default_image

4 years ago

February 3, 2020

भारतलाई लगातार आईसीसीको कारवाही

59 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट टोलीलाई लगातार दोस्रो खेलमा गल्ति गरेपछि पुन: कारवाही गरेको छ ।

आईतबार सम्पन्न पाँचौ तथा अन्तिम खेलमा ‘स्लो ओभर रेट’ को कारण भारतलाई २० प्रतिशत रकम जरिवना लगाएको आईसीसीले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । त्यसअघि भारतलाई शुक्रबार न्युजिल्यान्डसँगको चौथो टि ट्वान्टी खेलमा ‘स्लो ओभर रेट’ को कारण आईसीसीले ४० प्रतिशत रकम जरिवना लगाएको थियो ।

पाँचौ टि ट्वान्टी खेलमा भारतले निर्धारित समय भन्दा एक ओभर ढिला गर्दा २० प्रतिशत जरिवानामा परेको हो । पाँचौ खेलमा कप्तानी गरेका रोहित शर्माले गल्ती स्विकार गरेका छन् । उनी ब्याटिङ गर्ने क्रममा घाइते भएपछि केएल राहुलले पनि कप्तानी सम्हालेका थिए । आईसीसीको आचार सहिता २.२२ अनुसार एक ओभर ढिला भए २० प्रतिशत जरिवना लाग्ने गर्दछ । भारतले पाँच टि ट्वान्टी सिरिज क्लिन स्वीप गरेको थियो ।

भारत पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । तेस्रो र चौथो खेलमा भारत सुपर ओभरमा विजयी भएको थियो । पाँचौ खेलमा भारत ७ रनले विजयी हुन पुगेको थियो । कमजोर फिनिसरको कारण न्युजिल्यान्डले अन्तिम तीन खेल जित नजिक पुगेर गुमाउनु परेको थियो ।

भारत र न्युजिल्यान्डबीच थप तीन खेलको ओडीआई सिरिज पनि हुने छ । पहिलो ओडीआई माघ २२, दोस्रो २५ र अन्तिम २८ मा हुने छ । न्युजिल्यान्ड र भारतबीच थप दुई टेष्ट पनि हुने छ ।

May 10, 2024

आरसिबिको पञ्जाब विरुद्ध फराकिलो जित

एजेन्सी – रोयल च्यालेनजर्स बेंगलूरु (आरसिबि) ले पञ्जाब किंग्स विरुद्ध जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ सम्भावना कायम राखेको छ । धर्मशालामा भएको खेलमा आरसिबिले ६० रनको जित दर्ता गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २४१ रनको विशाल योगफल खडा गरेको थियो । […]

May 9, 2024

न्यु होराइजनलाई यु १४ क्रिकेट उपाधि

सुमन अधिकारी,बुटवल न्यु होराइजन बोर्डिङ स्कुलले जेट नेपाल यु १४ टि ट्वान्टी क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ । बुटवल उपमहानगरपालिकाको सहयोग तथा वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा रुपन्देहीमा भएको प्रतियोगिताको फाइनलमा पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनले प्रशिक्षण गरेको न्यु होराइजनले बुद्ध पब्लिक स्कुल, देवदहलाई ३ विकेटले हराउँदै उपाधि जितेको हो । जितका लागि ७९ रनको लक्ष्य […]

May 9, 2024

विश्व कप छनोट भएको क्रिकेट टोलीले पुरस्कार पाउने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- मन्त्री परिषद्ले विभिन्न खेलमा सफलता प्राप्त गरेका खेलाडीलाई‌ २ करोड ९७ लाख १० हजार रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ। युवा तथा खेलकुद मन्त्रालयले पेश गरेको प्रस्तावलाई मन्त्री परिषदको‌ आज बसेको बैठकले निर्णय गरेसँगै एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्। आइसिसी […]

Success

Thank you for your time.