default_image

5 years ago

February 3, 2020

नेपालका लागि खतरा बन्न सक्ने पाँच अमेरिकी खेलाडी

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल, अमेरिका र ओमानबीच कीर्तिपुर क्रिकेट मैदानमा बुधबारदेखि त्रिकोणात्मक एकदिवसिय अन्तर्राष्ट्रिय सिरिज हुँदैछ । तीनै टोलीले आ-आफ्नो तयारी सकाएका छन् ।

अमेरिका मुम्बईमा तीन एक दिवसिय अभ्यास सकाएर आईतबार नेपाल आएको छ । अमेरिका आईसीसी विश्वकप लिग २ मा ८ खेलमा ६ मा जित र २ मा हार सहित शीर्षस्थानमा छ । नेपालले पहिलो खेल ओमानसँग बुधबार खेल्ने छ । दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ ।

नेपालले ओमानसँग माघ २६ र अमेरिकासँग माघ २९ मा प्रतिस्पर्धा गर्ने छ । नेपालले पछिल्लो केहि वर्षमा लगतार एक रफ्तारमा फड्को मार्दा अमेरिका बीचमै अलमलिएको थियो । अमेरिकाले पछिल्लो दुई वर्षमा राम्रो विकास गरेको छ । दुवै टोलीका क्रिकेट बोर्ड एक समय आईसीसीको निलम्बनमा थिए ।

पछिल्लो समय नेपाल र ओमानले सन् २०१७ मा प्रतिस्पर्धा गरेका थिए । जुन खेलमा नेपाल ८९ रनमा अल आउट हुँदै पाँच विकेटले पराजित भएको थियो । सन् २०१० डिभिजन ५ मा नेपालमै भएको प्रतियोगिताको फाइनलमा अमेरिकालाई ५ विकेट हराउँदै उपाधि जितेको थियो । सन् २०१३ डिभिजन ३ मा अमेरिकाले नेपालविरुद्ध ५० ओभरमा ३ सय ६६ रन बनाएको थियो । उक्त खेलमा नेपाल ९४ रनले पराजित भएको थियो । आईसीसी टि ट्वान्टी विश्वकप छनोट २०१५ मा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

उत्कृष्ट लयमा रहेको अमेरिका घरेलु मैदानमा नेपाललाई निराश बनाउने सोचमा छ । वेस्ट इन्डिज, भारत र दक्षिण अफ्रिका खेलाडीको कारण अमेरिका पछिल्लो समय बलियो बनेको छ । अमेरिकाका यी पाँच खेलाडी जो त्रिकोणात्मक सिरिजमा नेपालमाथि हावी हुन सक्छन् ।

५. करिमा गोर (स्पिनर)

युवा स्पिनर करिमा गोरले छोटो समयमै राम्रो प्रभाव जमाएका छन् । उनले ७ ओडीआई, ४ टि ट्वान्टी आई र १७ लिष्ट ए खेलेका छन् । स्पिनर उपयोगी टियुको पिचमा उनले आफ्नो प्रभाव जमाउन सक्छन् । स्लो पिचको फाइदा उठाउँदै नेपालको मध्यक्रमका ब्याट्सम्यानलाई दबाबमा राख्न सक्ने क्षमता उनमा छ । करिमा गोरले स्पिनसँगै तल्लोक्रममा ब्याटिङ पनि गर्ने गर्दछन् । ओडीआईमा १ सय १२ रन बनाउनुको साथै ९ विकेट लिएका छन् ।

४. जेभियर मार्शल (ब्याट्सम्यान)

वेस्ट इन्डिजका पुर्व ओपनर ब्याट्सम्यान जेभियर मार्शल अमेरिकाका प्रमुख खेलाडी हुन् । टेष्ट अनुभवी मार्शलले अमेरिकालाई वान डे मान्यता दिलाउन उत्कृष्ट प्रर्दशन गरेका थिए । मार्शलले ७ टेष्ट, ३३ ओडीआई र १३ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २००५ मा श्रीलंकासँग टेष्ट र अस्ट्रेलियासँग ओडीआईमा वेस्ट इन्डिजबाट डेब्यू गरेका थिए ।

