default_image

5 years ago

September 22, 2020

चेन्नईलाई हराउँदै राजस्थानको विजयी सुरुवात

190 views

0 Bookmark

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विजयी सुरुवात गरेको छ । मंगलबार चेन्नई सुपर किंग्सलाई १६ रनले पराजित गर्दै राजस्थानले पहिलो खेलमा जित हासिल गरेको हो ।

चेन्नईले जितका लागि २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रनमात्र जोड्न सफल रहयो । राम्रो सुरुवात पाएपनि मध्यक्रममा राम्रो साझेदारी बन्न नसक्दा टोलीले हार बेहोर्नुपर्यो । राजस्थानले स्पिनरलाई आक्रमणमा ल्याएपछी सुरु भएको चेन्नईको विकेट पतन लगातार जारि रहेको थियो । फाफ डु प्लेसिसले एकतर्फ इनिङ सम्हालेपनि राम्रो साथ पाउन सकेनन् ।

मुरली विजय र सेन वाटसनले पहिलो विकेटका लागि ६.४ ओभरमा ५६ रनको सझेदरी गरेका थिए । वाटसनलाई लेग स्पिनर टेवाटियाले बोल्ड गर्दै पहिलो सफलता दिलाएका थिए । वाटसन्ले २१ बलमा १ चौका र ४ छक्कासहित ३३ रन जोडे । अर्को ओभरमा वीजय पनि २१ बलमा २१ रन जोड्दै श्रेयस गोपालको बलमा टम करनबाट समातिए ।

ब्याटिङ क्रममा माथि आएका साम करनले ६ बलमा १ चौका र २ छक्कासहित १७ रन जोडेपनि उनी टेवाटियाको बलमा स्टम्पिङ आउट भए । लगत्तै अर्को बलमा पहिलो खेल खेलिरहेका रुतुराज गाइक्वाद पनि स्टम्पिङ हुन पुगे । १४ औं ओभरमा केदार जाधव २२ रनमा कट बिहाइन्ड भएपछि चेन्नई ११४-५ को अवस्थामा पुगेको थियो । जाधवले १६ बलको सामना गर्दै ३ चौका प्रहार गरे ।

डु प्लेसिसले आक्रामक ब्याटिङ गरेपनि अर्कोतर्फ साथ नपाउँदा १९ औं ओभरमा आउट भए । लामो सट खेल्ने धुनमा जोफ्रा आर्चरको बलमा कट बिहाइन्ड भए । उनले ३७ बलमा १ चौका र ७ छक्कासहित ७२ रन जोडे ।

धोनीले १७ बलमा नटआउट २९ रन जोडेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । उनले १७ बलको सामना गर्दै ३ छक्का प्रहार गरे । रविन्द्र जडेजा १ रनमा नटआउट रहे । राजस्थानका लागि टेवाटियाले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । आर्चर, गोपाल र करनले १-१ विकेट हात पारे ।

त्यसअघि शारजाहमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १६ रन बनायो । राजस्थानलाई विशाल योगफलमा पुर्याउन सञ्जु स्यामसन र स्टिभ स्मिथले उत्कृष्ट ब्याटिङ गरे । युवा ब्याट्सम्यान सञ्जु स्यामसनले आक्रामक ब्याटिङ गर्दै ३२ बलमा ९ छक्का र १ चौका सहित ७४ रनमा क्याच आउट हुन पुगे ।

स्यामसनले मात्र १९ बलमा अर्ध शतक पूरा गरेका थिए । स्याम्सनलाई १२ औं ओभरको चौथो बलमा लुन्गी एनगिडीले दीपक चहरबाट क्याच आउट गराएपछि शतक बनाउन चुकेका थिए । त्यस्तै ओपनर तथा कप्तान स्टिभ स्मिथ ४७ बलमा ४ चौका र ४ छक्का सहित ६९ रनमा क्याच आउट भए । स्मिथलाई १९ औं ओभरको दोस्रो बलमा साम करनले केदार जाधवबाट क्याच आउट गराए ।

ओपनर यशस्वी जैसवाललाई दीपक चहरले तेस्रो ओभरको दोस्रो बलमा ६ रनमा कट एण्ड बोल्ड आउट गरे । त्यसपछि दोस्रो विकेटका लागि कप्तान स्मिथ र स्यामसनले १ सय २१ रनको उत्क्ृष्ट साझेदारी गर्दै विशाल योगफलमा पुर्याए । १२ औं ओभरको अन्तिम बलमा डेभिड मिलर शून्यमा रन आउट भए ।

१५ औं ओभरको पहिलो बलमा रोबिन उथप्पालाई पियुष चवलाले फाफ डु प्लेसिसबाट ६ रनमा क्याच आउट भए । साम करनले राहुल तेवतिया १० र रियान पराग ६ रनमा आउट गरे । जोफ्रा आर्चर ८ बलमा ४ छक्का सहित २७ रनमा अविजित रहे । टम करन ९ बलमा १ चौका सहित १० रनमा अविजित रहे ।

पियुष चवलाले ४ ओभरमा ५५ रन खर्चेर १ विकेट लिए । रविन्द्र जडेजाले ४ ओभरमा ४० रन खर्चिए । दीपक चहरले ४ ओभरमा ३१ रन खर्चेर १ विकेट लिए । साम करनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५६ रन खर्चेर १ विकेट लिए ।

चेन्नईले आफ्नो तेस्रो खेलमा शुक्रबार दिल्ली क्यापिटल्सको सामना गर्नेछ । राजस्थानले आइतबार किंग्स इलेभेन पन्जाबसंग खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार कोलकाता नाइट राइडर्स र मुम्बई इन्डियन्स खेल्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.