5 years ago
December 31, 2019
भूपेन्द्र जिसी, काठमाडौं
जनवरी २५ मा यूएईसँग पहिलो वान डे खेलमा ३ विकेटको हारबाट सन् २०१९ को यात्रा सुरु गरेको नेपालले डिसेम्बर ९ मा माल्दिभ्सलाई ५ विकेटले हराउँदै वर्षको अन्त्य गर्यो । आईसीसी ग्लोबल टि ट्वान्टी छनोटमा पुग्न नसक्नु वर्षको सबै भन्दा ठूलो असफलता र निराशा रह्यो । जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी एसिया छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिन पुग्यो ।
यूएईसँगको तीन ओडीआई र तीन टि ट्वान्टी सिरिज समान २–१ ले जित्दै ऐतिहासिक सफलता हात पार्यो । जुन नेपालले पहिलो पटक ओडीआई र टि ट्वान्टी सिरिज जितेको थियो । जुलाई दोस्रो साता नेपालले मलेसियालाई दुई टि ट्वान्टी सिरिज २–० ले जित्दै क्लिनस्वीप गर्यो । जुन ऐतिहासिक उपलब्धि थियो ।
नेपालले सिंगापुर, जिम्बावेसँगको त्रिकोणात्मक सिरिज, ओमानमा पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज तथा इमर्जिङ एसिया कप हुँदै सागमा २०१९ को अन्त्य गर्यो । सन् २०१९ मा नेपाल विश्वकप छनोटमा पुग्न नसकेपनि केहि ऐतिहासिक सफलता र विश्व कीर्तिमान बन्ने । क्यानमा नयाँ नेतृत्व आए सँगै नेपालमाथि आईसीसीको प्रतिबन्ध ससर्त रुपमा फुकुवा भयो । सन् २०१९ नेपाली क्रिकेटलाई छोटकरीमा फर्केर हेर्दा :
चार विश्व कीर्तिमान
२०१९ मा नेपाली खेलाडीले विश्व क्रिकेट जगतमा चार कीर्तिमान बनाए । यूएईसँगको दोस्रो ओडीआईमा ५५ रन जोड्दै रोहित कुमार पौडेल विश्वकै सर्वाधिक कम उमेरमा ओडीआई अर्ध शतक पुरा गर्ने खेलाडी बने । यूएईसँगको पहिलो खेलमा सन्दीप जोराले ५३ रनमा अविजित रहँदै टि ट्वान्टीमा सर्वाधिक सानो उमेरमा अर्ध शतक प्रहार गर्ने कीर्तिमान बनाए ।
जिम्बावे, सिंगापुर र नेपालबीचको त्रिकोणात्मक सिरिजमा सिंगापुरले प्रस्ततु गरेको १ सय ५२ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान पारस खड्काले १ सय ६ रनमा अविजित शतकीय इनिङ खेल्दै ९ विकेटको सहज जित दिलाउँदा विश्व कीर्तिमान कायम गरे । जुन शतक टि ट्वान्टीमा लक्ष्य पछ्याउने क्रममा गर्ने प्रहार गर्ने पारस विश्वकै पहिलो कप्तान बने ।
सागमा माल्दिभ्ससँग स्पिनर अञ्जली चन्दले २.१ ओभरमा कुनै रन नदिई हयाट्रिक सहित ६ विकेट लिइन् । जुन टि ट्वान्टी आई महिला र पुरुष दुबैको उत्कृष्ट प्रर्दशन हो । यी कीर्तिमानले असफलताको बाबजुद यस वर्ष नेपाली क्रिकेटको विश्वमा राम्रो चर्चा पायो ।
यू१९ टोलीको एक रनको हार
नेपालीमा एउटा उखान छ, “देखेको होइन भाग्यमा लेखेको हुनुपर्छ” । यस्तै नतिजा आईसीसी यू१९ एसिया छनोटमा यूएईसँग आउन पुग्यो । अप्रिल १३ मा यूएई यू१९ सँग नेपाली यू१९ डकवर्थ लेविस पद्दति को आधारमा १ रनले पराजित भयो । २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको यूएई ३० ओभरमा १ सय २२ रन बनाउन ३ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिदा डकवर्थ लेविस पद्दतिको आधारमा पराजित हुन पुग्यो । नेपालले अन्य चार खेलमा फराकिलो जित निकाले पनि १ रनको हारको कारण जनवरीमा दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउन सकेन ।
टि ट्वान्टी विश्वकपमा पुग्न असफल
