default_image

4 years ago

January 26, 2020

न्युजिल्यान्डमाथि भारतको लगातार दोस्रो जित

एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिजमा भारतले २-० को अग्रता कायम गरेको छ । जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा विकेटकिपर लोकेश राहुलले ५० […]

28 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्डसँगको पाँच टि ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा भारत ७ विकेटले विजयी भएको छ । योसँगै पाँच टि ट्वान्टी सिरिजमा भारतले २-० को अग्रता कायम गरेको छ ।

जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको भारतले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । भारतको जितमा ओपनर तथा विकेटकिपर लोकेश राहुलले ५० बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा अविजित रहँदै जित पक्का गरे । त्यस्तै श्रेयस ऐरले ३३ बलमा १ चौका र ३ छक्का सहित ४४ रनमा क्याच आउट भए । शिवम दुबे ८ रनमा अविजित रहे ।

पहिलो ओभरको अन्तिम बलमै टिम साउथीले रस टेलरबाट ओपनर रोहित शर्मालाई ८ रनमा क्याच आउट गराएका थिए । साउथीलेनै कप्तान विराट कोहलीलाई छैटौं ओभरको दोस्रो बलमा ११ रनमा क्याच आउट गराउँदै झिनो जितको आशा देखाएका थिए । तर तेस्रो विकेटका लागि राहुल र ऐरले ८६ रनको साझेदारी गर्दै जित पक्का गरे । न्युजिल्यान्डका टिम साउथी २ र ईश सोधीले १ विकेट लिए ।

त्यसअघि इडेन पार्कमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको घरेलु टोली न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३२ रन मात्रै बनाउन सकेको थियो । न्युजिल्यान्डलाई ओपनर मार्टिन गुप्टिल र कोलिन मुनरोले ६ ओभरमा ४८ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यगति र तल्लोक्रममा रन जोड्न नसक्दा सस्तैमा समेटिएको हो ।

छैटौं ओभरको अन्तिम बलमा शार्दुल ठाकुरले विराट कोहलीबाट क्याच गराउनु अघि गुप्टिलले २० बलमा ४ चौका र २ छक्का सहित ३३ रन जोडे । कोलिन मुनरोलाई शिवम दुबेले कोहलीबाटनै २६ रनमा क्याच आउट गराए । स्पिनर रविन्द्र जडेजाले कप्तान केन विलियम्सनलाई १३ र कोलिन डी ग्रान्डहोमलाई ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्ड दबाबमा परेको थियो ।

विकेटकिपर टिम सेफर्ट २६ बलमा १ चौका र २ छक्का सहित ३३ रनमा अविजित रहे । रस टेलरले २४ बलमा १८ रन जोडे । भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । शार्दुल ठाकुर, शिवम दुबे र जस्प्रित बुमराहको नाममा १-१ विकेट रह्यो । पहिलो खेलमा भारत ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल बुधबार हुने छ ।

April 23, 2024

स्टोइन्सको शतकमा चेन्नईमाथि लखनउको जित

एजेन्सी – मार्कुस स्टोइन्सको सानदार शतकसहित लखनउ सुपर जाइन्ट्ले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मंगलबार चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । २ सय ११ रनको लक्ष्य पछ्याएको लखनउले ३ बल बाँकी रहँदै २ सय १३ जोडेर जित निकालेको हो । स्टोइन्सले ६३ बल खेल्दै १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १ सय […]

April 23, 2024

मधेशको जित, कोशीको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – कम योगफलको खेलमा मधेश प्रदेशले कोशी प्रदेशलाई २ विकेटले हराउँदै वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा तेस्रो जित हासिल गरेको छ। ९१ रनको सहज लक्ष्य मधेशले १७ .१ ओभरमा ८ विकेटको नोक्सानीमा पूरा गर्यो। लक्ष्य सहज थियो। तर मधेशले यो सामान्य लक्ष्य पुरा गर्न ८ विकेट गुमायो। ओपनर साहिल पटेल ११ […]

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

Success

Thank you for your time.