खेलाडीहरु पनि उत्कृष्ट रहेकाले मेडल जित्न सक्ने बताइन् ।
१४ वर्षको उमेरदेखि नै क्रिकेट खेल्न सुरु गरेकी चन्दले दाजुको पछि लागेरै क्रिकेट सुरु गरेकी हुन् । बैतडीमा जन्मेकी चन्दले दाजुले गाउँमा महिलाहरुको खेल हुँदा लगेर खेल्न भनेपछि नै क्रिकेटमा लागेको बताइन् । ‘दाई क्रिकेट खेल्नुहुन्थ्यो, उहाँले नै महिलाहरु क्रिकेट छ खेल्न जाऔं भनेपछि नै मेरो क्रिकेट यात्रा सुरुभएको । दाईको राष्ट्रिय टिमबाट खेल्ने सपना पुरा भएन । अहिले क्रिकेट छोडेर बैंकमा जागिर गर्नुहुन्छ । दाईको राष्ट्रिय टिमबाट खेल्ने सपना मैले पुरा गरेजस्तो लाग्छ’, चन्दले भनिन् ।
चन्दलाई क्रिकेट खेल्न घरपरिवारबाट पनि राम्रो साथ पाएको बताइन । उनले दाईले क्रिकेट सुरु गर्नभनेपछि नै क्रिकेटमा लागेकाले घरबाट सधै साथ पाएको बताइन ।
पछिल्लो समय नेपालमा पनि महिला क्रिकेट लिग भएकाले अझ बढी हौसला बढेको बताइन । उनले डब्लुसिएल क्रिकेटले युवालाई पनि क्रिकेटमा लाग्न प्रेरणा प्रदान गरेको बताउँदै महिला क्रिकेटमा अझै बढि लिगहरु भैदिए राम्रो हुने बताइन् । अन्जली अविश्यसनिय प्रर्दशनमा माल्दिभ्स १६ रनमा अल आउट भएको थियो । १७ रनको लक्ष्य नेपालले कुनै विकेट नगुमाई ५ बलमै पुरा गरेको थियो । नेपालले दोस्रो खेलमा बुधबार बंगलादेशसँग खेल्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]