default_image

9 years ago

September 1, 2016

एनआइसी एसियाले गर्‍यो राजु रिजाल र प्रेम तामाङलाई प्रायोजन

166 views

0 Bookmark

काठमाडौं – एनआइसी एसिया बैंकले राष्ट्रिय टोली सदस्य समेत रहेका यू–१९ क्रिकेट कप्तान राजु रिजाल र प्रेम तामाङलाई दुई बर्षका लागि प्रायोजन गरेको छ ।

दुई खेलाडी र बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले बिहीबार थापाथली ट्रेड टावरमा रहेको मुख्य कार्यालयमा बिहीबारसम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैंकबाट राजु र प्रमेले दुई बर्षसम्म मासिक २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Raju Rijal NIC Asia

उनीहरुलाई बैंकले खेल सामाग्रीका पनि प्रायोजन गरेछ । नेपाल क्रिकेट खेलाडी संघको पहलमा खेलाडी र बैंकबीच सम्झौता भएको थियो । राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले यो सुरुआतकै अर्को चरण भएकोब बताउँदै भने,‘आउने दिनमा कर्पोरेट हाउसहरुमा पनि अन्य खेलाडीका लागि सम्झौताको प्रयास गरिनेछ ।’ पारस खेलाडी संघका महासचिव हुन् ।

यसअघि संघकै पहलमा राष्ट्रिय टोलीका अर्का सदस्य सन्दीप लामिछानेलाई सानिमा बैंकले प्रायोजन गरेको थियो । पारसले क्रिकेट विकासका लागि खेलाडीको भविष्य सुनिश्चित हुने पर्ने बताए । राजु र प्रेमले बैंक र संघलाई धन्यवाद दिदै क्रिकेटमा अझै राम्रो गर्न प्रयास गर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले सम्झौतामा पारस र खेलाडी संघ भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।

उनले खेलाडी संघले सुरुमा एकजनाको मात्र प्रस्ताव लिएर आएपनि क्रिकेटलाई सहयोग गर्नु पर्छ भनेर दुई जनालाई प्रायोजन गरेको बताए । उनले थपे,‘यो एक किसिमको खेलकुद छात्रबृति हो । यो कुनै पारिश्रमिक वा अनुदान होइन । उीनरुको खेलमा सहयोग पुगोस भन्नका लागि सानो प्रयास मात्र हो । यसले अरु कर्पोरेट हाउसहरु पनि आउन भन्ने हामी चाहन्छौं ।’

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.