default_image

5 years ago

June 18, 2020

च्याम्पियन्स ट्रफीको त्यो फाइनल…

112 views

0 Bookmark

मिति : सन् २०१७ जुन १८

स्थान : द ओभल, इंग्ल्यान्ड

खेल : च्याम्पियन्स ट्रफी फाइनल

टोली : भारत विरुद्ध पाकिस्तान

पाकिस्तानका तीब्र गतिका बलर मोहम्मद आमिर र हसन अलीको लय अनि भारतीय ओपनर शिखर धवन र रोहित शर्माको जोडीको उत्कृष्ट प्रर्दशनले फाइनल रोचक हुने अपेक्षा धेरैले गरेका थिए । भारत समुह चरणको सहज जितलाई निरन्तरता दिन चाहन्थ्यो । यता पाकिस्तान समुह चरणको खेललाई बिर्संदै फाइनलमा भारतलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको थियो ।

कागजी रुपमा भारत धेरै बलियो टोली थियो । त्यसैले भारतले फाइनलमा एकतर्फी प्रदर्शन गर्दै सहज रुपमा उपाधि जित्ने हो की भन्ने चिन्ता पनि आम दर्शकमा थियो । तर पाकिस्तानले नतिजा ठ्याक्कै उल्टो निकाल्दै उपाधि जितेको थियो ।

भारतीय कप्तान विराट कोहलीले टस जित्दै फिल्डिङ गर्ने निर्णय लिए । त्यसै वर्षदेखि भारतीय सिमित ओभरको कप्तानी सम्हालेका विराट पहिलो आइसिसी उपाधि दिलाउँदै महेन्द्र सिंह धोनीको पथमा हिड्न चाहन्थे । उच्च प्रर्दशन गर्दै आएका कोहलीको भारतीय समर्थकमाझ वाहवही हुँदा धोनीको भने आलोचना भई रहेको थियो ।

भारतीय सबै समर्थक र शुभचिन्तक ट्रफी जित्नेमा आशावादी थिए । समुह चरणको खेलमा भारतले पाकिस्तानलाई डकवर्थ लेविस १ सय २४ रनको फराकिलो अन्तरले हराएको थियो । पहिलो खेलमा फराकिलो हार बेहोरे पनि पाकिस्तानले दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतीको आधारमा १९ रन श्रीलंकालाई ३ विकेटले हराउँदा सेमिफाइनलमा पुगेको थियो ।

पाकिस्तानले सेमिफाइनलमा इंग्ल्यान्डलाई ८ विकेटले हराउँदै आश्चर्यजनक रुपमा फाइनलमा पुगेको थियो । यता समुह चरणमा श्रीलंकासँग अप्रत्याशित ७ विकेटको हार बेहोरेको भारतले पहिलो खेलमा पाकिस्तान र अन्तिम खेलमा दक्षिण अफ्रिकालाई हराउँदै नेट रन रेटका आधारमा शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनलमा भारतले बंगलादेशलाई सहज जित निकाल्ने क्रममा ९ विकेटले हराएको थियो ।

फाइनलमा पाकिस्तानका ओपनर फखर जमान र अजहर अलीले भारतलाई सुरुवातमै निराश बनाए । यसै प्रतियोगितामा दक्षिण अफ्रिकाविरुद्ध डेब्यु गरेका फखरले आक्रामक सुरुवात दिलाउँदै पाकिस्तानलाई सुरुवाती तीन खेलमै ठूलो आशा जगाएका थिए । ब्याटिङका लागि परिचित द ओभल मैदान पाकिस्तानका ब्याट्सम्यानलाई कुनै दबाब थिएन ।

हजारौं दर्शकका सामु पाकिस्तान भन्दा बढी दबाब भारतलाई थियो । यी दुई देशमात्र होईन विश्वलेनै निकै महत्वपुर्ण साथ हेरेको थियो । सन् २००९ पछि घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल फर्काउन खोजि रहेको पाकिस्तान उत्कृष्ट प्रर्दशनका साथ राम्रो सन्देश दिन चाहान्थ्यो । पाकिस्तानका तत्कालिन प्रशिक्षक मिकी आर्थरले भनेका थिए,’हामीलाई गुमाउनु केहि छैन । हामी हाम्रो उत्कृष्ट खेल खेल्ने छौं । दबाब भारतलाई हुनेछ ।’

