default_image

4 years ago

January 21, 2020

इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुनमा

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन तेस्रो साता देखी थाईल्यान्डमा हुने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखी २३ गते (फ्रेबुअरी २७-६ मार्च) सम्म थाईल्यान्डमा हुने जनाएको छ । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म […]

24 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन तेस्रो साता देखी थाईल्यान्डमा हुने भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले मंगलबार इस्टर्न रिजन टि ट्वान्टी फागुन १५ देखी २३ गते (फ्रेबुअरी २७-६ मार्च) सम्म थाईल्यान्डमा हुने जनाएको छ । त्यस्तै वेस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिता फागुन ९ देखी १६ सम्म ओमानमा हुने छ ।

इस्टर्न रिजनमा नेपाल सहित, भुटान, चीन, म्यानमार, हङकङ, मलेसिया, सिंगापुर र थाईल्यान्ड रहेका छन् । वेस्टर्न रिजनमा बहराइन, इरान, कुवेत, माल्दिभ्स, ओमान, कतार, साउदी अरबिया र यूएई रहेका छन् । इस्टर्न र वेस्टन रिजनका शीर्ष दुई दुई टोली गरी कुल चार टिमले अगष्टमा मलेसियामा एसिया टि ट्वान्टी क्वालिफयार खेल्ने छन् ।

क्वालिफयारको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया टि ट्वान्टी कप प्रतियोगिता खेल्ने छ । एसिया टि ट्वान्टी कपमा क्वालिफायर भएर आउने टोलीसँगै टेष्ट टोली भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ ।

इस्टर्न रिजनको लागि नेपालले माघ २२ देखी २९ सम्म टियु क्रिकेट मैदानमा हुने अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजपछि तयारी थाल्ने छ ।

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.