default_image

6 years ago

December 2, 2019

साग पुरुष क्रिकेटः बढ्दो निराशालाई आशामा बदल्ने मौका

195 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

लगातार असफलताले निराशा बढाउँछ । जुनसुकै खेल होस्, लगातार पराजित हुँदा समर्थकमा एक किसिमको वितृष्णा पैदा हुन्छ  यसले खेलको लोकप्रियतामा नै असर गर्छ । विश्व क्रिकेट जगतमा एक उदारणीय क्रिकेट टोली नेपालको पछिल्लो समयको प्रर्दशन निराशजनक छ । अर्थात पछिल्लो समय नतिजाको हिसाबले नेपाली क्रिकेट केहि कमजोर बन्दै आएको छ । उपाधि जित्न सकेको छैन । धेरै प्रतियोगितामा अधिल्लो चरण प्रवेशको लागि अन्य टोलीको नतिजा र रन रेटको समिकरणमा भरपर्दै आएको छ ।

सन् २०१४ मा बंगलादेशमा पहिलो पटक टि ट्वान्टी विश्वकप खेल्दा लोकप्रियता ह्वात्तै बढेको थियो । जुन लोकप्रियता पुर्व कप्तान पारस खड्काले कल्पनासम्म नगरेको बेला बेलामा बताउने गर्दछन् । सन् २०१४ को टि ट्वान्टी विश्वकपपछि गत वर्ष पाएको एक दिवसिय मान्यतानै नेपाली पुरुष टोलीले हात पारेको ठूलो सफलता हो । गत माघमा यूएईसँगको तीन टि ट्वान्टी र वान डे सिरिज २–१ ले जित्नु सफलता हुन् ।

गत जुलाईमा सिंगापुरमा सम्पन्न आईसीसी टि२० एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएसँगै समर्थक र शुभचिन्तक निराश बनेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रर्दशनले उक्त निराशामा मलाम लगाउन सक्छ । घरेलु मैदानबाटै नेपाली टोलीले समर्थकमा खुसी  फर्काउने आशा गरिएको छ ।

सागमा नेपालसहित दुई टेष्ट राष्ट्र बंगलादेश र श्रीलंकाको यू२३ टोली, माल्दिभ्स र भुटान छन् । टि ट्वान्टी शैलीमा हुने खेलमा राउन्डरोविनको आधारमा लिग सकिएपछि शीर्ष दुई टोली स्वर्ण पदकको लागि भिड्ने छन् । घरेलु मैदानमा हुने साग पुरुष क्रिकेट टोलीले स्वर्ण जित्न सके विश्वकप छनोटबाट बाहिरिदाको पिडामा केहि हदसम्म समर्थकले बिर्सनेछन् । कमजोर प्रर्दशन गरे निराशा झन बढ्ने छ । सागमा घरेलु मैदानमा खराब प्रर्दशन गरे लोकप्रियता घट्दै जाने छ ।

गत जुलाईमा टि ट्वान्टी एसिया छनोटमा नेपालले उपाधि जित्ने पक्का जस्तै थियो । वरियता देखी हरेक कुरामा नेपाल अब्बल थियो । तर नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै बाहिरियो । आफुभन्दा धेरै कमजोर टोलीसँग पराजित भएपछि समर्थकमा निराशा बढेको पाइन्छ । यसै हप्ता सम्पन्न एसीसी इमर्जिङ कपमा पनि नेपालको प्रर्दशन खराब रह्यो ।

भारत र बंगलादेशको यू२३ टोलीले नेपाललाई सहजै पराजित गरेको थियो । एक समर्थकले गत सेप्टेम्बरमा सिंगापुरले आयोजना गरेको त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा सिंगापुरलाई ९ विकेटले हराएपछि सामाजिक सञ्जालमा लेखेका थिए, ‘जित्ने बेला जितेन अब जितेर के काम ?’

यसले निराशालाई प्रष्टाउछ । त्यसैले नेपाली क्रिकेट टोलीले सागमा स्वर्ण जित्न सके समर्थकमा खुसि फर्किने आशा गर्न सकिन्छ ।

सागमा कस्तो छ नेपाली टोली ?

