default_image

9 years ago

September 5, 2016

इङ्ल्यान्डलाई क्रिकेट श्रृखंला, अन्तिम खेलमा पाकिस्तानको जित

193 views

0 Bookmark

कार्डिफ (एजेन्स)– सरफराज अहमद र सोहेव मलिकले चौथो विकेटका लागि १ सय ६३ रनको साझेदारी गरेपनि पाकिस्तानले पाँचौं तथा अन्तिम एक दिवसिय क्रिकेटमा इङ्ल्यान्डलाई ४ विकेटले हराएको छ। त्यो सान्त्वना जितले पाकिस्तान क्विन स्विप हुनबाट जोगियो । इङ्ल्यान्डले श्रृखंलाले ४–१ ले जितेको छ ।
अहमदले ७३ बलमा ९० र मलिले ८० बलमा ७७ रन बनाएपछि पाकिस्तानले ४८.२ ओभरमा ६ विकेट गुमाएर ३ सय ४ रन बनाएको थियो । पाकिस्तानले एसियाभन्दा बाहिर ३ सय भन्दा बढी रन बनाएको यो पहिलो पटक हो ।
मार्क उडले एकै ओभरमा दुई विकेट लिएपछि पाकिस्तानले ७७ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । तर, अहमद र मलिकले चौथो विकेटका लागि महत्वपूर्ण साझेदारी गरेपनि टोली बलियो अवस्थामा पुगेको थियो । पाकिस्तानका लागि हसन अलिले ४ र मोहम्मद आमिरले ३ विकेट लिएका थिए ।

England v Pakistan - 5th One Day International
‘हाम्रो लागि यो भ्रमण कठिन थियो त्यसैले हामी केही विशेषका साथ भ्रमणको अन्त्य चान्थ्यौं’ पाकिस्तानी कप्तान अजर अलिले भने, ‘हामीसँग केही युवा खेलाडी आएका छन् । इमाद वासिम, मोहम्मद नवाज र हसन अहिल । तर हामीले एकरुपताको प्रदर्शन गर्न आवश्यक छ ।’
जासन रोय र बेन स्टोक्सले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरेका थिए । ओपनर रोयले ८७ र स्टोकले ७५ रन बनाएपछि इङ्ल्यान्डले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
‘हाम्रा खेलाडीको प्रदर्शनमा मलाई गर्व छ’इङ्ल्यान्डका कप्तान इयान मोर्गानले भने, ‘हामीले आजको खेल हार्यौ । तर पनि हामी अझै राम्रो गर्न सक्र्छौ । टे«न्ट ब्रिज अर्को स्तरमा खेलिरहेका छन् ।’
ब्रिजले १ सय ७१ बनाएको अघिल्लो खेलमा इङ्ल्यान्डले एक दिवसिय क्रिकेटमा कीर्तिमानी ३ विकेटको क्षेतिमा ४ सय ४४ रन बनाएको थियो ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.