default_image

4 years ago

September 22, 2020

आइपिएलमा पाडिक्कलको ‘ब्रेक थ्रु’

भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वोत्कृष्ट फ्रेन्चाइज प्रिमियर लिग हो । खेलाडीको स्तर मात्र नभएर समर्थक संख्या र आर्थिक पक्षले गर्दापनि लिगको प्रभाव विश्व क्रिकेटमा बेग्लै छ । आइपिएलले सुरुवाती संस्करणदेखि नै भारतीय क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । आइपिएलले प्रतिभाका लागि अवसर सिर्जना गर्ने एक […]

43 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वोत्कृष्ट फ्रेन्चाइज प्रिमियर लिग हो । खेलाडीको स्तर मात्र नभएर समर्थक संख्या र आर्थिक पक्षले गर्दापनि लिगको प्रभाव विश्व क्रिकेटमा बेग्लै छ ।

आइपिएलले सुरुवाती संस्करणदेखि नै भारतीय क्रिकेटमा नयाँ प्रतिभा पहिचान गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ । आइपिएलले प्रतिभाका लागि अवसर सिर्जना गर्ने एक स्थानका रुपमा परिचय स्थापित गरेको छ । भारतको घरेलु क्रिकेटभन्दा केहि फरक पहिचान बनाएको आइपिएलमा नयाँ प्रतिभाले पनि आफूलाई छोटो समयमा स्थापित गर्ने अवसर पाएका छन् । सोमबार आइपिएलले घरेलु क्रिकेटमा उदाउँदै गरेका अर्को एक नामलाई ब्रेक थ्रु दिएको छ ।

रोयल च्यलोन्जर्स बेंगलोरबाट सनराइजर्स हैदराबादविरुद्ध डेब्यु खेलमा युवा ब्याट्सम्यान देवदत्त पाडिक्कलले अर्धशतकीय इनिङ खेल्दै प्रभावित पारे । २० वर्षिय बायाँ हाते ब्याट्सम्यान पाडिक्कलले ४२ बलमा ८ चौका सहित ५६ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । डेब्यु खेलमा कुनै दबाब नलिई आत्माविश्वासका साथ स्वभाविक खेल खेलेका थिए । सट छनोट उत्कृष्ट थियो । मैदानको चारैतर्फ रन जोडेका पाडिक्कललाई विजय शंकरको बोल्ड आउट गर्दै रनगतीमा पूर्णविराम लगाएका थिए ।

पाडिक्कल र एबी डि भिलियर्सको अर्ध शतकको सहयोगमा बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको सनराइजर्स हैदराबाद १९.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएपछि बेंगलोर १० रनले विजयी भएको थियो ।

को हुन् देवदत्त पाडिक्कल ?

पाडिक्कल घरेलु क्रिकेटमा उच्च प्रर्दशनका साथ आइपिएल सम्म पुगेका केरलाका युवा स्टार हुन् । बेंगलोरले उनलाई अक्सनमा न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । पाडिक्कलको जन्म सन् २००० जुलाई ७ मा भारतको केरलाको एडप्पलमा भएको हो । पाडिक्कले सानै उमेर देखि क्रिकेट खेल्न सुरु गरेका थिए । आमा अम्बिलीले उनलाई सानै देखि क्रिकेटर बनाउन चाहान्थिन् । पाडिक्कल दोस्रो सन्तान हुन् ।

‘हामी दोस्रो सन्तानको लागि योजना बनाई रहेका थियौं । हामी छोरा जन्माउन र उसलाई क्रिकेटर बनाउँन चाहान्थ्यौं’, अम्बिलीले भनिन् । पाडिक्कले पनि बाबुआमाकै रुचि अनुसार सानैदेखिनै क्रिकेट खेल्न थाले । स्कुल देखिनै उनी क्रिकेट खेल्न थाले । सन् २०११ मा उनको परिवार केरलाबाट बेंगलोर सरे ।

