default_image

5 years ago

September 11, 2020

जोन्टी स्विडेनको मुख्य प्रशिक्षक

157 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिका पूर्व क्रिकेटर तथा फिल्डिंगका बादशाह जोन्टी रोड्स स्विडेन राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

५१ वर्षिय जोन्टीले स्विडेन क्रिकेट टोली आगामी नोभेम्बर देखि सम्हाल्ने छन् । जुनियर तथा सिनियर क्रिकेट टोलीको तीव्र रुपमा क्रिकेट विकास गर्न स्विडेन क्रिकेटले जोन्टीलाई टोलीमा प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ‘म स्विडेन क्रिकेट टोलीसँग त्यहाँको समुदायसँग परिवारका साथ काम गर्न एकदमै उत्साहित छु । यो अवसर एक सही समयमा आएको छ’, रोड्सले भने ।

रोड्स हाल संयुक्त अरव इमिरेट्स (यूएई) मा किंग्स इलेभेन पञ्जावको फिल्डिङ प्रशिक्षकको रुपमा काम गरि रहेका छन् । रोड्सले आगमी नोभेम्बर देखि स्विडेन टोली सम्हाल्ने छन् । जोन्टी दुई पटक नेपाल आइसकेका छन् ।

जोन्टी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) २०७५ मा गुडविल एम्बासडरको रुपमा रहेका थिए । जोन्टीले त्यसक्रममा सिवाईसी अत्तरिया टिम म्यानेजरको रुपमा समेत काम गरेका थिए । प्रतियोगिताको कागजी रुपमा कम्जोर सिवाईसी अत्तरियाले उपाधि जितेको थियो । त्यसै वर्ष जोन्टीले कात्तिकमा विशेष प्रशिक्षण दिन नेपाल आएका थिए ।

यता नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षकको लागि खुल्ला आवहन गरेको छ । जोन्टी आउन सक्ने सम्भावनाको रुपमा समेत हेरिएको थियो । विश्व क्रिकेटकै सर्वोत्कृष्ट फिल्डिर रोड्सले दक्षिण अफ्रिकाबाट ५२ टेष्ट र २ सय ४५ ओडिआई खेलेका छन् ।

सन् १९९२ को एकदिवसीय बिश्वकपको दौरान पाकिस्तान क्रिकेटर इन्जमाम उल हकको रन आउटको कारण प्रख्यात रोड्सलाई त्यतिबेला एउटा पत्रिकाले ‘के यो चरा हो रु के यो जहाज हो ? हैन, यो जोन्टि हो’ लेखेको प्रसंग चर्चित मानिन्छ । हावामा उड्दै उनले गरेको रन आउट बिश्व क्रिकेटमा धेरै याद गरिने क्षण मध्येको एक हो । रोड्सले मुम्बई इन्डियन्स, श्रीलंका, दक्षिण अफ्रिका, केन्या लगायतका टिमको प्रशिक्षण सम्हालिसकेका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.