आर्थरले भने जस्तै पाकिस्तानलाई गुमाउनु केहि थिएन । गुमाउने डर र दबाब त भारतलाई थियो । सुरुवाती तीन ओभरमा भारतीय बलर हाबी देखिएका थिए । जस्प्रित बुमराहको चौथो ओभरको पहिलो बलमा फखर शट खेल्नेक्रममा विकेटकिपर महेन्द्र सिंह धोनीबाट क्याच आउँट हुँदै पेभिलिएन फर्कंदै थिए । जमानको विकेटको खुसी मनाई रहेका भारतीय खेलाडीमा केहि छिनमै निराशा छायो ।

थर्ड अम्पायरले नो बल चेक गरेपछि फखर बाउन्ड्री लाइन नजिकै पुगेर रोकिए । नो बल भएपछि जीवनदान पाएका फकर फेभिलिएन होइन खुसी हुँदै पुनः क्रिजमा फर्किए । वर्तमान क्रिकेटका एक सर्वोउत्कृष्ट तीब्र गतिका बलर बुमराहलाई आफ्नो करिअर भर उक्त नो बलको पक्कै पछुतो लागिराख्ने छ । त्यसपछि भने जमानको आक्रामक ब्याटिङलाई भारतीय बलरले रोक्न सकेनन् ।

११ औं ओभरको दोस्रो बलमा रोहित शर्मा अजहरलाई रन आउट गर्न चुकेका थिए । २३ औं ओभरको अन्तिम बलमा तालमेल नमिल्दा अजहर ५९ रनमा रन आउट हुन पुगे । पहिलो विकेटका लागि १ सय २८ रनको साझेदारी गर्दै पाकिस्तानले उत्कृष्ट सुरुवात गरिसकेको थियो । जमानले भारतलाई पुरै दबाबमा राखे । जमानले ३१ औं ओभरको पहिलो बलमा आश्विनलाई चौका प्रहार गर्दै ९२ बलमा आफ्नो करिअरको पहिलो अन्तर्राष्ट्रिय शतक पुरा गर्दै उत्कृष्ट सेलिब्रेशन गरे । फखरले शतक प्रहार गर्दा भारतको जितको आशा विस्तारै टाढिदै थियो ।

३४ औं ओभरको पहिलो बलमा हार्दिक पान्ड्यालाई ठुलो सट खेलेका जमान रविन्द्र जडेजाबाट क्याच हुँदै १ सय ६ बलमा १ सय १४ रन बनाउँदै पेभिलिएन फर्किए । मैदानमा १ सय ४२ मिनेट बिताएका जमानले १२ चौका र ३ छक्का प्रहार गर्दै पाकिस्तानलाई विशाल योगफलको राम्रो अधार तयार पारी सकेका थिए । पाकिस्तान उक्त समयमा २००—२ को बलियो अवस्थामा थियो ।

बाबर आजम ४६ रनमा आउट हुँदा मोहम्मद हफिजले अविजित ५७ रन जोडेपछि पाकिस्तानले निर्धारित ५० ओभरमा ४ विकेटको क्षतिमा ३ सय ३८ रन बनाएको थियो । भारतले अतिरिक्त(एक्स्ट्रा) २५ रन खर्चेको थियो । आश्विनले १० ओभरमा ७० रन र जडेजाले ८ ओभरमा ६७ रन खर्चिदा दुबै विकेटबिहिन बनेका थिए । त्यस्तै बुमराहले ९ ओभरमा ६८ रन खर्चेर विकेट लिन सकेनन् ।

फाइनल खेलको दबाब, विशाल लक्ष्य अनि पाकिस्तानको उत्कृष्ट बलिङ अट्याक सामु उक्त लक्ष्य पुरा गर्न भारतलाई सहज थिएननै । अर्थात पाकिस्तानको मुख्य हतियार नै बलिङ थियो । त्यसैले पाकिस्तानका खेलाडीको मनोबल उच्च बनि सकेको थियो । अर्कोतर्फ ब्याटिङ पिच र शीर्षक्रमका रोहित शर्मा, शिखर धवन र विराट कोहली राम्रो लयमा हुँदा भारतको सम्भावना पनि उतिनै थियो । तर विशाल लक्ष्य पछ्याउन सुरुवात देखिनै आक्रामक ब्याटिङ गर्नुपर्ने अवस्थामा भारत पुगेको थियो ।

