9 years ago
September 5, 2016
पल्लिकेले (एजेन्सी) – कप्तान डेभिड वार्नर श्रीलंकामा एक दिवसिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो अस्ट्रेलियन बनेको खेलमा घरेलु टोलीलाई ५ विकेटले हराउँदै अस्ट्रेलियाले पाँच एक दिवसिय क्रिकेट श्रृखंला ४–१ ले जितेको छ । अस्ट्रेलियाले ४३ बल अघि नै ५ विकेटको क्षेतिमा आवश्यक रहन जोडेको थियो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंका ४०.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९५ रनमा सिमित भएको थियो । जवाफमा अस्ट्रेलियाले २५ रन बनाउँदा २ विकेट गुमाइसकेको थियो । तर त्यहाँबाट टोलीलाई अघि बढाउने क्रममा वार्नर तेस्रो विकेटका लागि जर्ज बेलीसँग १ सय ३२ रनको साझेदारी गरेपनि अस्ट्रेलियाले सहजै आफ्नो पक्षमा नतिजा पारेको थियो । ४३ ओभरको अन्त्यमा जोन हास्टिङले चौका प्रहार गरेपनि अस्ट्रेलियाले ५ विकेटको क्षेतिमा १ सय ९९ रन बनाएको थियो ।
‘कोसेढुंगा बनाउन सकेकोमा खुसी त लागेको छ । तर यो जितको श्रेय बलरहरुलाई जान्छ’ वार्नरले भने, ‘यहाँ आएर खेल्नु र पहिलो बलको सामना गर्नु सधै चुनौति पूर्ण हुन्छ । मध्यपक्तिमा आएर बेलीले उच्च प्रदर्शन गरे ।’ ५ खेलमा ६७.५ को औसतमा २ सय ७० रन बनाएका बेली प्लेयर अफ द म्याच चुनिए । श्रीलंकाका बलर खेलमा आक्रामक सुरुआत गर्ने क्रममा स्पिनर दिलरुवान परेराले म्याथु वाडेलाई ३ रनमा आउट बनाउँदा टोलीको स्कोर ११ थियो । परेरालेले ५.५ ओभरमा उस्मान ख्वाजालाई ६ रनमा आउट बनाएका थिए । परेराले नै वेलीलाई आउट गर्नुअघि वार्नरसँग महत्वपूर्ण साझेदारी गरेका थिए ।

वार्नरले १ सय २६ बल खेल्दै्र ९ चौकाका साथ १ सय ६ रन बनाएका थिए । बेन्लीले ७३ बलमा २ चौका साथ ४४ रन जोडेका थिए । पछिल्ला चार खेलमा वार्नरले जम्मा ३८ रन बनाएका थिए । उनी आइतबारको खेलमा स्पिनर धनन्जय डी सिल्भाको बलमा आउट भएका थिए । श्रीलंकाका परेरराले ३ विकेटका लागि ५१ रन खर्चे ।
श्रीलंकाका कार्यवहाक कप्तान दिनेश चन्डिमानलले कमजोर ब्याटिङका कारण हार्नु परेको बताए । ‘श्रृखंलाभर नै हाम्रो ब्याटिङ निराशजनक रह्यो’ उनले भने, ‘हामीसँग अनुभव र युवा खेलाडी छन् । तर पनि हामीले राम्रो गर्न सकेनौं ।’
अस्ट्रेलियान बल मिचेल स्टार्कले ३ तथा स्पिनरद्धय ट्रिभ्स हेड र एडम जाम्पाले समान २ विकेट लिएका थिए । श्रीलंकाका कुनै पनि खेलाडीले अर्धशतक पुरा गर्न सकेनन् । डि सिल्भा र धनुस्का गुनातिलकाले पहिलो विकेटका लागि ७३ रन साझेदारी गरेका थिए । गुनातिलकाले ३९, डि ल्सिाभाले ३४, कुशल मेन्डिसले ३३ र सचित पथिरानाले ३२ रन बनाएका थिए । श्रीलंकाले अन्तिम ७ विकेट गुमाउँदा ७४ रन जोडेको थियो । यी दुई टोलीबीच मंगलबार पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]