2 years ago
May 21, 2024
एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनल प्रवेश गर्ने पहिलो टोली बन्ने लक्ष्य सहित क्वालिफायर १ मा आज कोलकत्ता नाईट राइडर्स र सनराईजर्स हैदराबाद आज भिड्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७:४५ बजे अहमदाबादमा सुरु हुनेछ ।
यी दुई टोली लिग चरणमा शीर्ष दुई स्थानमा रहँदै प्लेअफका लागि छनोट भएका थिए । कोलकत्ता लिग चरणका १४ खेलमा ९ जित, ३ हार र २ रद्द खेल सहित २० अंक बटुल्दै शीर्ष स्थानमा रहन सफल रह्यो ।
उता हैदराबादले १४ खेलमा ८ जित, ५ हार र १ रद्द खेल सहित १७ अंक बटुल्दै दोस्रो स्थान हासिल गर्यो । लिग चरणको अन्तिम खेलमा राजस्थान र कोलकत्ता बीचको खेल वर्षाका कारण रद्द भएपछि हैदराबादको दोस्रो स्थान पक्का भएको थियो ।
यी दुई टोली लिग चरणमा एक पटक मात्र भिडेका थिए । सो खेल कोलकत्ता ४ रनले जितेको थियो । कोलकत्ताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदराबादले २०४ रन मात्र बनाउन सक्यो ।
कोलकत्ता दुई पटकको आईपिएल विजेता हो । कोलकत्ताले २०१२ र २०१४ मा उपाधि जिएको थियो । उता हैदराबादले २०१६ मा एकमात्र उपाधि उचालेको थियो ।
आजको विजेता सिधै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल पुग्नका लागि दोस्रो अवसर प्राप्त गर्नेछ । सो अवसर तेस्रो र चौथो स्थान हासिल गरेका राजस्थान र बेंगलूरु बीचको एलिमिनेटर खेलको विजेता विरुद्ध हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]