default_image

5 years ago

August 14, 2020

इंग्ल्यान्डविरुद्ध खेल्ने अष्ट्रेलियाको टोली घोषणा

151 views

0 Bookmark

एजेन्सी – क्रिकेट अष्ट्रेलियाले इंग्ल्यान्ड भ्रमणको लागि तीन नयाँ अनुहार समेट्दै २१ सदस्य टोली घोषणा गरेको छ । इंग्ल्यान्ड र अष्ट्रेलियाबीच सेप्टेम्बर ४ देखि १६ सम्म समान तीन ओडिआई र टि२० आई सिरिज साउथह्याप्टन र म्यानचेस्टरमा हुने छ ।

बिग ब्यास लिगमा उच्च प्रर्दशन गरेका युवा विकेटकिपर जोश फिलिपे, तीव्र गतिका बलर राइली मेरीडिथ र बायाँ हाते मध्यगतिका बलिङ अलराउन्डर डानियल साम्स पहिलो पटक अष्ट्रेलियाको टोलीमा परेका छन् । त्यस्तै टोलीमा आक्रामक ब्याट्सम्यान ग्लेन म्याक्स्वेल, स्पिनर नाथन लायन र अलराउन्डर मार्कस स्टोइनिसले पनि टोलीमा पूनरागमन गरेका छन् ।

२७ वर्षिय डानियल साम्सले सिड्नी थन्डरबाट २०१९/२० को बिग ब्यासमा १७ खेलमा ३० विकेट लिदै शीर्ष स्थानमा रहेका थिए । साम्सले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।
सिड्नी सिक्सर्सबाट २०१९/२० को बिग ब्यास खेलेका विकेटकिपर जोश फिलिपेले १६ खेलमा ४ सय ७८ रन बनाएका थिए ।

आक्रामक ब्याटिङका लागि परिचित फिलिपे अष्ट्रेलियाको सिमित ओभरमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । रिले मेरीडिथले होबार्टबाट बिग ब्यासमा ६ खेलमा १० विकेट लिएका थिए । उनले घरेलु प्रतियोगितामा प्रर्दशन उच्च रहँदै आएको छ । अष्ट्रेलियाले आगमी वर्ष विश्वकपलाई केन्द्रित गर्दै टोली घोषणा गरेको देखिन्छ ।

अष्ट्रेलिया क्रिकेट टोली २४ मा इंग्ल्यान्ड पुग्ने छ । पहिलो टि२० खेल ४ सेप्टेम्बरमा हुने छन् । दोस्रो ६ र तेस्रो तथा अन्तिम ८ सेप्टेम्बरमा हुने छ । पहिलो ओडिआई खेल ११ सेप्टेम्बरमा हुने छ । दोस्रो १३ र तेस्रो तथा अन्तिम १६ सेप्टेम्बरमा हुने छ ।

अष्ट्रेलियाको टि२० र ओडिआई २१ सदस्य टोली :

आरोन फिन्च (कप्तान) , सन एबट, एस्टन अगर, एलेक्स केरि, प्याट कमिन्स, जोश हेजलवुड, मार्नस लाबुसेन, नाथन लायन, मिचेल मार्श, ग्लेन म्याक्सवेल, राइली मेरीडिथ, जोश फिलिपे, डानियल साम्स, केन रिचर्डसन, स्टिभ स्मिथ, मिचेल स्टार्क, मार्कस स्टोइनिस, एन्ड्रु टाई, म्याथ्यु वेड, डेविड वार्नर र एडम जम्पा ।

यो पनि पढ्नुहोस : अष्ट्रेलिया र इंग्ल्यान्डबीच टि२० र ओडिआई सिरिज हुने

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.