default_image

5 years ago

September 28, 2020

डरलाग्दो दुर्घटना देखि फिल्डिङको ‘बेन्चमार्क’ सम्म

211 views

0 Bookmark

एजेन्सी – आधुनिक युगमा क्रिकेटतर्फ आकर्षण बढाउन टि२० क्रिकेटको महत्त्वपूर्ण भूमिका छ । अझ खेलाडीको अद्भुत प्रर्दशनले गर्दा यसको लोकप्रियता दिनानुदिन बढ्दो छ । खेलमा केहि यस्ता क्षण हुन थालेका छन् जसलाई केहि वर्षअघि कल्पना गर्न पनि सकिन्नथियो ।

टि२० क्रिकेटमा असम्भव केहि देखिदैन । टि२० क्रिकेटमा ब्याटिङ, फिल्डिङ र बलिङ अन्य शैलीमा भन्दा तीव्र र चुस्त हुने गर्दछ । त्यसैले पनि समर्थकले टि२०मा अन्य शैलीभन्दा तुलनात्मक रुपमा बढी मनोरञ्जन पाउँछन् ।

आइतबार राती इन्डियन प्रिमियर लिग (आइपिएल) मा किंग्स इलेभेन पन्जाबका बायाँ हाते युवा ब्याट्सम्यान निकोलस पुरनले राजस्थान रोयल्सविरुद्ध यस्तै एक क्षण देखाए । उनले बाउन्ड्रीमा फिल्डिङ गर्ने क्रममा अविश्वसनिय प्रयास गर्दै त्यसमा सफल भए र क्रिकेट इतिहासकै एक सर्वोत्कृष्ट फिल्डिङ गरे । जसको चर्चा विश्व क्रिकेटभर भइरहेको छ ।

जितका लागि २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले तीन बल अगाडि जित हासिल त गर्यो । तर ब्याटिङमा राहुल टेवाटिया र फिल्डिङमा पुरनले अविश्वसनिय प्रर्दशनले आइपिएलमा पछ्याइएको सर्वाधिक लक्ष्यको कीर्तिमानबारे खासै चर्चा हुन पाएन ।

स्पिनर मुरुगन आश्विनको आठौं ओभरको तेस्रो बलमा सन्जु स्यामसनले ठूलो सट खेले । डिप मिडविकेटमा रहेका पुरनले बाउन्ड्री रोपको अन्तिम विन्दुबाट बाहिरतर्फ डाइभ दिए । हावामा रहँदा नै उनले बाउन्ड्री बाहिर गइसकेको बल दुई हातले समाते । उनको ज्यान हावामा रहँदा बाउन्ड्री रेखाभन्दा धेरै बाहिर थियो । त्यसैले एक हातले जमिन टेक्नुअघिनै उनले उक्त बललाई बायाँ हातले सिमा रेखा भित्र फाल्दै छक्का हुनबाट बचाए ।

उक्त फिल्डिङलाई क्रिकेट इतिहासकै एक उत्कृष्ट बचाउका रुपमा खेलका क्रममा कमेन्टटेटर र सामाजिक संजालमा समर्थक, पूर्व खेलाडी लगायतले व्याख्या गरेका छन् ।

पुरन बल समात्ने क्रममा जमिन भन्दा झन्डै साढे चार फिटमाथि हावामा उफ्रिएका थिए । उक्त फिल्डिङलाई देखेर ड्रसिङ रुममा बसेका फिल्डिङ प्रशिक्षक जोन्टी रोड्स जुरुक्क उठेर उनीतर्फ फर्केर ताली बजाउँदै सम्मान गरे । त्यसपछि उनले दुइ हात उचाल्दै उनीतर्फ सम्मानले टाउको झुकाए । कप्तान लोकेश राहुलले पनि दुवै हातले ताली बजाउँदै सम्मान गरेका थिए ।

उक्त फिल्डिङको खुसी जोन्टीको अनुहारमा झल्किरहेको थियो ।फिल्डिङका बादशाह दक्षिण अफ्रिकी जोन्टी पन्जाबको फिल्डिङ प्रशिक्षक हुन् । उनको प्रभाव पन्जाबको फिल्डिङमा देखिएको पुरनको प्रयासबाट प्रष्ट हुन्छ । पुरनको यो फिल्डिङ आउने दिनमा बेन्चमार्कका रुपमा रहने पक्का छ । कसैले बाउन्ड्रीमा गरेको फिल्डिङको उदाहारण दिनुपर्दा निर्विकल्प उनको नाम नै अगाडि आउनेछ ।

