default_image

5 years ago

October 4, 2020

बुबाको संघर्षले दरिएका प्रियम

189 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि सन्तानको सफलताको पहिलो श्रेय बाबु आमालाई जान्छ । सफल र असफल हुनुमा बाबु आमाको साथ, सहयोग र विश्वासमा पत्यक्ष अप्रत्यक्ष रुपमा भर पर्छ । सन्तानले राम्रो काम गर्दा त्यसको सबैभन्दा बढी गर्व र खुसी बाबु आमा हुन्छन् । त्यसैका एक उदाहरण अभिभावक हुन् भारतीय यू१९ का कप्तान तथा युवा ब्याट्सम्यान प्रियम गर्गका बुबा नरेश गर्ग ।

नरेशले छोरालाई दुध बेचेरै भएपनि भारतीय क्रिकेटमा युवा स्टार बनाउन सफल भए । गर्ग इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राती सनराइजर्स हैदराबादबाट चेन्नई सुपर किंग्सबिरुद्ध उत्कृष्ट प्रर्दशन गरे । हैदराबादको रामोन्चक ७ रनको जित निकाल्दाका नायक बनेका गर्गले यो स्थान सम्मआउन निकै संघर्ष गर्नुपर्यो ।

स्कुलको भ्यान डाइभर नरेशले छोरोलाई क्रिकेटर बनाउन दुध बेच्ने देखि ठेलामा लोड गर्ने सम्मका काम गरे । त्यहि मिहिनेत, संघर्ष, सफलता र त्यागको प्रतिफल नरेशले छोरोको ब्याटमा पाइरहेका छन् । प्रियम गर्गको बुवा भनेर नरेशले गर्व गर्ने ठाउँ बनाएका छन् । गर्गले उच्च प्रर्दशन गर्दा उनले ती पुराना दिनलाई सम्झेर आफूले आफैलाई सम्मान गर्ने गर्दछन् ।

शुक्रबारको खेलमा ११ औं ओभरमा ६९–४ को कमजोर अवस्थामा पुगेको हैदराबादलाई सम्हाल्न मैदान छिरेका गर्ग अन्तिम सम्म क्रिजमा टिक्दै २६ बलमा ६ चौका र १ छक्का सहित ५१ रन जोडेपछि हैदराबादले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाउन सकेको थियो । जुन लक्ष्य दुबईको स्टेडियममा प्रतिस्पर्धात्मक मानिन्छ ।

कमजोर सुरुवात गरेको हैदराबादलाई बलियो योगफलमा पुर्याउन गर्गले पाँचौ विकेटका लागि अर्का युवा ब्याट्सम्यान अभिषेक शर्मासँग ७७ रनको उत्कृष्ट साझेदारी गरेका थिए । गर्ग पहिलो खेलमा रोयल च्यलोन्जर्स बेंगलोरबिरुद्ध १२ रनमा शिवम दुबेको बोल्ड आउट बन्न पुगेका थिए । कोलकाता नाइट राइडर्स र दिल्ली क्याटिल्सबिरुद्ध टोलीमा रहेपनि ब्याटिङ गर्ने अवसर पाएनन् ।

११ औं ओभरको पाँचौ बलमा डेभिड वार्नर फाफ डु प्लेसिसको उत्कृष्ट क्याच आउटको शिकार बनेपछि उनी मैदान छिरेका थिए । लगत्तै अर्को बलमा तालमेल नमिल्दा केन विलियम्सन रन आउट हुन पुगे । विलियम्सनको रन आउटले उनलाई थप दबाब बढायो । उनले सुरुवाती समय अभिषेकलाई राम्रो साथ दिए ।

१६ औं ओभरको अन्तिम बलमा गर्गले शार्दुल ठाकुरलाई ब्याकवार्ड स्क्वार लेगमा चौका प्रहार गरे । १७ औं ओभरको तेस्रो बलमा साम करनलाई चौका प्रहार गरे । लगत्तै अर्को बलमा डिपमिड विकेटमा उत्कृष्ट छक्का प्रहार गरे । पाँचौ बलमा चौका प्रहार गर्दै राम्रो योगफलको आशा देखाए । दिपक चहरको १८ औं ओभरको चौथो बलमा गर्गले चौका प्रहार गरे । अन्तिम बलमा भने उनले अभिषेक शर्माको साथ गुमाउन पुगे ।

ड्वेन ब्राभोको १९ औं ओभरको पहिलो बलमा गर्गले चौका प्रहार गरेका थिए । जुन हैदराबादको इनिङको अन्तिम बाउन्ड्री बन्यो । ब्याटिङसँगै फिल्डिङमा पनि त्यतिनै उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले जोनी बेयरस्टोबाट राम्रो ब्याटिङ गरेका फाफ डु प्लेसिसलाई रन आउट गराएका थिए ।

ब्याटिङ र फिल्डिङ दुबैमा उच्च प्रर्दशन गरेका गर्ग प्लेयर अफ द म्याच, गेम चेन्जर र सुपर स्ट्राइकर अवार्ड पाउँदै समान एक एक लाख भारतीय रुपैयाँ प्राप्त गरे । यो प्रर्दशन उनको करिअरमा सधैं स्मरण रहि रहने छ ।

