default_image

4 years ago

February 4, 2020

टीयू मैदान ऐतिहासिक ओडीआई मान्यताको संघारमा

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट जगतको बुधबार ऐतिहासिक क्षणको साक्षी बन्नेछ । बुधबारदेखि आईसीसी विश्वकप लिग-२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दै सुरुवात गर्नेछ ।

बुधबार विहान राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र ओमानका कप्तान जीशान मकसूद टसको लागि टीयू मैदान छिर्ने छन् । ज्ञानेन्द्र र जीशान टसमा सामेल भएलगत्तै टीयू मैदानले औपचारिक रुपमा ओडीआई मान्यता पाउने छ । त्योसँगै टीयू ओडीआई मान्यता पाउने विश्वकै २ सय ९ औं क्रिकेट मैदान बन्ने छ ।

विश्वका ओडीआई मान्यता पाउने क्रिकेट मैदानको सुचिमा अब नेपालको टीयू मैदान पनि समावेश रहने छ । टीयूले २२ वर्षपछि ओडीआई मान्यता पाउन लागेको हो । टीयूमा पहिलो अन्तर्राष्ट्रिय खेल सन् १९९८ अक्टोबर ३ देखी १३ सम्म एसीसी ट्रफी भएको थियो । उक्त प्रतियोगिताको उपाधि बंगलादेशले मलेसियालाई ८ विकेटले हराउँदै जितेको थियो ।

सबै भन्दा पहिलो पटक ओडीआई मान्यता अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानले सन् १९७१ जनवरी ५ मा पाएको थियो । त्यसयता २ सय ७ मैदानले ओडीआई मान्यता पाएका छन् । पछिल्लो समय जनवरी ५ मा ओमानको अल आमेरत क्रिकेट स्टेडियमले ओडीआई मान्यता पाएको थियो । विश्वमा सबै भन्दा बढि ओडीआई मैदान छिमेकी मुलुक भारतमा छन् । भारतमा ४९ क्रिकेट मैदानले ओडीआई मान्यता पाएका छन् । इंग्ल्यान्डका २०, अस्ट्रेलिया १९, न्युजिल्यान्ड र पाकिस्तानका १६-१६ मैदानले ओडीआई मान्यता पाएका छन् ।

सन् २०१८ मार्च १५ मा नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो । मलेसियाको दुई मैदानले ओडीआई मान्यता पाएका छन् । सन् २००६ मा किनरारा एकेडेमीले ओभलले ओडीआई मान्यता पाउने १ सय ६१ औं मैदान बनेको थियो । सन् २०१४ मा बायोमास ओभल १ सय ९१ औं ओडीआई मान्यता पाउने मैदान बनेको थियो ।

टीयूले ओडीआई मान्यता पाउदा पुर्व कप्तान पारस खड्का पनि धेरै खुसी छन् । पारसले आफ्नो पहिला देखिकै सपना पूरा हुन लागेको बताउँछन् । ‘घरेलु मैदानमा ओडीआई खेल खेल्ने पहिला देखिको इच्छा थियो । मैदानले पनि ओडीआई मान्यता पाउने छ । हाम्रो देशको लागि पनि ठूलो कुरा हो । आगामी दिनमा कीर्तिपुर मात्रै होइन अन्य मैदानले पनि ओडीआई मान्यता पाउन्,’ पारसले हाम्रो खेलकुदसँग भने ।

नेपालले ६ ओडीआई खेलेको छ । हालसम्म सबै खेल सबै विदेशी भुमिमा खेलिएको थियो । त्यसमध्य चार यूएई र दुई खेल नेदरल्यान्डसँग खेलेको छ । जसमा नेपालले नेदरल्यान्डसँग १ र यूएईसँग २ खेलमा जित निकालेको छ । ऐतिहासिक पहिलो घरेलु ओडीआई खेलमा नेपालले बलियो टोली ओमानलाई हराउँदै आईसीसी विश्वकप लिग २ मा सुखद सुरुवात गर्ने सोच हुने छ ।

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

Success

Thank you for your time.