default_image

4 years ago

May 17, 2020

अफ्रिदीले किने मुश्फिकुरको ऐतिहासिक ब्याट

एजेन्सी – बंगलादेशका विकेटकिपर मुश्फिकुर रहिमको ऐतिहासिक ब्याट पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले २० हजार अमेरिकी डलरमा किनेका छन् । गत वैशाखमा कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्दा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने घोषणा गरेका थिए । ‘रहिमले जुन काम गरेका छन् त्यो जनताको […]

46 views

0 Bookmark

एजेन्सी – बंगलादेशका विकेटकिपर मुश्फिकुर रहिमको ऐतिहासिक ब्याट पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीले २० हजार अमेरिकी डलरमा किनेका छन् ।

गत वैशाखमा कोरोना भाइरस (कोभिड१९) का बिरामीहरुलाई सहयोग गर्न मुश्फिकुरले सन् २०१३ मार्चमा श्रीलंकाविरुद्ध टेष्टमा दोहोरो शतक प्रहार गर्दा आफुले प्रयोग गरेको ब्याट लिलाम गर्ने घोषणा गरेका थिए । ‘रहिमले जुन काम गरेका छन् त्यो जनताको लागि एक सच्चा नायकले मात्र गर्न सक्छ । हामी एक कठिन परिस्थीतिसँग जुधिरहेका छौं । सबैलाई एक दोस्रोको सहयोगको आवश्यक पर्दछ । मलाई बंगलादेशबाट जुन माया मिलेको छ त्यो सधैं याद गरिरहेको छु । म पाकिस्तानको तर्फबाट रहिमको ब्याट किनेर सहयोगको हिस्सा बन्न चाहान्छु, पूरा पाकिस्तान र शाहिद अफ्रिदी फाउन्डेसन’, अफ्रिदीले भनेका छन् ।

‘अफ्रिदीले मेरो ब्याट किन्दा मलाई गर्व महशुस भएको छ । अक्सनमा केहि मान्छे धाँधली गर्न प्रयास गर्दै थिए । जसले मैले अक्सन रद्द गर्ने निर्णयबारे सोचेको थिएँ । अफ्रिदीले मलाई सम्पर्क गरे र ब्याट किने’, मुश्फिकुरले भने ।

रहिम बंगलादेशबाट टेष्टमा तीन दोहोरो शतक प्रहार गर्ने एक्लो ब्याट्सम्यान हुन् । सन् २०१८ मा र २०२० मा मुश्फिकुरले जिम्बावेविरुद्ध क्रमश: २ सय १९ र २ सय ३ रनको अविजित इनिङ खेलेका थिए । रहिमले श्रीलंका विरुद्ध सन् २०१३ मा बंगलादेशको पहिलो दोहोरो शतक पूरा गर्दै कीर्तिमान रचेका थिए । रहिम टेष्टमा दुई शतक प्रहार गर्ने पहिलो विकेटकिपर समेत हुन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.