उक्त फिल्डिङ देखेपछि विश्व क्रिकेटकै सर्वाधिक सफल ब्याट्सम्यान तथा भारतीय क्रिकेट टोलीका पूर्व कप्तान सचिन तेन्दुलकरले ट्विट गर्दै लेखेका छन्, ‘यो मैल आफ्नो करिअरमा देखेको उत्कृष्ट बचाउ हो, केवल अविश्वसनिय’ । सचिनको ट्विटलाई रि ट्विट गर्दै जोन्टीले लेखेका छन्, ‘यो साच्चिँकै उत्कृष्ट बचाउ हो, यसमा कुनै प्रश्न छैन । सानदार काम निकोलस पूरन । एक उत्कृष्ट डिफिन्सभ फिल्डिङ दृश्य जुन मैले यसअघि कहिल्यै देखेको छैन ।’

त्यसअघि तल्लोक्रममा ब्याटिङ गर्न आएका पुरनल ८ बलमा ३ छक्का र १ चौका सहित २५ रनमा अविजित रहेका थिए । पूरन विश्व क्रिकेटका एक युवा आक्रामक ब्याट्सम्यान हुन् । पुरन ती ब्याट्सम्यान हुन् जसले विश्व टि२० क्रिकेटमा ‘युनिभर्स बोस’ को उपनामसहित अलग पहिचान बनाएका क्रिस गेललाई बेन्चमा राखेर आफू पन्जाबको पहिलो रोजाईमा खेलिरहेका छन् ।

दुर्घटनाले झन्डै टुंग्याएको पुरनको करिअर

उमेर समूहमा प्रभावशाली प्रदर्शन गर्दै वेस्ट इन्डिज क्रिकेटका आशालाग्दा प्रतिभाका रुपमा स्थापित भइसकेका पुरन सन् २०१५ जनवरीमा सडक दुर्घटनामा पर्दा क्रिकेट करिअर के हुने भन्नेमा अनभिज्ञ थिए । त्यसबेला मात्र १९ वर्षका रहेका पुरनको दुर्घटनामा परेर दुवै खुट्टामा शल्यक्रिया गरिएको थियो । राष्ट्रिय प्रशिक्षण केन्द्रबाट नियमित क्रिकेट प्रशिक्षणबाट फर्कने क्रममा अर्को गाडीले हान्दा उनी घाइते भएका थिए ।

पुरनको बायाँ घुंडाको पटेलार टेन्डनमा गम्भीर चोट लागेको थियो । त्यस्तै दायाँ खुट्टाको एंकल भाँचिएको थियो । दुर्घटना हुनेबितिकै उनले आफैं दुवै खुट्टा चलाउन खोज्दा खुट्टाको भेउ नै नपाएपछि गम्भीर चोटको आशंका गरिएको थियो । डाक्टरहरुले पनि अब उनले मैदान फर्कन सक्नेबारे यकिन भन्न सक्ने अवस्था थिएन ।

पुरनले आफू मैदानमा फर्कने जस्तोसुकै अवस्थामा पनि हार नमान्ने अठोट लिए । दुर्घटनाको भोलिपल्ट दायाँ घुँडामा शल्यक्रिया गरेका पुरनले एक सातापछि बायाँ एंकलको पनि शल्यक्रिया गरे । त्यसपछि १८ महिना उनले नियमित रुपमा फिजियोथेरापी गरेर क्रिकेटमा पुनरागमनको बाटो बुने । चोटपछि आफूले नियमित फिजियो गराउनु नै सफल पुनरागमनको आधार रहेको पुरनले बताउँदै आएका छन् ।

पुरनले घरेलु क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै फेब्रुअरी २०१९ मा इंग्ल्यान्डविरुद्ध ओडीआई डेब्यु गरे । मात्र २३ वर्षको उमेरमा विश्वकप टोलीमा समेत रहेका उनले श्रीलंकाविरुद्ध विश्वकपमा शतक समेत प्रहार गरेका थिए । आक्रामक ब्याटिङका लागि परिचित पुरनलाई पन्जाबले सन् २०१९ संस्करणको अक्सनमा ४.२ करोड भारतीय रुपैयाँमा खरिद गरेको थियो ।

हेर्नुहोस पुरनको फिल्डिङ :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.