5 years ago
September 9, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण सेप्टेम्बर १९ देखि संयुक्त अरव इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । नोभेम्बर १० सम्म चल्ने प्रतियोगिताका लागि सबै टोली यूएई पुगि सकेका छन् ।

आइपिएल २०२० को लागि सबैले आ– आफ्नो मजबुत टोली बनाइसकेका छन् । आइपिएलमा सर्वाधिक रन बनाउने खेलाडीले ओरेन्ज क्याप पाउने गर्दछन् । आइपिएलका १२ संस्करण सकिँदा तीन पटक मात्र भारतीय खेलाडीले ओरेन्ज क्याप जितेका छन् । अन्य सबै विदेशी खेलाडीको बाहुल्यता छ ।
अष्ट्रेलिया ओपनर तथा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर तीन संस्करण सम्म सर्वाधिक रनका साथ ओरेन्ज क्याप जितेका छन् । रोयल च्यालेन्जर्स बेंगलोरबाट क्रिस गेलले २०११ र २०१२ मा ओरेन्ज क्याप जितेका थिए । आइपिएलको एकै संस्करणमा सबैभन्दा बढि रन बनाउने कीर्तिमान रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहलीको नाममा छ ।
कोहलीले सन् २०१६ को आइपिएलमा १६ खेलमा ९ सय ७३ रन बनाएका थिए । कोहलीले उक्त संस्करणमा ४ शतक र ७ अर्ध शतक प्रहार गरेका थिए । यस सिजनको आइपिएल खेल्न विश्वका सबै चर्चित ब्याट्सम्यान तयार र आतुर छन् । सबै टोलीमा रहेका ब्याट्सम्यान, ती खेलाडीको पछिल्लो समयको लय, क्षमता लगायत सबै कुरा हेर्दा यस सिजनमा यी पाँच ब्याट्सम्यानले सर्वाधिक रन बनाउन सक्छन् ।
५. शिखर धवन (दिल्ली क्यापिटल्स)

सीमित ओभरको क्रिकेटमा भारतीय टोलीका पहिलो रोजाईका ओपनर शिखर धवनले आइपिएल दिल्ली क्यापिटल्सबाट खेल्ने छन् । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका धवन यस सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न सक्छन् । धवन दिल्लीका अनुभवी र प्रमुख ब्याट्सम्यान हुन् ।
गतवर्ष धवनले १६ खेलमा ५ सय २१ रन बनाएका थिए । धवन आइपिएल इतिहासका पनि एक सफल ब्याट्सम्यान हुन् । आइपिएलमा कुल १ सय ५९ खेल खेलेका धवनले ४ हजार ५ सय ७९ रन बनाउदै सर्वाधिक रन बनाउनेको खेलाडीको पाँचौ स्थानमा छन् । दिल्लीमा धवनले पहिलो रोजाईमा खेल्ने छन् । धवन र पृथ्वी शा ले दिल्लीको ओपनिङ गर्ने छन् ।
दिल्लीको पहिलो रोजाईमा खेल्ने हुँदा धवन यस सिजनमा सर्वाधिक रन बनाउन बनाउन सक्छन् । दिल्लीलाई पहिलो पटक उपाधि दिलाउने सोचमा रहेका धवनलाई अर्को वर्ष घरेलु मैदानमा हुने टि२० विश्वकपमा भारतीय टोलीमा स्थान बलियो बनाउन उच्च प्रर्दशन गर्नुपर्ने दबाब पनि छ । जसको कारण धवनले यस सिजनमा उत्कृष्ट प्रर्दशन गर्न सक्छन् ।
४. श्रेयस ऐर (दिल्ली क्यापिटल्स)

दिल्ली क्यापिटल्सका कप्तान श्रेयस ऐर पछिल्लो समय राम्रो लयमा छन् । भारतीय सीमित ओभरको क्रिकेटमा चौथो नम्बरको दीर्घकालिन समस्याको समधानको रुपमा हेरिएका युवा ब्याट्सम्यान ऐरले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा उच्च प्रर्दशन गर्दै आएका छन् ।
२५ वर्षीय युवा ब्याट्सम्यान ऐरले गत फेब्रुअरीमा न्युजिल्यान्डविरुद्ध ओडिआई र टि२० आई सिरिज दुबैमा उच्च प्रर्दशन गरेका थिए । उनले पहिलो ओडिआईमा १ सय ३ रनको शतकीय इनिङ खेल्दा दोस्रोमा ५२ र तेस्रो खेलमा ६२ रन जोडेका थिए । टि२० आई सिरिजमा पनि उच्च प्रर्दशन गरेका थिए ।
गतवर्ष ऐरले आइपिएलमा १६ खेलमा ४ सय ६३ रन बनाएका थिए । ऐर टोलीको कप्तान हुँदा अझ जिम्मेवारीका साथ ब्याटिङ गर्ने छन् । ऐरले आफ्नो लयलाई निरन्तरता दिदै दिल्लीको पहिलो पटक उपाधि जित्ने सपना साकार पार्न चाहान्छन् ।
३. लोकेश राहुल (किंग्स इलेभेन पञ्जाव)

