default_image

4 years ago

May 14, 2020

‘कोहली भन्दा धोनीको कप्तानी मनपर्छ’– धवन

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्न मन पर्ने ओपनर शिखर धवनले बताएका छन् । धवनले भारतीय पुर्व खेलाडी इरफान पठानसँग अन्तर्वार्ताका क्रममा भने, ‘म विराट र धोनीको कप्तानीमा मात्र भारतीय टोलीबाट खेलेको छु । जसमा कोहलीको भन्दा धोनीको कप्तानी मनपर्छ ।’ धवनले धोनीकै […]

45 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली भन्दा पुर्व कप्तान तथा विकेटकिपर महेन्द्र सिंह धोनीको कप्तानीमा खेल्न मन पर्ने ओपनर शिखर धवनले बताएका छन् ।

धवनले भारतीय पुर्व खेलाडी इरफान पठानसँग अन्तर्वार्ताका क्रममा भने, ‘म विराट र धोनीको कप्तानीमा मात्र भारतीय टोलीबाट खेलेको छु । जसमा कोहलीको भन्दा धोनीको कप्तानी मनपर्छ ।’ धवनले धोनीकै कप्तानीमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

धवनले आफ्नो उत्कृष्ट ब्याटिङ जोडीमा ओपनर रोहित शर्मा रहेको बताएका छन् । सन् २०१३ देखी भारतीय सिमित ओभरको खेलमा रोहित र धवनलेसँगै ओपनिङ गर्दै उत्कृष्ट प्रर्दशन गरिरहेका छन् । सिमित ओभरमा रोहित र धवन वर्तमान क्रिकेटका उत्कृष्ट ओपनर जोडी मानिन्छन् ।

धवनले कोहली र रोहितको प्रशंसा गर्दै भने, ‘वर्तमान समयमा कप्तान विराट कोहली भारतीय टोलीका उत्कृष्ट ब्याट्सम्यान हुन् । रोहितले विश्वकपमा कमाल गरे । उत्कृष्ट लयलाई कायम राख्दै उत्कृष्ट ५ शतक प्रहार गरे । अष्ट्रेलियाका तीब्र गतिका बलर मिचेल स्टार्कको बल खेल्न अन्य बलरको तुलनामा कठिन लाग्छ ।’

पूर्व कप्तान महेन्द्र सिंह धोनीले एक दिवसिय विश्वकप, टि२० विश्वकप र च्याम्पियनसिप ट्रफी गरि आइसिसीको तीनै उपाधि जिताएका छन् । कोहलीले भने हालसम्म आइसिसीको ठुलो प्रतियोगिताको उपाधि जिताउन सकेका छैनन् । कोहलीको कप्तानीमा भारतले सन् २०१७ मा च्याम्पियनसीप ट्रफीको फाइनलमा पाकिस्तानसँग लज्जास्पद हार बेहोर्दा सन् २०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

April 20, 2024

सुदूरपश्चिमको पहिलो जित, गण्डकी पराजित

काठमाडौं (हाम्रो खेलकुद) –सुदूर पश्चिमप्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा पहिलो जित हासिल गरेको छ। सुदूरले गण्डकी प्रदेशलाई ९ विकेटको फराकिलो अन्तरमा हराउँदै अंकको खाता खोलेको हो। सुदूरको जितमा अभिषेक पालले ४९ रन जोडे। उनी अर्धशतकबाट मात्र १ रनले चुके। जितको लागि १ सय १८ रनको सहज विजय लक्ष्य सुदरले १९ ओभरमा मात्र १ […]

April 20, 2024

छ महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दुसहित पूर्व कप्तान रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्। मलेसिया क्रिकेट संघले अप्रिल २४ देखि  मे ५ सम्म […]

April 20, 2024

तेस्रो स्थानका लागि नेपाल हङकङविरुद्ध भिड्दै

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत सेमिफाइनलबाट बाहिरिएको नेपालले तेस्रो स्थानका लागि आज हङकङ विरुद्ध खेल्दै छ । खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे अल अमेरात क्रिकेट मैदानमा हुनेछ । एसिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एसिया कपमा छनोट हुनेछ । इमर्जिङ एसिया कपमा प्रिमियर कपका शीर्ष तीन […]

Success

Thank you for your time.