default_image

4 years ago

January 25, 2020

सन्दीपको घातक बलिङ

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरेका छन् । टस जितेर ब्याटिङ गरि रहेका हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । यो सँगै सन्दीपको टि ट्वान्टीमा विकेट सङ्ख्या ९९ पुगेको छ । ऐतिकासिक एक सय विकेटको लागि सन्दीप एक विकेट […]

47 views

0 Bookmark

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट ब्रिसबेन हिटविरुद्ध घातक बलिङ गरेका छन् ।

टस जितेर ब्याटिङ गरि रहेका हिटविरुद्ध सन्दीपले ४ ओभरमा मात्रै १६ रन खर्चेर १ विकेट लिए । यो सँगै सन्दीपको टि ट्वान्टीमा विकेट सङ्ख्या ९९ पुगेको छ । ऐतिकासिक एक सय विकेटको लागि सन्दीप एक विकेट टाढा रहेका छन् ।

सन्दीपले सातौं ओभरमा मात्रै ३ रन दिए । पहिलो बलमा बेन कटिङलाई डट राखेका सन्दीपले दोस्रो बलमा एक रन दिए । तेस्रो बलमा क्रिस लिन र चौथोमा कटिङलाई एक एक रन दिए । पाँचौ र छैटौं बलमा लिनलाई कुनै रन दिएनन् ।

नवौं ओभरमा पनि सन्दीपले उत्कृष्ट बलिङ गरे । पहिलो बलमा एबी डि भिलियर्सलाई एक रन दिए । दोस्रो र तेस्रो बलमा क्रिस लिनलाई रन दिएनन् । चौथो बलमा एक रन दिदा पाँचौ बल डट राखे । अन्तिम बलमा एक रन दिए ।

१२ औं ओभरमा सन्दीपले पहिलो बलमा डी भिलियर्सलाई एक र दोस्रो बलमा लिनलाई २ रन दिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा लिनलाई निक लरर्किनबाट ३४ रनमा क्याच आउट गराउँदै आफ्नो टि ट्वान्टी विकेट सङ्ख्या ९९ पुर्याए ।

अन्य दुई बलमा एक एक रन दिए । सन्दीपले १४ औं ओभरमा ५ रन खर्चिदा विकेट लिन सकेनन् । हिटले १४.४ ओभर सम्म १ सय १४ रन बनाउँदै ३ विकेट गुमाएको छ ।

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

May 4, 2024

सिरिजको अन्तिम खेलमा नेपाललाई बलियो लक्ष्य 

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७२ रन बनायो ।  वेस्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जेले २९ बलमा १ चौका […]

May 4, 2024

नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको पाँचौं खेलमा पनि नेपालले टस हारेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले फिल्डिङ गर्ने भएको छ । नेपालले सिरिजको सबै खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले आज पछिल्लो खेलमा हार […]

Success

Thank you for your time.