default_image

5 years ago

March 15, 2020

ओडीआई मान्यताको दुई वर्ष : थोरै सफलता, धेरै सम्भावना र चुनौती

100 views

0 Bookmark

भूपेन्द्र जिसी, काठमाडौं

त्यो खुसीको क्षण । विश्व क्रिकेटमा पुरा भएको एक सपना । ऐतिहासिक उपलब्धि, मार्च १५ अर्थात आजकै दिन नेपालले दुई वर्ष अघि पहिलोपटक एक दिवसिय मान्यता (ओडीआई) पाएको थियो ।

सन् २०१८ मा नेपालले जिम्बावेमा भएको आईसीसी विश्वकप एक दिवसिय छनोट प्रतियोगितामा पप्पुवा न्युगिनीलाई ६ विकेटले हराउँदा र अन्य टोलीको नतिजा आफु अनूकुल आएपछि ओडीआई राष्ट्रको सपना साकार भएको थियो । ओडीआई मान्यता प्राप्त गरेको दुई वर्ष पुग्दा टोलीको प्रर्दशन र नतिजा भने अपेक्षा अनुसार छैन ।

समर्थक र शुभचिन्तकमा आशा बढ्दो रहँदा प्रर्दशन खस्किदो छ । ओडीआईको दुई वर्षमा नेपालले कुल १० खेल खेल्दा ५–५ मा जित र पराजित भयो । सुरुवाती दुई वर्षमा नेपालले ओडीआईको उठाउनु पर्ने लाभ वास्तवमा उठाउन सकेन ।

दुई बर्षको नतिजा

सन् २०१८ अगष्ट १ मा नेपालले नेदरल्यान्डसँग ओडीआईमा डेब्यु गरेको थियो । कमजोर ब्याटिङका कारण डेब्यु खेलमा नेपाल ५५ रनले पराजित हुन पुग्यो । दुई दिनपछि नै नेदरल्यान्डमाथि अन्तिम बलमा १ रनको रोमान्चक जित हात पार्दै दुई खेलको श्रृंखला १–१ को बराबरीमा अन्त्य गर्यो । जुन ओडिआईमा नेपालको पहिलो जित थियो । त्यस्तै एसिया कप छनोटअन्तर्गत अगस्ट ३० नेपाल यूएईसँग ७८ रनले पराजित भयो ।

गत जनवरी २५ मा तीन खेलको ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमै युएईसँग ३ विकेटले पराजित हुन पुग्यो । जनवरी २६‌ मा भएको दोस्रो खेलमा १ सय ४५ रन र २८ जनवरी तेस्रो खेलमा यूएईलाई ४ विकेटले पराजित गर्दै सिरीज २–१ ले आफ्नो पक्ष्यमा पार्दै ऐतिहासिक सिरिज जित्यो ।

अघिल्लो महिना नेपालले घरेलु मैदानमा आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमान र अमेरिकासँग २–२ खेल खेल्यो । पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित हुँदा दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्यो । तेस्रो खेलमा नेपाल ओमानसँग ८ विकेटले पराजित हुन पुग्यो । अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्यो । र यसरीनै नेपालको दुई वर्ष बित्यो ।

आशा धेरै, उपलब्धि थोरै

२४ महिनामा नेपालले १० ओडीआई खेल मात्र खेल्यो । जुन निकै कम हो । नेपालले दुईपक्षीय सिरिज खेल्न सकेन । पछिल्लो एक वर्षमा नेपालले ४ ओडीआई खेल मात्र खेल्यो । यूएईसँगको तीन ओडीआई सिरिज जित्दा र अमेरिकालाई ३५ रनमा अल आउट गर्दै विश्व कीर्तिमान बनाउन बाहेक अन्य खासै ठुलो उपलब्धि हात पार्न सकेन ।

दुई वर्षमा नेपाली टोलीबाट जुन आशा गरिएको थियो त्यस अनुसार खेल र सिरिज हुन सकेन । स्तर बढ्न सकेन । खेलाडीको क्षमता पनि खासै परिवर्तन आएन । खेलाडीले पाउने सेवा सुविधा पनि फरक रहेन । दीर्घकालीन प्रशिक्षक पाउन सकेन । वास्तवमा नेपालले दुई वर्ष ओडीआई मान्यता सदुपयोग गर्न सकेन ।