गर्गको जन्म सन् नोभेम्भर २००० मा भारतको उत्तर प्रदेशको मरेठमा भएको हो । पिता नरेश र आमा कुसुम देवीको कोखबाट उनी पाँचौ सन्तानको रुपमा जन्मिएका थिए । गर्गका जेठो दाईसँगै तीन दिदिहरु छन् । उनको बाल्यकाल भने संघर्षपूर्ण बित्यो । परिवारको आर्थिक अवस्था कमजोर थियो । प्रियमका वुबा एक स्कुल भ्यानका डाइभर थिए । त्यसले ७ जनाको परिवार धान्नुपर्ने बाध्यता थियो । त्यसैले सुरुमा गर्गलाई क्रिकेटमा बुबाको मनदेखि साथ थिएन ।

गर्गले ६ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए । जुन समय केटाकेटीलाई क्रिकेट एकेडेमीमा भर्ना गरि क्रिकेट सिकाउने एउटा सबैभन्दा राम्रो समय थियो । तर परिवारको आर्थिक अवस्था राम्रो थिएन । परिवारलाई पाल्न मुश्किल परि रहेको बेला एकेडेमी धेरै टाढाको सोच थियो । गर्गको दिनदिनै क्रिकेटप्रति रुचि, लगाव र मोहलाई त्यसले धेरै समय रोक्न सकेन । उनले दुध बेचेर आउने पैसाले मरेठमा क्रिकेट एकेडेमीमा भर्ना गर्दिए ।

दुर्भाग्य सन् २०११ मा एक रोगको कारण उनको आमा कुसुमको मृत्यु हुन पुग्यो । बुबाले क्रिकेट खेल्न समर्थन नगर्दा आमालेनै उनिमाथि विश्वास गर्थिन् । कुसुमको छोरो भारतको जर्सीमा खेलेको हेर्ने ठूलो सपना पूरा हुन सकेन । गर्ग ११ वर्षको हुँदानै आमालाई गुमाउनु परेपछि केहि समय क्रिकेट खेल्न खेल्नै छोडिदिए ।

तर पछि बुबा र प्रशिक्षकले सम्झाई बुझाई गरेपछि उनी पुनः बल्लतल्ल फेरि क्रिकेट खेल्न थाले । १२ वर्षको उमेरमा उत्तर प्रदेशको यू१४ टोलीमा परे । उनले डेब्यु सिरिजमा अर्धशतक प्रहार गरेका थिए । स्कुलको भ्यान चलाउनु अघि उनले दुध बेच्थे भने पत्रिका वितरण गर्थे । स्कुलको भ्यानबाट खाली हुँदा वितिक्कै उनले अर्को काम गर्थे । कहिले काहिँ ठेलामा सामान लोड गर्थे ।

बुबा दिनभर घरघरमा पुगेर दुध बेच्ने गर्दथे । उनलाई बेलुका १० रुपैयाँको दिन्थें । उक्त १० रुपैयाँ लगेर मेरठमा रहेको क्रिकेट एकेडेमीसँग जानु पर्थ्यो । तर त्यो १० रुपैयाँ भाडाको लागिनै पर्याप्त थिएन । त्यसैले गर्गले बसको छतमा चडेर पुग्थे । उनी उत्तर प्रदेशको यू१६ हुँदै यू१९ भारतीय टोलीमा परे ।

सन् २०१६ डिसेम्बरमा १८ मा उनले श्रीलंकाबिरुद्ध यु१९ एसिया कपमा युथ ओडिआईमा डेब्यु गरे । प्रियम गर्ग अविजित ३२ र सुभमन गिलको ७८ रनको सहयोगले भारतले ६ विकेटले विजयी भएको थियो । गर्गले उक्त यू१९ एसिया कपमा नेपाली यू१९ टोलीविरुद्ध ४२ बलमा १ चौका र २ छक्का सहित ३६ रनमा रविजित रहँदै ६ विकेटको जित दिलाएका थिए । उक्त एसिया कपको फाइनलमा श्रीलंकालाई भारतले ३४ रनले हराउँदै उपाधि जित्दा गर्गले ५ रन जोडेका थिए ।

सन् २०१८ सेप्टेम्बरमा उनले उत्तर प्रदेशबाट सौराष्ट्रबिरुद्ध लिष्ट ए मा डेब्यु गरे । जुन डेब्यु खेलमा ३८ बलमा ३८ रन जोडेका थिए । एक महिनाअघि उनले प्रथम श्रेणीमा गोआबिरुद्ध डेब्यु गरे । रणजी ट्रफीको उक्त डेब्यु खेलमा पहिलो इनिङमा १ सय १७ रनमा अविजित रहेका थिए । २०१९ फेब्रुअरीमा उनले शैद मुश्ताक अली ट्रफीमा उनले महाराष्ट्रबिरुद्ध टि२० खेलमा डेब्यु गरे । उनले प्रथम श्रेणीमा गज्जबको प्रर्दशन गरे । डेब्युको एक महिनापछि डिसेम्बरमा त्रिपुराबिरुद्ध आफ्नो पहिलो दोहोरो शतकीय इनिङ खेले । उक्त खेलको पहिलो इनिङमा ३ सय ७१ ब्लमा २३ चौका र १ छक्का सहित २ सय ६ रन जोडेका थिए ।