पाडिक्कल कर्नाटका क्रिकेट इन्स्टिच्युटमा भर्ना भए । जहाँ मोहम्मद नसिरुद्दीन प्रशिक्षक थिए । उनलेनै पाडिक्कललाई क्रिकेट सिकाए । जुन समय अम्बाती रायुडूले पनि प्रशिक्षण दिन्थे । ५ सय बच्चाहरुले रायुडूसँग प्रशिक्षण लिएका थिए । उनले आर्मी पब्लिक स्कुल र जोशेफ ब्लाइज स्कुल बेंगललोरमा स्कुल स्तरीय पढाई पूरा गरे । उनका ब्यापारी बुवा क्रिकेटका धेरै राख्ने गर्दथे ।

देवले कर्नाटकाबाट सन् २०१४ देखि उमेर समूहको क्रिकेट खेल्ने थाले । यू१९ र यू१६ प्रतियोगिता कर्नाटकाबाट प्रतिनिधित्व गरे । पाडिक्कलका प्रशिक्षक नसिरुद्दीनका अनुसार उमेर समूहमा उनको प्रर्दशन कमजोर रह्यो । ‘मैले एक दिन उनलाई खराब प्रर्दशनबारे सम्झाएँ । यदि तिमी एउटा ठूलो इनिङ खेल्छौं भने सबै कुरा परिवर्तन हुनसक्छ’, नसिरुद्दीनले भने ।

कर्नाटका भारतीय क्रिकेटमा ब्याटिङका लागि उर्भर भूमिले परिचित छ । कर्नाटकाबाट लोकेश राहुल, मयंक अग्रवाल, राहुल द्रविड, करुण नायर र रोविन उथप्पा लगायतका चर्चिच ब्याट्सम्यानले भारतीय टोलीबाट प्रतिनिधित्व गरि सकेका छन् । जसको प्रभाव युवा खेलाडीमा देखिन्छ । सन् २०१७ मा बेल्लारी टस्कर्सबाट कर्नाटका प्रिमियर लिग (केपिएल) खेले ।

१७ वर्षको उमेरमै उनले बेंगलुरी ब्लास्टर्सविरुद्ध ५३ बलमा ६ चौका र ३ छक्का सहित ७२ रन जोड्दै म्यान अफ द म्याच चुनिए । सन् २०१८ मा नोभेम्बर अन्तिममा पाडिक्कले कर्नाटकाबाट महाराष्ट्रविरुद्ध भारतीय चर्चित घरेलु क्रिकेट प्रतियोगिता रणजी ट्रफी खेल्दै प्रथम श्रेणीमा डेब्यु गरे । पहिलो इनिङमा ७ रनमा आउट भएका उनले दोस्रो इनिङमा ७७ रन जोडेका थिए ।

सन् २०१८ मा भारतीय यू१९ टोलीमा श्रीलंका भ्रमण गर्दा पाडिक्कल टोलीमा रहेका थिए । चौथो एकदिवसिय खेलमा उनले ९१ बलमा ७१ रन जोडेका थिए । सन् २०१९ मा भारतले यू१९ विश्वकप जित्दा भारतीय टोलीमा थिए । सेमिफाइनल र फाइनल मात्र खेल्ने अवसर पाएँ । फाइनलमा श्रीलंकाविरुद्ध ३१ रन जोडेका थिए ।

सन् २०१९ मा विजय हजारे ट्रफीमा कर्नाटकाबाट झारखण्डविरुद्ध लिष्ट ए मा डेब्यु गरे । उनले डेब्यु खेलमै लोकेश राहुलसँग ओपनिङ गर्दै ५८ रन जोडेका थिए । यस प्रतियोगितामा पाडिक्कले उत्कृष्ट प्रर्दशन गरे । पाडिक्कलले लोकेश राहुल, मनिष पान्डे, दिनेश कार्तिक लगायत चर्चित भारतीय खेलाडीहरुलाई पछि पार्दै बिजय हजारे ट्रफी २०१९ मा सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । पाडिक्कले ११ खेलमा २ शतक र ५ अर्ध शतक सहित ६ सय ९ रन बनाएका थिए । फाइनलमा तामिल नाइडुलाई हराउँदै कर्नाटकाले उपाधि जितेको थियो ।