ओडीआई मान्यतासँगै नेपालले अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाई लिने धेरैको अनुमान थियो । सुरुवाती दुई वर्षमा त्यसो हुन सकेन । स्तर बढ्नु सट्टा खस्किन थालेको छ । वरीयतामै नेपाल १५ औं स्थानबाट १६ औं स्थानमा पुगेको छ ।

सफलता

नेपालले दुई वर्षको अवधिमा केहि विश्व कीर्तिमान सहित सफलता हात पार्यो । युएईसँगको तीन ओडीआई सिरिज २–१ ले जित्नु, रोहित कुमार पौडेलले सचिन तेन्दुलकर र शाहिद अफ्रिदीको कीर्तिमान तोड्दै अर्ध शतक बनाउनु । सोमपाल कामीले युएईसँग दोस्रो खेलमा पाँच विकेट लिनु । युएईसँगको तेस्रो खेलमा पारस खड्काको ऐतिहासिक शतक । घरेलु मैदानमा ओडीआई डेब्यु, टीयु क्रिकेट मैदानले एक दिवसिय अन्तर्राष्ट्रिय मान्यता पाउनु तथा कुशल मल्लले रोहितको कीर्तिमान तोड्नु ।

विश्वकप लिग २ मा अमेरिकालाई ३५ रनमा रोक्दै ओडीआई कम योगफलमा रोक्ने र कम बलमा अल आउट गर्ने विश्व कीर्तिमान बनाउनु । सन्दीप लामिछानेले अमेरिकासँग ६ विकेट लिनु र पहिलोपटक ओडीआई वरियतामा समावेश हुनु लगातका सफलता पर्दछन् ।

असफलता

नेपाललाई ओडीमाईमा नेदरयान्डसँगको डेब्यू सिरिज जित्ने राम्रो अवसर थियो । पहिलो खेलमा १ सय ९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४१.५ ओभरमा १ सय ३५ रनमा अलआउट भयो । राम्रो सुरुवात दिलाएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानको खराब प्रर्दशन गर्दा हार बेहोर्नु पर्यो ।

नेपालले अघिल्लो महिना ओमानसँग खेल्दै घरेलु मैदानमा ऐतिहासिक ओडीआई डेब्यु गरेको थियो । ओमानसँग घरेलु मैदानमा ओडीआईमा डेब्यू खेल जित्ने अवसर थियो । गर्दै १ सय ९८ रनको लक्ष्य पाएको थियो । तर पुन खराब ब्याटिङको कारण ४६.५ ओभरमा १ सय ७९ रनमा अल आउट हुँदै १८ रनले पराजित हुन पुग्यो ।

नेपालले ओडीआई मान्यता पाएको दुई वर्षभएपनि कुनै पनि खेलाडी आईसीसीको शीर्ष एक सय ओडीआई वरियतामा अटाएका छैनन् । दुई वर्षमा मात्र १० ओडीआई खेल्नु, दुई पक्षीय सिरिज खेल्न नसक्नु, ओडीआई वरियतामा खस्किनु, ब्याटिङक्रम झन अस्थिरको साथै कमजोर बन्दै जानु, खेलाडी वरियतामा समावेश नहुनु असफलता हुन् ।

सम्भावना

अन्तर्राष्ट्रिय क्रिकेट स्तरमा नेपालको ठुलो सम्भावना छ । आईसीसी र अन्य देशले नेपाललाई हेर्ने नजर निकै सकरात्मक पाइन्छ । पछिल्लो समय मिहिनेत अनुसारको नतिजा नआउँदा निराशा बढेको हो । बाँकी साढे दुई वर्षमा पनि नेपालले ओडीआई चाहेको खण्डमा राम्रो सदुपयोग गर्न सक्छ ।

नेपालको अवको लक्ष्य सन् २०२१ मा भारतमा हुने टि ट्वान्टी विश्वकप र २०२३ मा हुने एक दिवसिय विश्वकप मुख्य लक्ष्य हुनुपर्छ । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत घरेलु मैदान र विदेशमा गरि ३२ खेल खेल्न बाँकी छ । विश्वकप लिग २ बाहेक नेपालले आन्तरिक समझदारीका साथ दुई पक्षीय सिरिज अत्याधिक खेल्ने सम्भावना रहन्छ । क्यानले पहल गर्न सक्नुपर्छ ।

