6 years ago
February 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) को मिती सरेको छ । यस अघि आयोजक धनगढी क्रिकेट एकेडेमी (डिसिए) फागुन ३ देखि १५ गते सम्म हुने उल्लेख गरेपनि राष्ट्रिय क्रिकेट टोलीको व्यस्त अन्तर्राष्ट्रिय कार्य तालिकाको कारण मिति सार्न बाध्य भएको डिसिएका अध्यक्ष सुवास शाहीले जनाएका छन् ।

नयाँ मिति अनुसार डिपिएल अब २०७७ को कात्तिक ८ देखी २२ गते सम्म हुने भएको छ । खेल धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने छ । ६ सहरका ६ फ्रेन्चाइज टिमको सहभागिता रहंदै आएको प्रतियोगिताको अघिल्लो संस्करण सिवाइसी अत्तरियाले जितेको थियो ।
अत्तरियाले फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । देशकै सर्वाधिक राशीको प्रतियोगिता समेत रहेको डिपिएलको अघिल्लो विजेता सिवाइसी अत्तरियाले ३० लाख रुपैयाँ हात पारेको थियो ।
यसअघिका दुवै संकरणको उपाधि साविक धनगढी टिम चौराह हाल (धनगढी स्टार्स) ले जितेको थियो । रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्स गरि ६ फ्रेन्चाइज टिम रहेका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]