सन् २०१९ नोभेम्बरमा शैद मुश्ताक अली ट्रफीमा कर्नाटकाबाट उत्तरखण्डविरुद्ध टि२० क्रिकेटमा डेब्यु गरे । डेब्यु खेलमा ३३ बलमा ५३ रन जोडे । यसै प्रतियोगितामा आन्द्रविरुद्ध ६० बलमा १३ चौका र ७ छक्का सहित १ सय २२ रनमा अविजित रहेका थिए । यस प्रतियोगितामा पनि पाडिक्कल १२ खेलमा १ शतक र ५ अर्ध शतक सहित कुल ५ सय ८० रनका साथ सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । जसमा उनको स्ट्राइक रेट १७५ माथि थियो । यस कर्नाटकाले तामिल नाइडुलाई १ रनले फाइनलमा हराउँदै उपाधि जितेको थियो ।

स्वभाविक रुपमा आक्रामक रुपमा क्रिकेट खेल्ने पाडिक्कललाई शैद मुश्ताक र बिजय हजारे ट्रफीको प्रर्दशनले आइपिएलमा स्थान बनाउन सहज बनि सकेको थियो । जुन प्रर्दशनले उनी अक्सनमा महँगो मूल्यमा बिक्न सक्न युवा खेलाडीको रुपमा हेरिएको थियो । तर अन्य टोलीमा ओपनर खेलाडीको आवश्यक नदेखिदा बेंगलोरले न्युनतम मुल्यमा अनुबन्ध गर्यो ।

अघिल्लो वर्ष बेंगलोरले ओपनिङ समस्या भोगेको थियो । त्यसैले यस सिजनमा पाडिक्कल र आरोन फिन्चलाई टोलीमा भित्र्याएको थियो । पहिलो खेलमा अरोन फिन्च र पाडिक्कलले ११ ओभरमा ९० रनको साझेदारी गरे । यसले बेंगलोरको ओपनिङ समस्याको समधानको संकेत देखाएको छ । तर यो सुरुवातमात्रै हुँदा आगमी खेल हेर्नै बाँकी छ ।

पाडिक्कलले जसरी घरेलु क्रिकेट र आइपिएलको पहिलो खेलमा प्रर्दशन गरे यसले भने बेंगलोरले ओपनिङ समस्याको समधान पाएको देखाउछ । पाडिक्कललाई क्रिकेट विज्ञहरु आगमी दिनमा भारतीय ब्याटिङका भविष्य भन्दै आएका छन् । पाडिक्कलले जसरी प्रर्दशन गरिरहेका छन् यसले विराट र बेंगलोर मात्र होईन भारतीय क्रिकेट जगतनै खुसिले गदगद हुनुपर्छ ।

हाल भारतीय सीमित ओभरमा रोहित शर्मा र शिखर धवनले ओपनिङ गर्दै उच्च प्रर्दशन गर्दै आएका छन् । यी दुईपछि पनि भारतीय क्रिकेटको ओपनिङ जोडी उत्कृष्ट हुने युवा क्रिकेटरले संकेत दिइसकेका छन् । हालसम्म मयंक अग्रवाल, पृथ्वी शा, सुवमन गिलले भारतीय टोलीबाट खेल्दा यशस्वी जैसवाल, पाडिक्कल लगायतका युवा खेलाडीलले अझ त्यो भन्दा ठूलो सम्भावना उमेर र घरेलु क्रिकेटमा देखाएका छन् ।

एजेन्सीको सहयोगमा

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

Success

Thank you for your time.