default_image

4 years ago

January 20, 2020

सन्दीप सम्मिलित मेलबर्न सिड्नीसँग पराजित

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा २१ रनले पराजित भएको छ । जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले […]

38 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियामा जारी बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्स सिड्नी सिक्सर्ससँग डक वर्थ लेविस पद्धतीको आधारमा २१ रनले पराजित भएको छ ।

जितका लागि १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको मेलबर्न स्टार्सले निर्धारित १४ ओभरमा ५ विकेट गुमाउँदै १ सय २५ रन बनायो । मेलबर्नका ओपनर मार्कस स्टोइनिसले ३७ बलमा ३ चौका र ४ छक्का सहित ६२ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन् । ओपनर हिल्टन कार्टराइटले २१, कप्तान ग्लेन म्याक्सवेल १२ र निक मिडिनसनले २१ रनको योगदान दिए । बेन द्धारिसहुइस र टम करनले २-२ विकेट लिए । नाथन लायनको नाममा १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नीले निर्धारित १४ ओभरमा ४ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो । वर्षाको कारण खेल ६ ओभर घटाईएको थियो । सिड्नीका कप्तान मोइसेस हेनरिक्सले मात्रै ३१ बलमा ८ छक्का र २ चौका सहित ७२ रन जोडेपछि विशाल योगफल बनाएको हो ।

जेम्श भिन्स २२ बलमा २ छक्का र १ चौका सहित ४१ रनमा अविजित रहे । सन्दीपले ३ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । डानियल वोरलको नाममा १ विकेट रह्यो । सन्दीपले पाँचौ ओभरमा मात्र ३ रन खर्चेर २ विकेट लिए । डानियल ह्यूजेस र दोस्रोमा जोश फिलिपलाई एक एक रन दिए । तेसो बल डट राखे । चौथो बलमा डानियललाइ सन्दीपले १४ रनमा स्टम्पिङ आउट गराए । पाचौं बलमा जेम्श भिन्सलाइ १ रन दिएका सन्दीपले अन्तिम बलमा फिलिपलाइ १० रनमा क्याच गराए ।

सन्दीपले ७ औं ओभरमा ११ रन खर्चिए । ११ औं ओभरमा सन्दीपले २४ रन खर्चिए । जेम्स भिन्सले पहिलो बलमा छक्का र दोस्रो बलमा चौका प्रहार गरे । तेस्रो बलमा एक रन दिए । चौथो र पाचौं बलमा मोइसेस हेनरिक्सले लगातार छक्का प्रहार गरेपछि सन्दीप महगो साबित भएका हुन् ।

मेलबर्न स्टार्सको जारी बिग ब्यास लिगमा यो दोस्रो हार हो । मेलबर्न स्टार्स १२ खेलमा १० मा जित र २ मा हार सहित शीर्ष स्थानमा छ । सिड्नी सिक्सर्स १२ खेलमा ७ मा जित र ४ मा हार सहित दोस्रो स्थानमा रहेको छ । मेलबर्नले आफ्नो १३ औं खेलमा एडिलेड स्टाइकर्ससँग बुधबार खेल्ने छ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.