default_image

5 years ago

September 21, 2020

हैदराबादको नाटकीय पतनसँगै बेंगलोर विजयी

177 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को तेस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । एक समय १५ ओभरमा १२१–२ को बलियो अवस्थामा रहेको हैदराबादका तल्लोक्रमका ब्याट्सम्यानले खराब प्रर्दशन गर्दा पराजित हुन पुगेको हो ।

हैदराबादलाई अन्तिम ३० बलमा ४३ रन आवश्यक रहँदा ८ विकेट हातमा थियो । हैदराबादले अन्तिम ३२ रन जोड्न ८ विकेट गुमाएपछि नाटकीय हार बेहोरेको हो । हैदराबादका कप्तान तथा ओपनर डेभिड वार्नर दोस्रो ओभरको चौथो बलमा अप्रत्याशित ६ रनमा रन आउट भए । जोनी बेयरस्टोले उमेश यादवको बलमा सट खेल्नेक्रममा नन स्ट्राइकमा बलले स्टम्पमा लाग्दा वार्नर रन आउट हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि जोनी बेयरस्टो र मनिष पान्डेले ७१ रनको साझेदारी गर्दै इनिङ सम्हालेका थिए । १२ औं ओभरको अन्तिम बलमा युजभेन्द्र चहलले पान्डेलाई ३४ रनमा नवदीप सैनीबाट क्याच आउट गराए । पान्डेले ३३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

चहलले नै १६ औं ओभरको दोस्रो बलमा बेयरस्टोलाई ६१ रनमा बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । बेयरस्टोले ४३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । लगतै अर्को बलमा चहलले विजय शंकरलाई बोल्ड आउट गर्दै बेंगलोरलाई खेलमा फर्काएका थिए । १७ औं ओभरको तेस्रो बलमा शिवम दुबेले प्रियम गर्गलाई १२ रनमा बोल्ड आउट गरे ।

अभिषेक शर्मा ७ रनमा रन आउट भए । दोस्रो रन लिने क्रममा राशिद खानसंग पिचको मध्यभागमा जुध्न पुग्दा अभिषेक आउट भएका थिए । राशिदलाई भने केहिबेर फिजियोको सहयोग लिनुपरेको थियो ।  १८ औं ओभरको चौथो बलमा नवदीप सैनीले भुवनेश्वर कुमारलाई शून्यमा बोल्ड आउट गरे । सैनीले अन्तिम बलमा राशिद खानलाई ६ रनमा बोल्ड आउट गर्दै जिततर्फ लम्काएका थिए ।

युजभेन्द्र चहलले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । शिवम दुबेले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । डेल स्टेनले एक विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । बेंगलोरलाई ओपनर देवदत्त पाडिक्कल र आरोन फिन्चले ११ ओभरमा ९० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेल खेलि रहेका २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले अर्ध शतक प्रहार गर्दै बेंगलोरलाई राम्रो सुरुवात दिलाए ।

विजय शंकरको ११ औं ओभरको अन्तिम बलमा ठूलो सट खेल्नेक्रममा बिट हुँदै पाडिक्कल ५६ रनमा बोल्ड आउट हुन पुगे । उनले ४२ बलमा ८ चौका प्रहार गरे । लगत्तै १२ औं ओभरको पहिलो बलमा युवा स्पिनर अभिषेक शर्माले फिन्चलाई २९ रनमा एलबिडब्लू आउट गरे । फिन्चले २७ बलमा २ छक्का र १ चौका प्रहार गरे ।

टि नटराजनको १६ औं ओभरको पाँचौ बलमा ठूलो सट खेलेका कप्तान विराट कोहली मिडविकेटमा राशिद खानबाट १३ बलमा १४ रनमा क्याच आउट हुन पुगे । एबी डिभिलियर्स ३० बलमा ४ चौका र २ छक्का ५१ रनमा रन आउट हुन पुगे । डी भिलियर्स अन्तिम ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा मनिष पान्डेले लङअफबाट थ्रो फाल्दै विकेटकिपर जोनी बेयरस्टोले एबी डी भिलियर्सलाई रन आउट गराएका थिए । अन्तिम बलमा शिवम दुबे ७ रनमा रन आउट भए । जोश फिलिपे १ रनमा नट आउट भए ।

हैदराबादका अभिषेक शर्माले २ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । विजय शंकरले १.२ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । टि नटराजनले ४ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । राशिद खानले ४ ओभरमा ३१ रन खर्चेपनि विकेट लिन सकेनन् । । हैदराबादले दोस्रो खेलमा शनिवबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । बेंगलोरले दोस्रो खेलमा किंस इलेभेन पञ्जाबसँग विहिबार खेल्ने छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.