एजेन्सी – कप्तान रोहित शर्माको अर्धशतकमा पाँचौ तथा अन्तिम टि ट्वान्टी खेलमा भारतले घरेलु टोली न्युजिल्यान्डलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नियमित कप्तान विराट कोहलीलाई भारतले आजको खेलमा विश्राम दिएको छ । रोहित शर्मा ४१ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ६० रनमा रिटायर्ट हर्ट भए । खुट्टामा केहि समस्या देखिएपछि रोहितले १७ औं ओभरको पाँचौ बलमा मैदान छोडेका थिए ।
ओपनर सञ्जु स्यामसनलाई २ रनमा गुमाएको भारतलाई रोहित र लोकेश राहुलले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गर्दै इनिङ उकासे । १२ औं ओभरको तेस्रो बलमा हशिम बेनेटले मिचेल सान्टनरबाट क्याच गराउनु अघि राहुलले ३३ बलमा ४ चौका र २ छक्का सहित ४५ रन जोडे ।
युवा ब्याट्सम्यान श्रेयस ऐर ३१ बलमा १ चौका र २ छक्का सहित ३३ रनमा अविजित रहे । शिवम दुबे ५ रनमा आउट हुँदा मनिष पाण्डे ४ खेलमा १ चौका र १ छक्का सहित ११ रनमा अविजित रहे । मनिष पाण्डेले खेलेका पछिल्ला १८ टि ट्वान्टी खेलमा भारतले हारको सामना गर्नु परेको छैन ।
न्युजिल्यान्डका स्कर्ट कुग्गेलेइजनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । हशिम बेनेटको नाममा १ विकेट रह्यो । यस अघिका चारै टि ट्वान्टी खेल भारतले जितेको थियो ।