default_image

5 years ago

September 8, 2020

जमैकालाई हराउँदै ट्रीनबेगो फाइनलमा

156 views

0 Bookmark

एजेन्सी – ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को फाइनलमा स्थान पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा जमैका तलावाजलाई ९ विकेटले पराजित गर्दै अपराजित ट्रीनबेगोले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो ।

जमैकाले प्रस्तुत गरेको १ सय ८ रनको लक्ष्य ट्रीनबेगोले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ट्रीनबेगोको जितमा लेन्डल सिमन्स र टिओन वेब्स्टरले उत्कृष्ट ब्याटिङ गरे । सिमन्सले अर्धशतकीय इनिङ खेल्दै टोलीलाई जिततर्फ डोर्याएका थिए । उनले ४४ बलमा ६ चौका र २ छक्कासहित नटआउट ५४ रन जोडे ।

ओपनर सुनिल नारायण दोस्रो ओभरमा मुजिब उर रहमानको बलमा मात्र ४ रनमा बोल्ड भएका थिए । तर त्यसपछि लेन्डल सिमन्स र टिओन वेब्स्टरले दोस्रो विकेटका लागि बलियो साझेदारी गरे । यी दुईले नटआउट ९७ रनको साझेदारी गरेका थिए । वेब्स्टर ४३ बलमा ४४ रन जोड्दै नटआउट रहे । उनले ६ चौका र १ छक्का प्रहार गरे ।

नेपाली स्पिनर सन्दीप लामिछाने प्रतियोगितामा पहिलो पटक विकेटविहिन रहँदा ४ ओभर बलिङ गर्दै २९ रन खर्चिए । मुजिबले ३ ओभरमा १८ रन खर्चेर १ विकेट हात पारे ।

त्यसअघि टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको जमैकाले २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ७ रन जोड्न सक्यो । टोलीका लागि एन्क्रुमा बोनरले ४२ तथा कप्तान रोभमान पावेलले ३३ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा जमैकाले जेनतेन १ सय रनको आँकडा पार गर्यो ।

इनिङको पहिलो ओभरमा नै अकिल हुसेनले जर्मेन ब्लाकवुडलाई आउट गर्दै विकेट मेडन राखे । दोस्रो ओभरको दोस्रो बलमा नै ग्लेन फिलिप्स २ रन जोड्दै खरे पिएरको बलमा क्याच आउट भए । तेस्रो ओभरमा मुजिब उर रहमान खाता नखोली पेभेलियन फर्केपछि जमैका १०-३ को दयनीय स्थितिमा पुगेको थियो ।

जमैकाका लागि एन्क्रुमा बोनरले एकतर्फ इनिङ सम्हाल्दा अर्कोतर्फ विकेट झर्ने सिलिसिला भने रोकिएन । पाँचौ ओभरमा असिफ अली ४ रन जोड्दै होसेनको बलमा पोलार्डको हातबाट समातिए । कप्तान पावेल र बोनरले केहिबेर इनिङ सम्हालेपनि बोनर लामो समय टिक्न सकेनन् ।

१२ औं ओभरमा फवाद आलमको बलमा बोनर बोल्ड भए । उनले ४२ बलमा ५ चौकासहित ४१ रन जोडे । लगत्तै क्रिजमा आएका आन्द्रे रसल २ रनमा खेल्दा अम्पायरको खराब निर्णयको शिकार बने । उनको प्याडमा लाग्दै पछाडी गएको बललाई अम्पायरले कट बिहाइन्डको निर्णय दिए । उनी आउट हुँदा टोली ६८-६ को स्थितिमा थियो ।

कप्तान पावेल ३५ बलमा ३३ रन जोड्दै पिएरको शिकार बने । १ चौका र १ छक्क प्रहार गरेका उनलाई पोलार्डले क्याच आउट गरेका थिए । कार्लोस ब्रेथवेट २० बलमा १३ रन जोड्दै नटआउट रहे । विरसामी पर्मौलले नटआउट ३ रन जोडे ।

ट्रीनबेगोका लागि होसेनले ३ विकेट तथा पिएरले २ विकेट लिए । सुनिल नारायण र फवाद अहमदको नाममा पनि १-१ विकेट रहयो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.