default_image

4 years ago

May 17, 2020

आइपिएल नभएमा ४ हजार करोड घाटा लाग्ने

एजेन्सी– विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दुई महिनादेखि क्रिकेटका सम्पूर्ण गतिविधि ठप्प छन् । यो अवस्थामा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना न्युन छ । अनिश्चित समय सम्मको लागि स्थगित भएको आइपिएल अक्टोबर नोभेम्बरमा टि२० विश्वकप नभएमा हुने सम्भावना छ । तर आइसिसीले अष्ट्रेलियामा हुने […]

28 views

0 Bookmark

एजेन्सी– विश्वभर महामरीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दुई महिनादेखि क्रिकेटका सम्पूर्ण गतिविधि ठप्प छन् । यो अवस्थामा विश्वकै चर्चित र लोकप्रिय फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग (आइपिएल) हुने सम्भावना न्युन छ ।

अनिश्चित समय सम्मको लागि स्थगित भएको आइपिएल अक्टोबर नोभेम्बरमा टि२० विश्वकप नभएमा हुने सम्भावना छ । तर आइसिसीले अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएको समयमै हुने बताउँदै आएको छ । यदी यो वर्ष आइपिएल नभएमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) लाई ४ हजार करोड भारतीय रुपैयाँ घाटा लाग्ने अध्यक्ष सौरभ गांगुलीले बताएका छन् ।

‘यो वर्ष आइपिएल नभएमा ४ हजार करोड भारतीय रुपैयाँ नोक्सानी हुने छ । यदि यो वर्ष आइपिएल हुन्छ भने हामीले तलब कटौती गर्न पर्दैन, यसैबाट व्यवस्थापन गर्न सकिन्छ, नभएमा त्यो अवस्थामा पनि आउन सक्छ’, सांगुलीले भने ।

यो वर्ष आइपिएल भएमा भारतबाहिर हुने सम्भावना धेरै छ । बिसिसिआईलाई आफ्नो देशमा गर्न युएई र श्रीलंकाले प्रस्ताव गरि सकेका छन् । यस अघि सन् २००९ मा दक्षिण अफ्रिकामा आइपिएल भएको थियो । सन् २०१४ मा युएईमा आइपिएलका २० खेल भएका थिए । आइपिएल सुरुमा चैत्र १६ देखी सुरु हुने कार्यतालिका थियो । पछि कोरोनाको कारण वैशाख ३ सम्म सरेको थियो ।

कोरोनाको महामरी फैलिएपछि अनिश्चित समय सम्मको लागि स्थगित भएको थियो । भारतमा दिनप्रतिदिन कोरोनाको महामारी बढ्दै गएको छ । आइतबार सम्म भारतमा ८५ हजार ९ सय ४० जनामा कोरोना संक्रमण देखिदा २ हजार ७ सय ५२ जनाको मृत्यु भएको छ । ३० हजार भन्दा बढी ठिक भई सकेका छन् ।

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

April 26, 2024

नेपाली टोलीमा ४ खेलाडी थपिए

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध हुने ५ खेलको टि२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा ४ खेलाडी थपिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सिरिजको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा विहीबार घोषणा भएको १६ सदस्यीय टोलीमा नेपाल ‘ए’ बाट ४ खेलाडी थपिएको जानकारी दिएका हुन् । उक्त सिरिजमा उच्च […]

April 26, 2024

लुम्बिनी र कर्णाली फाइनलमा , बागमती बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिमसँग ३ विकेटले पराजित हुँदा बागमती प्रदेश रन रेटको आधारमा वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपको लिग चरणबाट बाहिरिएको छ। जितले बागमती अंक तालिकाको शीर्षस्थानमा रहँदै फाइनलमा पुग्ने थियो। तर हारले रन रेटको आधारमा बाहिरिएको हो। बागमतीको हारमा लुम्बिनी प्रदेश र कर्णाली प्रदेश फाइनलमा प्रवेश गर्न सफल भएका छन्। कम स्कोर‌को […]

Success

Thank you for your time.