default_image

5 years ago

September 8, 2020

विश्व वरीयताको शीर्षस्थानमा पुग्न प्रतिस्पर्धा

109 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलिया र इंग्ल्यान्डबीचको तीन टि२० सिरिज अन्तर्गत तेस्रो तथा अन्तिम खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः ४५ बजेपछि साउथह्याप्टनमा सुरु हुनेछ ।

इंग्ल्यान्डले पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै एक खेल अगावै सिरिज २-० ले जितेको छ । घरेलु टोली इंग्ल्यान्ड सिरिज क्लिनस्वीप गर्ने सोचमा छ । यता अष्ट्रेलिया आफ्नो साख बचाउन अन्तिम खेलमा जित निकाल्नै पर्ने दबाब छ । आजको खेलको विजेता विश्व टि२० वरीयतामा शीर्ष स्थानमा रहने छ ।

अष्ट्रेलिया र इंग्ल्यान्डको समान २१ खेलमा समान २ सय ७३ रेटिङ अंक छ । यसअघि टि२० वरीयतामा अष्ट्रेलिया शीर्षस्थानमा थियो । तर यस सिरिजमा सुरुवाती दुई खेलमा जित निकाल्दै इंग्ल्यान्ड शीर्षस्थानमा रहेको छ । दुवै टोलीको मध्यक्रम ब्याटिङ केहि कमजोर देखिएको छ ।

पहिलो खेलमा १ र दोस्रो खेलमा २ रनमा आउट भएका विकेटकिपर एलेक्स केरीको स्थानमा अष्ट्रेलियाले युवा जोश फिलिपेलाई मौका दिन सक्छ । आज अष्ट्रेलिया एक स्पिनरको साथ मैदान उत्रदै अर्का ब्याट्सम्यान मार्नस लाबुसेनलाई पनि टि२० खेलमा डेब्यु गराउन सक्छ । एश्टन अगरलाई निरन्तरता दिन सक्छ । पहिलो खेलमा ४७ रन र दोस्रो ४२ रन खर्चेका स्पिनर एडम जम्पालाई आज बेन्चमा राख्न सक्छ ।

इंग्ल्यान्डका ओपनर जस बटलर पारिवारिक कारण टोलीमा छैनन् । बटलरले दोस्रो खेलमा अविजित ७७ रन जोड्दै इंग्ल्यान्डलाई सहज जित दिलाएका थिए । पहिलो खेलमा उत्कृष्ट सुरुवात दिलाउने क्रममा ४४ रन जोडेका थिए । बटलर नहुँदा इंग्ल्यान्डलाई केहि घाटा लाग्न सक्छ । बटलर नहुँदा ओपनिङ जोनी बेयरस्टो र टम ब्यान्टनले गर्ने छन् ।

सुरुवाती दुई खेलमा सस्तैमा आउट भएका बेयरस्टोलाई ठूलो इनिङ खेल्न आवश्यक छ । यसअघि ब्यान्टनले चौथो नम्बरमा ब्याटिङ गरेका थिए । चौथो नम्बरमा इंग्ल्यान्डले जो डेनलीलाई खेलाउने सम्भावना उच्च छ । यी दुई देशबीच कुल १८ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड ८ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । एक खेल नतिजाविहिन बनेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.