default_image

4 years ago

June 12, 2020

टि२० विश्वकप तोकिएकै समयमा गर्ने आइसिसीको योजना

30 views

0 Bookmark

एजेन्सी— विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) को महामारीको कारण आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप तोकिएकै समयमा हुने वा नहुने अन्यौल रहेको छ ।

यस विषयमा सबै देश अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निर्णयको पर्खाईमा छन् । यता आइसिसी र अष्ट्रेलिया क्रिकेट बोर्ड भने टि२० विश्वकप तोकिएकै समयमा गर्ने योजनामा रहेको देखिन्छ । बुधबार बसेको आइसिसी बोर्ड बैठकले आगमी एक महिनापछि टि२० विश्वकपको बारे निर्णय गर्ने जनाएको छ ।

यसअघि मे २८ मा बसेको आइसिसी बैठकले जुन १० मा टि२० विश्वकपबारे निर्णय गर्ने जनाएको थियो । तर जुन १० मा बसेको बैठक पनि विश्वकप बारे ठोस निर्णय गर्न सकेन । त्यसअघि भने आइसिसीले टि२० विश्वकप तोकिएकै समयमा गर्ने अडान लिदै आएको थियो ।

आइसिसीको बुधबारको निर्णयले सकेसम्म तोकिएकै समयमा विश्वकप गर्ने तयारीमा रहेको संकेत देखाउँछ । आइसिसी आगमी एक महिना सम्म कोरोनाको महामारीको अवस्थालाई हेर्न चाहान्छ । कोरोनाको महामारी अझ बढी फैलिएमा भने आइसिसीले टि२० विश्वकप सार्न बाध्य हुने छ ।

अन्यथा कोरोना रोकथाममा कमी हुँदै गएमा तोकिएकै समयमा गर्न चाहेको बुझिन्छ । टि२० विश्वकप आउन अझैं पाँच महिना बाँकी छ । त्यसैले आइसिसी टि२० विश्वकप निर्णय हतारमा गर्न चाहदैन ।

अर्कोतर्फ अन्तर्राष्ट्रिय क्रिकेट टोली अभ्यासमा फर्किन थालेका छन् । जुलाई पहिलो साता देखी सुरु हुने तीन टेष्ट सिरिजको लागि झण्डै एक महिना अघिनै वेस्ट इन्डिज मंगलबार इंग्ल्यान्ड आई पुगेको छ । यी दुई देश बाहेक श्रीलंका, अफगानिस्तान र युएई अभ्यासमा फर्किसकेका छन् । अन्य टोली पनि अभ्यासमा फर्किने तयारी गरिरहेका छन् । जसले विश्वकप तोकिएकै समयमा हुने आशा पलाउँदै गएको छ ।

यता न्युजिल्यान्ड कोरोना मुक्त देश बनेको छ । यसले गर्दा क्रिकेट अष्ट्रेलियाले न्युजिल्यान्ड क्रिकेट बोर्डसँग सहकार्य गरेर टि२० विश्वकप तोकिएकै समयमा गर्न सक्ने राम्रो विकल्प पनि छ । अर्कोतर्फ टि२० विश्वकप दर्शक बिनाको रंगशालामा गर्ने चर्चा पनि छ। तर दर्शक बिनाको टि२० विश्वकप सम्भावना धेरै न्युन छ ।

सन् २०२१ मा भारतमा टि२० विश्वकप हुँदैछ । जसले गर्दा यो वर्ष टि२० विश्वकप नभएमा सन् २०२२ सम्म सार्नुपर्ने हुन्छ । सन् २०२३ मा एक दिवसिय विश्वकप भारतमा हुने छ । त्यसैले पनि आइसिसीले यो वर्षनै विश्वकप सम्पन्न गर्न चाहान्छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) पनि आइसिसीको विश्वकप निर्णयको पर्खाईमा छ । बिसिसीआई टि२० विश्वकप स्थगित भएमा १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) उक्त समयमा गर्ने तयारी गरि रहेको छ ।

May 22, 2024

बंगलादेश अमेरिकाविरुद्ध स्तब्ध

एजेन्सी – अमेरिकाले बंगलादेश विरुद्धको तीन टि-२० खेल शृंखलाको पहिलो खेलमा जित दर्ता गरेको छ । बंगलादेशलाई स्तब्ध बनाउने क्रममा अमेरिकाले बंगलादेश माथि ५ विकेटको जित दर्ता गरेको हो । बंगलादेशले दिएको १५४ रनको मध्यम लक्ष्य अमेरिकाले ३ बल बाँकी छँदा ५ विकेट गुमाएर भेटायो । अमेरिकाका लागि कोरी एन्डरसनले २५ बलमा २ छक्का सहित […]

May 21, 2024

हैदराबादलाई हराउँदै कोलकाता फाइनलमा

एजेन्सी – सनराईजर्स हैदराबाद माथि सानदार जित दर्ता गर्दै कोलकत्ता नाईट राइडर्स इंडियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा प्रवेश गरेको छ ।पहिलो क्वालिफायरमा मंगलबार हैदराबाद विरुद्ध ३८ बल बाँकी छँदै ८ विकेटको जित दर्ता गर्दै कोलकाता तेस्रो उपाधि नजिक पुगेको हो । हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाता १३.४ ओभरमै २ विकेट मात्र […]

May 21, 2024

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ । यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए […]

Success

Thank you for your time.