default_image

5 years ago

September 9, 2020

इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलिया वरीयताको शीर्षस्थानमा

160 views

0 Bookmark

एजेन्सी– अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै टि२० विश्व वरीयतामा शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

अष्ट्रेलियाको जितसँगै तीन टि२० आई सिरिज २–१ मा सकिएको छ । यसअघि इंग्ल्यान्ड पहिलो खेलमा दुई रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै सिरिज जिति सकेको थियो । उक्त लगातार दुई जितले इंग्ल्यान्ड विश्व वरीयतमा शीर्ष स्थानमा समेत उक्लिएको थियो । दुबै टोलीको समान २ सय ७३ रेटिङ अंक हुँदा तेस्रो खेल जित्ने टोली विश्व वरीयतामा शीर्ष स्थानमा उक्लिने समिकरण बनेको थियो ।

जितका लागि १ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलियाको जितमा तल्लोक्रमका मिचेल मार्श ३६ बलमा २ चौका र १ छक्का सहित ३९ रनमा अविजित रहँदै जित पक्का गरे । एश्टन अगर १३ बलमा १ चौका सहित १६ रनमा अविजित रहे ।

चौथो ओभरको पहिलो बलमा ओपनर म्याथ्यु वेडलाई मार्क वुडले क्रिस जोर्डनबाट १४ रनमा क्याच गराउँदै पेभिलिएन फर्काए । आठौं ओभरको पहिलो बलमा टम करनले टम ब्यान्टनबाट मार्कस स्टोइनिसलाई २६ रनमा क्याच आउट गराए । स्टोइनिसले १८ बलमा ५ चौका प्रहार गरे । स्पिनर आदिल राशिदले ग्लेन म्याक्सवेललाई ६ र स्टिभ स्मिथलाई ३ रनमा आउट गरे ।

आदिलले ११ औं ओभरको चौथो बलमा कप्तान आरोन फिन्चलाई ३९ रनमा बोल्ड आउट गरे । फिन्चले २६ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आदिल राशिदले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । मार्क वुड र टम करनको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि साउथह्याप्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो । इंग्ल्यान्डका जोनी बेयरस्टोले सर्वाधिक ५५ रनको योगदान दिए । १४ औं ओभरको तेस्रो बलमा एश्टन अगरले कट एण्ड बोल्ड आउट गर्नुअघि बेयरस्टोले ४४ बलमा समान ३ चौका र छक्का प्रहार गरे । दोस्रो ओभरको पाँचौ बलमा जोश हेजलवुडले टम ब्यान्टनलाई वेडबाट २ रनमा क्याच आउट गराए ।

डेविड मलानलाई एडम जाम्पाले २१ रनमा पेभिलिएन फर्काए । मोईन अली २३ रनमा आउट हुँदा जो डेनली २९ रनमा अविजित रहे । अष्ट्रेलिया एडम जाम्पाले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड, मिचेल स्टार्क, केन रिचर्ड्सन र एश्टन अगरले १–१ विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया टि२० वरीयतामा २२ खेलमा २ सय ७५ रेटिङ अंकका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको इंग्ल्यान्डको समान खेलमा २ सय ७१ रेटिङ अंक छ । नयाँ टि२० वरीयतामा नेपाल १५ औं स्थानमा यथावत छ । अष्ट्रेलिया र इंग्ल्यान्डबीच थप तीन ओडिआई सिरिज हुने छ । पहिलो खेल शुक्रबार, दोस्रो आइतबार र अन्तिम बुधबार म्यानचेस्टरमा हुने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.