किंग्स इलेभेन पञ्जावका कप्तान तथा ओपनर लोकेश राहुल उत्कृष्ट लयमा छन् । राहुलले भारतीय टोलीमा पछिल्लो समय ओपनिङ र पाँचौ नम्बर दुबैमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । गत जनवरी फेब्रुअरीमा भारतले राहुललाई विकेटकिपरको रुपमा पाँचौ नम्बरमा मौका दिएको थियो ।
राहुलले न्युजिल्यान्डविरुद्ध तेस्रो ओडिआईमा १ सय १२ रनको उत्कृष्ट शतकीय इनिङ खेल्दै आफू तल्लोक्रममा पनि खेल्न सक्ने क्षमता भएको ब्याट्सम्यानको रुपमा प्रमाणित गरेर देखाएका थिए । पहिलो ओडिआईमा न्युजिल्यान्डविरुद्ध ८८ रनमा अविजित रहेका थिए । टि२० आई सिरिजमा पनि राहुलको प्रर्दशन उत्कृष्ट थियो । राहुल पहिलो टि२० खेलमा ५६ र दोस्रोमा ५७ रन जोडेका थिए । पछिल्लो दुई वर्षयता राहुलको लय उत्कृष्ट छ । राहुल जुनसुकै भूमिकामा पनि प्रर्दशन गर्न सक्ने ब्याट्सम्यान हुन् ।
राहुलले ४२ टि२० आई खेलमा २ शतक सहित कुल १४ सय ६१ रन बनाएका छन् । गतवर्ष आइपिएलमा राहुलले १४ खेलमा १ शतक र ६ अर्ध शतक सहित कुल ५ सय ९३ रन सहित दोस्रो स्थानमा थिए । केहि अपवादलाई छोड्ने हो भने राहुलले पाएका सबै अवसरमा उत्कृष्ट प्रर्दशन गरेका छन् । कप्तानको जिम्मेवारीमा राहुलले अझ उत्कृष्ट प्रर्दशन गर्न सक्छन् । आक्रामक ब्याटिङको क्षमता राख्ने राहुलको लयलाई रोक्न यस सिजनमा बलरलाई कठिन पर्न सक्छ । क्रिस गेलसँगै ओपनिङ गर्ने राहुल आइपिएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्नुको साथै पञ्जावलाई पहिलो पटक उपाधि दिलाउन सक्छन् ।
२. विराट कोहली (रोयल च्यालेन्जर्स बेंगलोर)

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई रन मेसिन पनि भन्ने गरिन्छ । कोहलीले भारतीय टोली र बेंगलोर दुबैबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । कोहली आइपिएलमा एकै संस्करण र इतिहास दुबैमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले सन् २०१६ मा ९ सय ७३ रन बनाएका थिए ।
आइपिएल इतिहासका सर्वाधिक सफल ब्याट्सम्यान कोहलीले १ सय ७७ खेलमा ५ शतक र ३६ अर्ध शतक सहित ५ हजार ४ सय १२ रनका साथ शीर्ष स्थानमा छन् । कोहली ब्यक्तिगत रुपमा सफल भएपनि बेंगलोरलाई उपाधि दिलाउन भने सकेका छैनन् । उपाधिको भोकमा रहेका कोहली यस सिजनमा अझ उत्कृष्ट प्रर्दशन गर्दै च्याम्पियन बन्न चाहान्छन् । च्याम्पियन बन्न कोहलीले हर प्रयास गर्ने छन् ।
कोहलीको अर्को विशेषता अन्तिम समय सम्म हार नमान्ने खेलाडी हुन् । क्रिजमा टिकेर बलरको डटेर सामना गर्ने गर्दछन् । जव कोहली लयमा आउछन् भने उनलाई रोक्न जो कोही बलरलाई कठिन पर्ने गर्दछ । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आएका कोहली यस सिजनमा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बन्न सक्छन् ।
१. डेविड वार्नर (सनराइजर्स हैदराबाद)

अष्ट्रेलियाका आक्रामक ओपनर तथा सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले आइपिएलमा निरन्तर उच्च प्रर्दशन गर्दै आएका थिए । गतवर्ष वार्नरले मात्र १२ खेलमा १ शतक र ८ अर्ध शतक सहित ६ सय ९२ रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका थिए ।
सन् २०१५ को संस्करणमा पनि वार्नरले पहिलो पटक ओरेन्ज क्याप जितेका थिए । उक्त संस्करणमा वार्नरले १४ खेलमा ५ सय ६२ रन जोडेका थिए । सन् २०१७ मा वार्नरले १४ खेलमा ६ सय ४१ रनका साथ ओरेन्ज क्याप जितेका थिए । सन् २०१६ को आइपिएलमा वार्नर १७ खेलमा ८ सय ८४ रन जोड्दै दोस्रो स्थानमा थिए ।
वार्नर आक्रामक ब्याटिङका लागि परिचित छन् । सन् २०१८ मा बल टेम्परिङ आरोपको कारण प्रतिबन्धमा परेपछि अन्तर्राष्ट्रिय मैदानमा एक वर्षपछि फर्केका वार्नरको प्रर्दशन झन उत्कृष्ट थियो । वार्नरले आफ्नो लय समाउछन् भने उनलाई रोक्न निकै कठिन पर्दछ । अष्ट्रेलिया र हैदराबाद दुबैबाट उत्कृष्ट प्रर्दशन गर्दै आएका वार्नर यस सिजनका पनि ओरेन्ज क्यापका बलिया दाबेदार ब्याट्सम्यान हुन्
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]