5 years ago
September 22, 2020
काठमाडौंं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा चितवन भरतपुरको शान्तिपुरमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको निरिक्षण गरेको छ ।

क्यानको केन्द्रिय कार्यसमिति बोर्ड बैठक आज चितवनमा बस्दै छ । त्यसअघि क्यानका पदाधिकारीले गौतम बुद्ध रंगशालाको निरिक्षण गरेका हुन् । क्यानका सचिव अशोकनाथ प्याकुरेल लगायतका पदाधिकारीहरुले धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलसँगै रंगशालाको निरिक्षण गरेका थिए । धुर्मुसले रंगशाला निर्माणबारे क्यानलाई जानकारी दिएका थिए ।
चितवनमा बस्न लागेको बोर्ड बैठकले वार्षिक साधरण सभा कहिले गर्ने देखि खेलाडीको नयाँ ग्रेड, पारिश्रमिक, एडिट लगायतका विषयमा छलफल हुने क्यान निकट स्रोतले जानकारी दिएको छ । क्यानले आफ्नो पहिलो वार्षिक साधरण सभा भदौमा गर्ने भनेपनि कोरोना महामारीको कारण स्थगित गरेको थियो ।
क्यानले गत माघमा नै कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पाण्डेको समिति गठन गर्दै पुरुष २४ र महिला १८ खेलाडीलाई ए प्लस , ए, बी र सी ग्रेडमा रहने खेलाडी नाम र पारिश्रमिक टुङ्गो लगाउन भनेको थियो । उक्त समीतिले आजको बोर्ड बैठकले आफ्नो प्रस्ताव बुझाउने छन् । जुन प्रस्तावमा निर्णय हुन सके क्यानले सन् २०२० मा महिला र पुरुष खेलाडी दुवैको ग्रेड र पारिश्रमिक सार्वजनिक गर्ने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट पूर्ण रुपमा क्यानको प्रतिबन्ध कसरी फुकुवा गर्ने भन्ने विषयमा पनि छलफल हुने छ । गत कात्तिकमा आइसिसीले क्यानलाई २०७३ मा लगाएको प्रतिबन्ध सशर्त रुपमा फुकुवा गरेको थियो । बोर्ड बैठकमा आज एडिट देखि लिएर अन्य विभिन्न विषयमा छलफल हुने छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]