खेलाडीको मात्र होइन समर्थक र सुभ चिन्तकको पनि देशले विश्वकप खेलेको हेर्ने सबै भन्दा ठूलो सपना हुन्छ । नेपाल जुलाईमा सिंगापुरमा भएको आईसीसी टि ट्वान्टी एसिया रिजन फाइनलमा खराब प्रर्दशन गर्दै तेस्रो स्थानमा रहेर बाहिरियो । पाँच राष्ट्र सम्मिलित उक्त प्रतियोगितामा नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै ग्लोबल छनोट नपुग्दै विश्वकप यात्राबाट बाहिरिएको थियो । जुन यस वर्ष नेपाली क्रिकेटले भोगेको ठूलो असफलता हो ।
क्यानमा नयाँ नेतृत्व
असोज दोस्रो साता नेपाल क्रिकेट संघ (क्यान) मा चतुर बहादुर चन्द नेतृत्वमा आए । २०७२ मंसिर अन्तिम देखी विवादको कारण क्यान अविभावक विहीन बनेको थियो । तीन वर्षपछि चतुर बहादुर चन्दको प्यानलले विनयराज पाण्डेको प्यानललाई हराउँदै क्यानको नयाँ नेतृत्व समाले । चन्द नेतृत्वमा आएको दुई महिना काट्दा कुनै पनि उपलब्धीपूर्ण काम भने गर्न सकेका छैनन् ।
क्यानको निलम्बन सशर्त फुकुवा
आईसीसीले २०७३ वैशाख १३ देखी क्यानलाई राजनितिक हस्तक्षेप, दुई समान्तर समिती, निष्पक्ष्य चुनाव हुन नसकेको लगायत विभिन्न कारण देखाउँदै प्रतिबन्ध लगाएको थियो । क्यानमा नयाँ नेतृत्व आएसँगै आईसीसीले तीन वर्षदेखी लगाएको प्रतिबन्ध सशर्त रुपमा अक्टोबर १४ मा फुकुवा गर्यो ।
पारसको कप्तानीबाट राजिनामा
आईसीसीले क्यानको निलम्बन फुकुवा गरेको २४ घण्टा बित्न नपाउदै एक दशक देखी नेपाली क्रिकेटको कप्तानी गरेका पारस खड्काले एक्कासी कप्तानबाट राजिनामा दिए । नेपाललाई सिमित स्रोत र साधनका बीच डिभिजन पाँच देखी टि ट्वान्टी विश्वकप हुँदै एक दिवसिय मान्यता दिलाउँदै सर्वाधिक सफल कप्तान पारसले नेपाली क्रिकेटलाई नयाँ तरिकाले माथि उठाउन राजिनामा दिएको बताउछन् ।
डब्लूसिएलको आगमन र महिला क्रिकेटको आशा
जवनरीमा थाईल्यान्डमा भएको महिला टि ट्वान्टी स्याम्स र फ्रवअरीमा आईसीसी विश्वकप छनोट एसिया क्षेत्र दुबैमा नेपाली महिला टोलीलाई थाईल्यान्ड तगारो बन्यो । त्यसपछि नेपाली महिला क्रिकेटलाई माथि उठाउन भन्दै क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रा.लीले असोज अन्तिम देखी कात्तिक ७ सम्म काठमाडौंमा वुमन्स च्याम्पियनसिप टि ट्वान्टी लिग आयोजना गर्यो ।
पाँच फ्रेन्चाइज टोलीबीच राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा गराउँदै फाइनलमा चितवन राइनोजले क्याट क्विन्स काठमाडौंलाई हराउँदै उपाधि जित्यो । यस फ्रेन्चाइज लिगले थुप्रै नयाँ प्रतिभा देखा परे । जसले नेपाली महिला क्रिकेटलाई माथि उठ्न अझ उत्साह र हौसला थप्यो ।
१४ वर्षपछि प्रथम श्रेणी
नेपालले १४ वर्षपछि थ्रि डे प्रथम श्रेणी क्रिकेट कात्तिक २० मा कीर्तिपुरमा मेरिलेबोन क्रिकेट क्लबसँग खेलेको थियो । सन् २००५ मा अन्तिम प्रथम श्रेणी खेलेको नेपालले २०१९ मा खेल्दा एमसीसीसँग २ सय ८ रनले पराजित हुन पुग्यो । जुन खेलमा कप्तान ज्ञानेन्द्र मल्ल सहित ९ खेलाडीले डेब्यू गरेका थिए ।
सागमा दुवै टोलीलाई कास्य
महिला र पुरुष टोली दुबैले १३ औं साग खेल्दै सन् २०१९ को अन्त्य गरे । महिला र पुरुष दुबैले माल्दिभ्सलाई हराउँदै कास्य जिते । लिग चरणमा महिला र पुरुष दुबै टोली बंगलादेश र श्रीलंका यू२३ टोलीसँग पराजित भएका थिए ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]