default_image

6 years ago

December 15, 2019

सुवोधको उत्कृष्ट ब्याटिङमा काठमाडौंको सम्मानजनक योगफल

137 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – भारतीय अलराउन्डर सुवोध भाटीले उत्कृष्ट ब्याटिङ गरेपछि पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेटमा काठमाडौं गोल्डेन्सले पोखरा पल्टनलाई १ सय १६ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन बनायो । काठमाडौंका लागि सुवोधले सर्वाधिक ४५ रनको योगदान दिए । सुवोध सर्वजीत लड्डाको १७ ओभरको तेस्रो बलमा छक्का हान्ने धुनमा ठूलो सट खेल्दा काउकर्नरमा आशिफ शेखबाट क्याच आउट हुनु पुगे । सुबोधले २९ बलमा समान ४ चौका र छक्का प्रहार गरे ।

काठमाडौंका सबै ब्याट्सम्यानलाई दोहोरो अंकमा रन जोड्नै सघर्ष पर्दा सुवोधले खुलेर खेलेका थिए । दशौं ओभरको दोस्रो बलमा पवन सरार्फ आउट भएपछि ४५–५ को कमजोर अवस्थामा रहेको काठमाडौंलाई सुवोधले आफ्नो एकल प्रर्दशनमा सम्मानजनक योगफलमा पुर्याएका थिए ।

तेस्रो ओभरको चौथो बलमा प्रथामेश डांकेले विकेटकीपर विनोद भण्डारीबाट कट बिहाइन्ड निकाल्दै ओपनर जयकिशन कोल्सावालालाई ९ रनमा क्याच आउट गराए । जयकिशनले ६ बलमा २ चौका प्रहार गरे । पहिलो विकेटका लागि सुवास खकुरेल र जयकिशनले १८ रनको साझेदारी गरेका थिए ।

स्पिनर ललित नारायण राजवंशीले चौथो ओभरको दोस्रो बलमा सुवासलाई सट थड म्यानमा सर्वजीत लड्डाबाट ६ रनमा क्याच आउट गराए । उनले १२ बलमा १ चौका प्रहार गरे । लामो समयपछि घरेलु क्रिकेटमा फर्किएका सुवासले ठूलो इनिङ खेल्न सकेनन् ।

राशिद खानले पाँचौ ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई १ रनमा बोल्ड आउट गरे । छैटौं ओभरको दोस्रो र तेस्रो बलमा ललितलाई लगातार छक्का प्रहार गरेका गौरव तोमर चौथो बलमा त्यस्तै ठूलो सट खेल्ने धुनमा लङ अफमा कुशल भुर्तेलबाट क्याच आउट पुगे । गौरवले ७ बलमा २ छक्का सहित १३ रन जोडे ।

दशौं ओभरको दोस्रो बलमा बायाँ हाते स्पिनर कुशल मल्लले पवन सरार्फलाई मिड विकेटमा आशिफ शेखबाट ६ रनमा क्याच आउट गराए । पवनले १८ बलमा १ चौका मात्र प्रहार गरे । कुशललेनै १२ औं ओभरको तेस्रो बलमा कट एण्ड बोल्ड गर्दै पृथु बास्कोटालाई ७ रनमा पेभिलिएन फर्काए । १९ ओभरको अन्तिम बलमा राशिदले वसन्त रेग्मीलाई ८ रनमा बोल्ड आउट गरे । सुसन भारी १० र अमृत भट्टटाई १ रनमा नट आउट रहे ।

स्पिनर ललित नारायण राजवंशीले ४ ओभरमा १ मेडन सहित २१ रन खर्चेर २ विकेट लिए । युवा तीब्र गतिका बलर राशिद खानले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । पीपीएलमा डेब्यू खेल खेलेका युवा बायाँ हाते स्पिनर कुशल मल्लले ३ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सर्वजीत लड्डा र प्रथामेश डाकेले समान १–१ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.