आमिरले भारतीय ओपनर रोहित शर्मालाई पहिलो ओभरको तेस्रो बलमा एलविडब्लू आउट गर्दै शुन्यमा पेभिलिएन फर्काए । आमिरको तेस्रो ओभरको तेस्रो बलमा फस्ट स्लिपमा रहेका अजहर अलीले विराट कोहलीको क्याच ड्रप गर्न पुगेका थिए । उक्त क्याच पाकिस्तानलाई धेरै महँगो पर्न सक्ने अनुमान गरिएको थियो । तर आमिरले लगत्तै अर्को बलमा सादब खानबाट कोहलीलाई ५ रनमा क्याच गराउँदै पेभिलिएनको बाटो देखाएपछि पाकिस्तान पुर्णरुपमा हाबी बन्न पुग्यो ।

आमिरलेनै धवनलाई नवौं ओभरको अन्तिम बलमा विकेटकिपर सरफराज अहमदबाट क्याच गराएपछि भारतको उपाधि कठिन बनेको थियो । सादब खानले युवराज सिंहलाई २२ रनमा एलविडब्लू, हसन अलीले महेन्द्र सिंह धोनीलाई ४ रनमा क्याच आउट गराएपछि भारतको उपाधि जित्ने सम्भावना निकै कठिन बनेको थियो । १४ ओभरमा ५५—५ को दयनिय अवस्थामा पुगेको भारतलाई हार्दिक पान्ड्याले ४३ बलमा ६ छक्का र ४ चौका सहित आक्रामक ७६ रन जोड्दै भारतीय समर्थकमा केहि आशा जगाए ।

हार्दिकलाई रविन्द्र जडेजाले २७ औं ओभरको तेस्रो बलमा रन आउट गराएपछि भारतको सम्भावना पूर्णरुपमा अन्त्य भएको थियो । भारत ३०.३ ओभरमा १ सय ५८ रनमा अल आउट भएपछि पाकिस्तानले १ सय ८० रनको फराकिलो जित निकाल्दै पहिलो पटक च्याम्पियन्स उपाधि जितेको थियो । मोहम्मद आमिरले ६ ओभरमा २ मेडन सहित १६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै हसन अलीले ६.३ ओभरमा १ मेडन सहित १९ रन खर्चेर ३ विकेट लिदै जित सहज बनाए । युवा स्पिनर सादब खानको नाममा २ विकेट लिएका थिए । प्रतियोगितामा नायक बनेका हसन अली १३ विकेट म्यान अफ द सिरिज चुनिए ।

‘समुह चरणमा भारतसँग हारेपछि खेलाडीलाई भनेको थिए प्रतियोगिता अझै सकिएको छैन । हामीले धेरै राम्रो क्रिकेट खेल्यौं र फाइनल पनि जित्यौं । यसको सबै श्रेय बलरलाई दिन चाहान्छु । यो उपाधि पाकिस्तान क्रिकेट विकाशको लागि धेरै फाइदाजनक हुने छ । हामीले राम्रो क्रिकेट खेल्नु थियो र गुमाउनु केहि थिएन । हामी च्याम्पियन बन्यौं । यो मेरो देशको लागि सबैभन्दा ठुलो गर्वको क्षण हो’, कप्तान सरफराज अहमदले उपाधि जितेपछि भनेका थिए ।

आइसिसीले सन् १९९८ देखि बंगलादेशबाट सुरु गरेको च्याम्पियन्स ट्रफीको २०१७ अन्तिम संस्करण थियो । च्याम्पियन्स ट्रफीको सट्टा आईसिसीले टि२० विश्वकप २०२१ मा भारतमा गर्दै छ । च्याम्पियन्स ट्रफीको संस्करण अन्तिम भएपनि पाकिस्तान र भारतबीचको त्यो फाइनल खेल दुई राष्ट्र मत मात्र नभएर आम दर्शकका लागि पनि लामो समयसम्म अविस्मरणीय बनिरहने छ ।

(एजेन्सीको सहयोगमा)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.