6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – टीयू क्रिकेट मैदानमा बुधबार सुरु हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजमा नेपालका चार युवा खेलाडीको एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता (ओडीआई) मा डेब्यू संभावना छ ।

बुधबार ओमानसँगको खेलमा तीब्र गतिका बलर अभिनाश बोहराको डेब्यू पक्का पक्कि जस्तै देखिन्छ । अभिनाशलाई छोड्दा युवा बाँया हाते अलराउन्डर कुशल मल्ल, कमल सिंह ऐरी र सुशन भारी पनि घरेलु मैदानमा ओडीआईमा डेब्यूको पर्खाईमा छन् । कमल बाहेक अन्य तीनले नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरि सकेका छन् ।
नेपालले पहिलो खेल बुधबार ओमानसँग खेल्ने छ । दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ । नेपालले ओमानसँग माघ २६ र अमेरिकासँग माघ २९ मा प्रतिस्पर्धा गर्ने छ ।
घरेलु मैदानमा यी चार मध्य एक ओडीआईमा डेब्यू गर्ने पहिलो नेपाली खेलाडी बन्ने छन् । ओडीआई मान्यता पाएको दुई वर्ष पुग्न लाग्दा नेपालले पहिलो पटक घरेलु मैदानमा ओडीआई खेल खेल्दै छ । दुई वर्षको अवधीमा नेपालले ६ मात्रै ओडीआई खेल खेल्यो ।

नियमित तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी ओडीआई त्रिकोणात्मक सिरिजमा छैनन् । सोमपाल नहुँदा टि ट्वान्टीमा डेथ ओभर स्पेलिष्टको छवि बनाएका अभिनाशको प्लेइङ-११ मा स्थान बलियो देखिन्छ । अभिनाशले गत वर्ष यूएईसँगको तीन टि ट्वान्टी सिरिजबाट नेपाली क्रिकेटमा डेब्यू गरेका थिए ।
त्यसयता अभिनाश पहिलो रोजाईको बलर बनेका छन् । १७ टि ट्वान्टी आईमा १६ विकेट लिएका अभिनाशले गत नोभेम्बरमा बंगलादेशमा भएको इमर्जिङ एक दिवसिय एसिया कपमा हङकङविरुद्ध लिष्ट ए मा डेब्यू गरेका थिए । उक्त खेलमा अभिनाशले ९ ओभरमा २ मेडन सहित ३२ रन खर्चेर ३ विकेट लिएका थिए । उत्कृष्ट प्रर्दशन गर्दै आएका अभिनाश त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानविरुद्ध प्लेइङ ११ मा स्थान बनाउँदै घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्ने पहिलो खेलाडी बन्न चाहान्छन् । करण केसीको जोडीको रुपमा अभिनाशलाई हेरिएको छ ।
बायाँ हाते ब्याट्सम्यान कुशल मल्ल पनि घरेलु मैदानमा ओडीआईमा डेब्यू गर्न चाहान्छन् । ब्याटिङमा ओपनिङ देखी फिनिसिङ जुनसुकै भुमिका पनि निर्वाह गर्न सक्ने कुशल ठूला र आक्रामक ब्याटिङका लागि परिचित छन् । कुशलले स्पिन बलिङ पनि उत्कृष्ट गर्ने गर्दछन् । पवन सरार्फको स्थान लिएका कुशललाई टोलीले तल्लोक्रममा फिनिसरको रुपमा हेरिएको छ ।

रोहित कुमार पौडेल र कुशल मध्य एकलाई मौका दिने संभावना देखिन्छ । बायाँ हाते खेलाडी हुँदा रणनितीक हिसाबमा कुशल पहिलो रोजाईमा पर्न सक्छन् । टोली सन्तुलनको लागि दुई तीब्र गति र दुई स्पिनरका साथ कुशल मैदान उतार्ने संभावना बलियो छ । कुशल पछिल्लो समय राम्रो लयमा छन् । एमएम कपमा कुशलले एपिएफविरुद्ध ६३ बलमा १३ छक्का र ५ चौका सहित १ सय ११ रनको शतकीय इनिङ खेलेका थिए । कुशलले टि ट्वान्टी आईमा गत सेप्टेम्बरमा जिम्बावेसँग सिंगापुरमा त्रिकोणात्मक सिरिजमै डेब्यू गरेका थिए । कुशलले ३ टि ट्वान्टी आई खेलेका छन् ।
बायाँ हाते युवा स्पिनर सुशन भारीले पनि ओडीआईमा डेब्यू गर्ने प्रबल संभावना छ । बायाँ हाते स्पिनर भारीले नेपालबाट टि ट्वान्टी र लिष्ट ए खेलि सकेका छन् । तर ओडीआईमा भने डेब्यू गरेका छैनन् । यस पटक टोलीमा अनुभवी स्पिनर वसन्त रेग्मी छैनन् । जसको कारण उनको संभावना बलियो छ ।
टीयू पिच स्पिनर उपयोगी हुँदा तीनै स्पिनर सन्दीप लामिछाने, ललित नारायाण राजवंशी र सुशनको संभावना उतीनै रहन्छ । तर दुई स्पिनर उतारेको खण्डमा सन्दीपको जोडीको रुपमा ललित र सुशन मध्य एकले मौका पाउने छन् । ललितलाई सुरुवाती खेल खेलाएर सुशनलाई मौका दिन सक्छ । सुशन पछिल्लो समय राम्रो लयमा हुँदा अझ बलियो संभावना देखिन्छ । सुशनले ६ टि ट्वान्टी र ४ लिष्ट ए खेलेका छन् ।
पहिलो पटक नेपाली राष्ट्रिय टोलीमा परेका कमल सिंह ऐरी ओडीआईमा डेब्यू गर्न चाहान्छन् । तीब्र गतिका बलर सोमपाल टोली बाहिर रहेपछि उनको स्थानमा मौका पाएका कमल तेस्रो रोजाईको तीब्र गतिको बलरमा देखिन्छन् । टीयू मैदान स्पिनर उपयोगी हुँदा तीन तीब्र गतिका बलरका साथ नेपाल मैदान उत्रने संभावना कम छ । तीन तीब्र गतिका बलर मैदान उतार्दा दुई स्पिनर मैदान उतार्ने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]