5 years ago
September 8, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो सेमिफाइनल खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले ट्रीनबेगो नाइट राइडर्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ ।

लिग चरणको अपराजित ट्रीनबेगो जमैका माथि सहज जित निकाल्दै फाइनल प्रवेश गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । चौथो स्थानमा रहेर सेमिफाइनल खेलेको जमैकाले ट्रीनबेगोलाई अप्रत्याशित पहिलो हार दिलाउँदै फाइनलमा पुग्न चाहन्छ ।
अपराजित ट्रीनबेगो १० खेलमा २० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो । जमैका १० खेलमा ३ मा जित र ६ मा हार सहित ७ अंकका साथ चौथो स्थानमा रहेर सेमिफाइनल खेलेको हो । प्रतियोगिताकै सर्वाधिक बलियो टोली राइडर्सविरुद्ध जमैकालाई जित निकाल्न सहज हुने छैन । राइडर्सको ब्याटिङ प्रतियोगिताकै सर्वाधिक बलियो रहँदा जमैका कम्जोर देखिन्छ ।
राइडर्सका कप्तान काइरन पोलार्ड, ड्यारेन ब्राभो, ड्वेन ब्राभो, कोलिन मुनरो, सुनिल नारायण, लेन्डल सिमन्स लगायतका ब्याट्सम्यानले निरन्तर उत्कृष्ट रुपमा रन जोड्दै आएका छन् । फवाद अमद, सुनिल नारायण, ड्वेन ब्राभो, सिकन्दर राजा राइडर्सका बलिङ हतियार हुन् । राइडर्सका पोलार्ड प्रमुख हतियार हुन् ।
यता जमैका स्पिनर बाहेक अन्यको प्रर्दशन राम्रो छैन । ओपनर जर्मेन ब्ल्याकवुड, ग्लेन फिलिप्स र आन्द्रे रसेल बाहेक अन्यको ब्याटबाट रन निस्कन सकेको छैन । चाडविक वाल्टन, कप्तान रोभमान पवेल, आसिफ अली, क्रुमा बोनर लगायतका ब्याट्सम्यानको खराब लय जमैका प्रमुख चिन्ताको विषय हो । जमैकाले हारेका ६ खेलको प्रमुख कारण कम्जोर ब्याटिङनै थियो ।

यता स्पिनर सन्दीप लामिछाने र मुजिब उर रहमानको जोडीले भने राम्रो प्रर्दशन गरेका छन् । मुजिब १० खेलमा १५ विकेटका साथ शीर्ष स्थानमा छन् । सन्दीपले १२ विकेट लिएका छन् । अर्का स्पिनर विरसामी पेरुमलले पनि राम्रो प्रर्दशन गरेका छन् । तीव्र गतिका बलर कार्लोस ब्रेथवेटले १० विकेट लिदै मध्यम प्रर्दशन गरेका छन् ।
तीव्र गतिका बलर ओशान थोमस र फिडेल एडवार्डसलाई राम्रो गर्न आवश्यक छ । जमैका आन्द्रे रसेल प्रमुख हतियार हुन् । राइडर्ससँग लिग चरणको पहिलो खेलमा जमैका ७ विकेट र दोस्रो खेलमा १९ रनले पराजित भएको थियो । जमैकाले राइडर्सलाई पछिल्ला ५ खेलमा पराजित गर्न सकेको छैन ।
यी दुई टोलीले सिपिएलमा कुल १८ खेल खेलेका छन् । जसमा जमैका ९ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । दोस्रो सेमिफाइनलमा गुयाना एमेजन वारियर्स र सेन्ट लुसिया जुक्सबीच प्रतिस्पर्धा हुने छ । फाइनल बिहिबार हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]