12 months ago
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- इरान यु १८ काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो स्थान प्राप्त गरेको छ।
राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै इरानी टोली तेस्रो भएको हो।
लिगको चौथो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको क्लब एचडिसीले इरानको युवा टोलीलाई कडा चुनौती दियो। तर जित निकाल्न भने सकेन। २५-२१ ले पहिलो सेट इरानको यु-१८ टोली जित्यो।
खेलमा फर्कन आतुर एचडिसीले दोस्रो र तेस्रो सेटमा निकै मिहिनेत गर्यो। अंक पनि जोड्यो। तर दोस्रो सेट २५-२७ ले गुमायो। यसपछि तेस्रो सेट पनि २७-२५ ले नै जितेर इरानी टिमले तेस्रो स्थान प्राप्त गर्यो।
हिजो सेमिफाइनलमा इरानी टिम भारतको क्यालिकट र एचडिसी नेपालको हेल्प नेपालसँग हारेका थिए। हेल्प नेपाल र क्यालिकट फाइनल खेल्दैछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]