default_image

4 years ago

January 16, 2020

वेष्ट इन्डिजमाथि आयरल्यान्डको रोमान्चक जित

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टि ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्डले रोमान्चक जित हात पारेको छ । बिहीबार बिहान सम्पन्न पहिलो खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई ४ रनले हराएको हो । २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । अन्तिम दुई ओभरमा १६ […]

30 views

0 Bookmark

एजेन्सी – वेस्ट इन्डिजसँगको पहिलो टि ट्वान्टी खेलमा पाहुना टोली आयरल्यान्डले रोमान्चक जित हात पारेको छ । बिहीबार बिहान सम्पन्न पहिलो खेलमा आयरल्यान्डले वेस्ट इन्डिजलाई ४ रनले हराएको हो ।

२ सय ९ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ४ रन बनायो । अन्तिम दुई ओभरमा १६ रन बनाउन नसक्दा वेस्ट इन्डिजले झिनो हार बेहोर्नु परेको हो ।

१९ औं ओभरमा क्रेग योङ ३ रन मात्रै खर्चेपछि वेस्ट इन्डिजलाई जितको लागि अन्तिम ओभरमा १३ रन आवश्यक रहेको थियो । जोशुआले अन्तिम ओभरमा ८ रन खर्चेर २ विकेट लिदै जित पक्का गरे । पहिलो बलमा शेरफेन रदरफोर्डलाई क्याच आउट गराए ।

दोस्रो बलमा ब्राभोले छक्का प्रहार गरेपछि खेल अझ रोमान्चक बनेको थियो । तर तेस्रो बलमा दुई र चौथो बलमा डट खाए । ब्राभो पाँचौ बलमा ९ रनमा क्याच आउट भएपछि वेस्ट इन्डिजको जित टाढिएको थियो ।

ओपनर इभिन लुइसले २९ बलमा ६ चौका र ३ छक्का सहित सर्वाधिक ५३ रनको योगदान दिए । लेन्डन सिमन्सन २२, शिम्रोन हिटमायर २८, कप्तान काइरान पोलार्ड ३१, विकेटकिपर निकोलस पूरन र शेरफेन रदरफोर्डले २६-२६ रनको योगदान दिए ।

आयरल्यान्डका जोशुआ लिटिलले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए । क्रेग योङ २, जर्ज डोकरेल र सिमी सिंहले १-१ विकेट लिए ।

त्यसअघि नेशनल क्रिकेट स्टेडियम ग्रेनाडामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो । ओपनर पल स्टर्लिङ र केभीन ओ ब्रायनले १२.३ ओभरमा १ सय ५४ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ अघि बढाएका थिए ।

सन्न्यास फिर्ता लिदै टोलीमा पुनरागमन गरेका ब्राभोले केभीन ओ ब्रायनलाई ४८ रनमा बोल्ड आउट गर्दै साझेदारी तोडे । उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे । केभीन ओ ब्रायनले गत वर्षको इपिएल काठमाडौं किंग्स ११ बाट खेलेका थिए । यो पटक पनि काठमाडौंबाटै खेल्ने पक्का भएको छ ।

पल स्टर्लिङले ४७ बलमा ६ चौका र ८ छक्का सहित ९५ रन जोड्दै म्यान अफ द म्याच चुनिए । हेडन वाल्शले १४ औं ओभरको दोस्रो बलमा लुइसबाट क्याच गराएपछि स्टर्लिङ शतक बनाउन ५ रनले चुकेका थिए ।

स्टर्लिङले इपिएल गत वर्ष चितवन टाइगर्सबाट खेलेका थिए । ग्रेरेथ डेनली १९, कप्तान एन्ड्रयू बलबर्नी ७ र विकेटकिपर गैरी विल्सनले १७ रनको योगदान दिए ।

वेस्ट इन्डिजका शेल्डन कट्र्टेल, खारी पियरे र ड्वेन ब्राभोले २-२ विकेट लिए । तीन टि ट्वान्टी सिरिजमा आयरल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो खेल शनिवार र तेस्रो आइतबार हुने छ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.