5 years ago
September 23, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि आबूधाबीमा सुरु हुनेछ ।

मुम्बई पहिलो खेलमा चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताले जारी सिजनमा पहिलो खेल खेल्दै छ । कोलकाता पहिलो खेलमा साविक विजेता मुम्बईलाई हराउँदै विजयी सुरुवात गर्न चाहान्छ ।
आक्रामक ब्याट्सम्यान कोलकाताको प्रमुख हतियार हो । कोलकाताको ओपनिङ सुनिल नारायण र सुभमन गिलले गर्ने सम्भावना छ । नारायाण आक्रामक ब्याटिङका लागि विश्वकै प्रख्यात अलराउन्डर हुन् । युवा ब्याट्सम्यान गिलले पनि लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । मध्यक्रममा इंग्ल्यान्डका कप्तान ओईन मोर्गन, भारतीय नितेश राणा र कप्तान दिनेश कार्तिक छन् ।
कोलकाताका प्रमुख तथा भरपर्दा ब्याट्सम्यान मोर्गन ठूलो इनिङ खेल्दै सहज जित दिलाउन सक्छन् । आन्द्रे रसेल फिनिसरको रुपमा रहँदा ब्याटिङ बलियो बनेको छ । रसेलले एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता राख्छन् । प्याट कमिन्स, प्रसिद्ध कृष्णा र कमलेश नगरकोटी तीव्र गतिका बलरको रुपमा खेल्ने सम्भावना छ । स्पिनरमा कुलदीप यादव र वरुण चत्रवर्तीको सम्भावना छ ।

चेन्नईविरुद्ध मुम्बईका तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेका थिएनन् । चेन्नईविरुद्ध १४ रन र हार्दिक पान्ड्या र १८ रनमा आउट भएका काइरान पोलार्डलाई ठूलो इनिङ खेल्न आवश्यक छ । आजको खेलमा मुम्बईले नाथन कुल्टर नाइललाई मैदान उतार्न सक्छ । शीर्षक्रम क्विन्टन डी कक र रोहित शर्माले गर्ने छन् । यी दुबैलाई ठूलो इनिङ खेल्न आवश्यक छ ।
सौरभ तिवारीको स्थानमा युवा ब्याट्सम्यान ईशान किशनलाई मौका दिन सक्छ । स्पिनरमा कु्रनाल पान्ड्या र राहुल चहरलाई मैदान उतार्ने छ । राहुलले पहिलो खेलमा ४ ओभरमा ३६ रन खर्चेर १ विकेट लिएका थिए । मुम्बईका प्रमुख स्पिनर चहलरलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ । तीव्र गतिमा ट्रेन्ट बोल्ट र जस्प्रित बुमराहलाई मैदान उतार्ने छ । मुम्बईका प्रमुख बलिङ हतियार बुमराहले चेन्नईविरुद्ध ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिएका थिए । बुमराहलाई उत्कृष्ट प्रर्दशन गर्न आवश्यक छ ।
आइपिएलमा कोलकाता र मुम्बईबीच कुल २५ खेल भएका छन् । जसमा मुम्बई १९ खेलमा विजयी हुँदा ६ खेलमा पराजित भएको छ । एक खेलको नतिजा विहिन छ । पछिल्ला १० खेलमा मुम्बईले कोलकातासँग मात्र एक खेलमा पराजित भएको छ । गतवर्ष लिग चरणमा पहिलो खेलमा कोलकाता ३४ रनले विजयी हुँदा दोस्रो खेलमा ९ विकेटले पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]