नेपालले टेष्ट टोली अफगानिस्तान, जिम्बावे, आयरल्यान्ड, श्रीलंका र बंगलादेश जस्ता देशसँग सहकार्य गरेर सिरिज खेल्न सक्ने सम्भावना उतिकै छ । टेष्ट टोली नेपाली दर्शकसामु सिरिज खेल्न आतुर र उत्साहित छन् । एसोसिएटमा नेपालले युएई, नेदरल्यान्ड, स्कटल्यान्ड, ओमान लगातका देशसँग निरन्तर होम अवे सिरिजको आयोजना गर्न सक्छ । क्यान निलम्बनबाट हटेको अवस्थामा अव घरेलु मैदानमा पनि निरन्तर सिरिज हुन सक्छ ।

नेपालमा आयोजना गर्दा ब्रोडकाष्ट, प्रायोजक, टिकटबाट आउने मुल्यले क्यान आर्थिक पक्ष बलियो बन्न सक्छ । खेलाडी अब ओडीआईको शीर्ष एक सयमा अट्न सक्छन् । वरीयता सुधार हुन सक्छ । विदेशी दीर्घकालिन प्रशिक्षक पाउन सक्छ ।

चुनौती र आवश्यकता

नेपालले अहिले जुन प्रर्दशन गरिरहेको छ यसले सन् २०२२ पछि ओडीआई मान्यता जोगाउन मुश्किल छ । त्यसैले अब यस विषयमा सोच्न ढिला गर्नु हुँदैन । विश्वकप लिग २ मा शीर्ष तीन मा रहँदै एक दिवसिय विश्वकप छनोट हुने मुख्य लक्ष्य राख्नुपर्छ । लक्ष्य राखेर मात्र पुग्दैन त्यसै अनुसारको तयारी थाल्नु पर्छ ।

क्यान, खेलाडी, कप्तान, प्रशिक्षक, म्यानेजर, क्रिकेट विज्ञ्य, समर्थक, छनोट समिती लगायत सबै सँग छलफल गरेर अघि बढ्नुपर्छ । नेपाल हाल ओडीआईमा १६ औं स्थानमा छ । नेपालले अवको दुई वर्षमा वरियतामा शीर्ष १० मा आउने लक्ष्यका साथ अघि बढ्नुपर्छ । जसले नेपाललाई हेर्ने टेष्ट टोलीको नजरमा परिवर्तन आउछ ।

डिसेम्बरमा बंगलादेशमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि आईसीसीको वरियतामा रहेका शीर्ष तीन देशले पाउने हुँदा अझ धेरै ख्याल गर्नुपर्छ । त्यस्तै ए, बि, सी टोली बनाउनु पर्छ । जसले बेन्च बलियो बनाउछ । डे क्रिकेटमा ध्यान दिनुपर्छ । ग्रास रुट, स्थानिय स्तर, उमेर समुह, लङभर्जन प्रतियोगिता पहिलो रोजाईमा राख्न आवश्यक छ । स्थानिय स्तरदेखि संघसम्म हुने राजनितीक चलखेल अन्त्य गर्नुपर्छ ।

क्यान र खेलाडीबीच राम्रो सम्बन्ध हुनुको साथै खेलाडीमा बढ्न थालेको गुटलाई समयमै अन्त्य गर्दै टोली एकतामा जोडदिनुपर्छ । अन्यथा नेपाली क्रिकेट ठुलो दुर्घटनामा फस्ने देखिन्छ । दीर्घकालीन विदेशी प्रशिक्षक खोज्नुपर्छ । विदेशी प्रशिक्षक नेपालको ओडीआई मान्यता धान्न सक्ने हुनुपर्छ । खेलाडी, संघ र जिम्मेवार ब्यक्त्ति आफ्नो ब्यक्तिगत स्वार्थ त्यागेर नेपाली क्रिकेट विकासको लागि एकजुट भई अघि बढ्न आवश्यक छ ।

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

December 14, 2024

कुशलको अर्धशतकमा चितवनको बलियो लक्ष्य तयार

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]

December 14, 2024

चितवनले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ रोजेको छ । शुक्रवार विराटनगरसँग पराजित टोलीमा चितवनले कुनै परिवर्तन गरेको छैन । चितवन राइनोजको प्लेईङ-११ कुशल मल्ल, रञ्जित कुमार, रवि बोपारा, हसन इसाखिल, बासिल हमिद, रिजन ढकाल, […]

Success

Thank you for your time.