सन् २०१८ देखी जेभियरले अमेरिकाबाट क्रिकेट खेल्दै आएका छन् । सन् २००८ मा वेस्ट इन्डिजबाट क्यानडाविरुद्ध १ सय १८ बलमा १२ छक्का र ११ चौका सहित १ सय ५७ रनको अविजित इनिङ खेलेका थिए । अमेरिकाबाट ९ ओडीआई खेलमा १ सय ६७ रन बनाएका छन् । टेष्ट अनुभवी जेभिएर ठूलो इनिङ खेल्दै नेपाली बलरलाई दबाबमा राख्न सक्छन् ।

३. आरोन जोन्स (ब्याट्सम्यान)

आरोन जोन्स पछिल्लो सयम उत्कृष्ट लयमा छन् । उनी अमेरिकाबाट ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडीमा शीर्षस्थानमा छन् । उनले ९ ओडीआई, ८ टि ट्वान्टी आई, ९ प्रथम श्रेणी र ३१ लिष्ट ए खेलेका छन् । ओडीमाईमा ३ सय ४८ रन बनाएका छन् । उत्कृष्ट प्रर्दशन ९५ रन छ । उनले पछिल्लो ५ खेलमा ०, ४६, ७४, ९५ र ३७ रन जोडेका छन् । साथै उनीसँग क्यारेबियन प्रिमियर लिगको अनुभव छ ।

२. सौरभ नेत्रवालकर (कप्तान तथा बलर)

भारतीय मुलका तीब्र गतिका बायाँ हाते बलर सौरभ अमेरिका कप्तान हुन् । राम्रो लयमा रहेका सौरभले ९ ओडीआई, ८ टि ट्वान्टी र ४१ लिष्ट ए खेलेका छन् । सौभरसँग भारतीय यू१९ र क्यारेबियन प्रिमियर लिगको पनि अनुभव छ । ९ ओडीआईमा १३ विकेट लिएका छन् । पछिल्लो समय उनी राम्रो लयमा छन् । विश्वकप लिग २ अन्तर्गत गत डिसेम्बरमा घरेलु टोली यूएईलाई ३ विकेटले हराउन ९.२ ओभरमा १ मेडन सहित ३२ रन खर्चेर ५ विकेट लिएका थिए ।

१. स्टिभ टेलर (अलराउन्डर)

अलराउन्डर स्टिभ टेलर प्रमुख हतियार हुन् । उनको प्रर्दशन त्रिकोणात्मक सिरिजमा अमेरिकाको लागि पनि महत्वपूर्ण सावित हुने गर्दछ । शीर्षक्रमका टेलर ठूलो इनिङको लागि परिचित छन् । उनले ९ ओडीआई, ८ टि ट्वान्टी आई, ३ प्रथम श्रेणी र ४६ लिष्ट ए खेलेका छन् । जसमा उनले ओडीआईमा १ सय ८२ रन बनाउनुको साथै ८ विकेट लिएका छन् ।

सन् २०१३ डिभिजन ३ मा टेलरले नेपालविरुद्ध १ सय २ बलमा १२ चौका र १२ छक्का सहित १ सय ६२ रनको विश्फोटक शतकीय इनिङ खेलेका थिए । टेलरको विश्फोटक शतकमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ६६ रन बनाएको थियो । यता टियुको मैदान स्पिनर उपयोगी हुँदा उनी ब्याट र बल दुबैमा चम्किन सक्छन् । जो नेपाललाई भारी पर्न सक्छ ।

यो पनि पढ्नुहोस : नेपाललाई घातक बन्न सक्ने ओमानका पाँच खेलाडी

December 14, 2024

उद्घाटन खेलमा भद्रपुर र दमक खेल्ने

हिमाल खरेल, बिर्तामोड दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिकाले खेल्ने भएका छन् । आज प्रतिष्ठानको कार्यालय बुधबारेमा भएको पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगितामा सहभागी झापाका १५ वटै पालिकाका प्रतिनधिबीच टाइसिट ड्र गरिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले जानकारी दिए । […]

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

Success

Thank you for your time.