घरेलु मैदानमा हुने सागको लागि घोषणा टोलीमा इमर्जिङ कपमा नरहेका पुर्व कप्तान पारस खड्का छन् । जसले नेपाली टोलीको प्रर्दशन र मनोबल दुबै बढ्ने छ । ओपनरको रुपमा पारस खड्का र कुशल भुर्तेल रहने छन् । पछिल्लो समय टि ट्वान्टीमा ब्याटिङक्रम अनिश्चित छ । त्यसैले ब्याट्सम्यानको ब्याटिङक्रम निश्चित छैन । दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, ज्ञानेन्द्र मल्ल, सन्दीप जोरा र विनोद भण्डारी ब्याट्सम्यानको रुपमा छन् ।

सोमपाल कामी, करण केसी र पवन सरार्फ अलराउन्डरको भूमिकामा मैदान उत्रने छन् । योर्कर लागि परिचत अभिनास बोहोरा डेथ ओभरमा हतियार हुन् । युवा खेलाडी तथा तीब्र गतिका बलर रशिद खान डेब्यूको पर्खाइमा हुने छन् । स्पिनरमा  ललित नारायण राजवंशी र सुशन भारी छन् । युवा खेलाडीको बाहुल्यता रहेको नेपाली पुरुष टोली सन्तुलित र बलियो देखिन्छ । आफ्नो प्रतिद्वन्द्वी अनुसार प्रर्दशन गर्ने नेपालले सागमा कस्तो प्रर्दशन गर्छ भन्ने अर्को चिन्ता पनि छ ।

युवालाई अवसर

सागको लागि नेपाली घोषणा टोली हेर्ने हो भने पारस, ज्ञानेन्द्र र विनोदलाई छाड्दा अन्य सबै युवा खेलाडी हुन् । पहिलो पटक टोलीमा स्थान बनाएका तीब्र गतिका बलर राशिद खान, इमर्जिङ कपमा भारतविरुद्ध डेब्यू गरेका कुशल भुर्तेल, पवन सरार्फ, स्पिनर सुसन भारी र ललित नारायण राजवंशीले यस अवसरलाई चुक्न दिनुहुँदैन ।

घरेलु मैदान र समर्थकको साथ

समर्थकले उमेर, महिला, पुरुष र घरेलु प्रतियोगिता सबैमा नेपाली क्रिकेटलाई राम्रो साथ दिदै आएका छन् । सागमा पनि राम्रो साथ मिल्ने आशा गरिएको छ । घरेलु समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । १२ औं खेलाडीको फाइदा नेपाललाई पुग्ने छ । टियु क्रिकेट मैदानकै प्रशिक्षणबाट खेलाडी तयार भएका छन् । जसको कारण नेपालले घरेलु मैदानको राम्रो उपयोग गर्ने अनुमान गरिएको छ ।

टेष्ट टोलीको चुनौती

साग पुरुष क्रिकेट टोलीमा ५ टोलीको सहभागिता छ । तुलानात्मक रुपमा भुटान र माल्दिभ्स नेपाल भन्दा कमजोर टोली हुन् । यी दुई देशमाथि नेपालको जित निश्चित जस्तै छ । कसरी जित्छ त्यो हेर्न बाँकी छ । नेपालको लागि चुनौती दुई टेष्ट टोलीको यू२३ टिमसँग हुने छ । श्रीलंकाले कामिन्दु मेन्डिसलाई समेट्दै टोली घोषणा गरेको छ । यू१९ र प्रथम श्रेणी खेलेका खेलाडीको बाहुल्यता श्रीलंका टोलीमा देखिन्छ । बंगलादेशले टोली घोषणा गर्न बाँकी छ । इमर्जिङ टिम्स एसिया कपमा सिनियर खेलाडीलाई प्रथामिकतामा राखेको बंगलादेशले सागमा पनि बलियो टोली पठाउने अनुमान गरिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.