5 years ago
September 22, 2020
एजेन्सी – कप्तान स्टिभ र सञ्जु स्यामसनको उत्कृष्ट अर्ध शतकमा राजस्थान रोयल्सले आफ्नो पहिलो खेलमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सलाई २ सय १७ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रनमा क्याच आउट हुन पुगे ।
स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए । स्याम्सनलाई १२ औं ओभरको चौथो बलमा लुन्गी एनगिडीले दीपक चहरबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका थिए । त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । स्मिथलाई १९ औं ओभरको दोस्रो बलमा साम करनले केदार जाधवबाट क्याच आउट गराए ।
ओपनर यशस्वी जैसवाललाई दीपक चहरले तेस्रो ओभरको दोस्रो बलमा ६ रनमा कट एण्ड बोल्ड आउट गरे । त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्क्ृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । १२ औं ओभरको अन्तिम बलमा डेभिड मिलर शून्यमा रन आउट भए ।

१५ औं ओभरको पहिलो बलमा रोबिन उथप्पालाई पियुष चवलाले फाफ डु प्लेसिसबाट ६ रनमा क्याच आउट भए । साम करनले राहुल तेवतिया १० र रियान पराग ६ रनमा आउट गरे । जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे । टम करन ९ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।
पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]