सन् २०१९ मा इंग्ल्यान्डमा त्रिकोणात्मक सिरिज अघि उनी जुलाईमा भारतको यू१९ कप्तान बने । उनले इंग्ल्यान्डमा बंगलादेशबिरुद्ध आफ्नो पहिलो युथ ओडिआई शतक प्रहार गर्नेक्रममा ९७ बलमा १ सय रनमा अविजित रहेका थिए । उक्त सिरिजमा उनले .इंग्ल्यान्डबिरुद्ध आक्रामक अर्ध शतक जोडेका थिए । सिरिज पनि जिताए । उनले दक्षिण अफ्रिकामा भएको सिरिजमा पनि यू१९ को कप्तानी समाले ।

सन् २०१९ डिसेम्बरमा भारतले अर्को महिना देखि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकपको लागि गर्गलाई कप्तान बनायो । जुन उनको पहिलो विश्वकप थियो । उक्त विश्वकपमा श्रीलंकाबिरुद्ध डेब्यु गर्दै यशस्वी जैसवाल, गर्ग र ध्रुब जुरेलले पहिलो खेलमै अर्ध शतक प्रहार गरेपछि सहज जित निकालेको थियो । अघिल्ला दुई खेलमा भने ब्याटिङ गुर्न परेन । क्वाटरफाइनलमा अष्ट्रेलियाबिरुद्ध ५ रनमा बोल्ड आउट हुन पुगे ।

सेमिफाइनलमा जैसवालले अविजित शतक प्रहार गरेपछि पाकिस्तानबिरुद्ध ब्याटिङ गर्ने अवसर पाएनन् । फाइनलमा बंगलादेशबिरुद्ध ७ रनमा आउट भएका थिए । भारतलाई हराउँदै बंगलादेशको यू१९ टोलीले पहिलो पटक विश्वकप उपाधि जितेको थियो । त्यसअघि सन् २०१९ को आइपिएल अक्सनमा हैदराबादले १ करोड ९० लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

पछिल्लो समय उनले क्रिकेटबाटै संघर्ष र जिन्दगीलाई बदलेका छन् । क्रिकेटबाटै उनको आर्थिक अवस्था बलियो बनि सकेको छ । अव उनले भारतीय घरेलु क्रिकेटर खेलेर सहजै परिवार धान्न सक्ने खेलाडी बनेका छन् । आइपिएलबाटै करोडका मालिक बनि सकेका छन् ।

‘म शिक्षित थिइनँ । मलाई क्रिकेटको बारे त्यति धेरै ज्ञान पनि थिएन । मैले एक दिन राहुल द्रविडसँग भेट्ने अवसर पाएँ । द्रविडले मलाई भने छोरा राम्रो छ । कुनै चिन्ता लिनु पर्दैन । त्यो दिन देखि म साह्रै खुसी भए, अनि दुध बेचेरै भएपनि छोरालाई क्रिकेटर बनाउने सपना देखे’, प्रियमका बुबा नरेशले भने ।

‘मलाई क्रिकेटर बनाउन बुबाले साह्रै कडा मिहिनेत गर्नु भयो, तपाईं उक्त संघर्ष र मिहिनेतको अहिले कल्पना गर्न सक्नुहुन्न । दुध बेच्ने, स्कुल भ्यान चलाउने, सामनहरु लोड गर्ने लगायतका थुप्रै काम गर्नुभयो । त्यसैको कारण मैले राम्रो जीवन पाएँ । मलाई क्रिकेटर बनाउन उहाँले गर्न सक्ने सबै गनुभयो, यसको सबै श्रेय मेरो बुबालाई जान्छ, दुध बचेर भए पनि मलाई यो स्थानलाई लिउनु भयो’, गर्गले केहि समय अघि एक भारतीय पत्रिकालाई भनेका थिए ।

‘सिनियर खेलाडीसँग खेल्न पाउनु यो मेरो लागि ठूलो अवसर हो । मैदान जानु अघि मैले कुनै कुरा सोचेको थिइनँ । आफ्नो स्वभाभिक खेल र सट खेल्ने सोचका साथ मैदान प्रवेश गरेको थिए । मेरा पहिलो खेल राम्रो भएन । तर मेरो टिम ब्यवस्थापनले मलाई भने तिमी आफ्नो स्वभाविक खेल भनेर विश्वास देखाउनु भयो’, खेलपछि गर्गले भने । त्यसैमा उनले थपे मेरो जुन स्ट्रेन्थ थियो त्यहि बल आएपछि खेल अझ सहज बन्यो ।

उमेर समूहमा सँगै खेलेका सहकर्मी अभिषेक पिचको अर्कोतर्फ हुनु पनि सहज रहेको गर्गको भनाइ थियो । ‘अभिषेकसँग मैले सानैदेखि क्रिकेट खेल्दै आएको छु । त्यसैले हामी एक अर्कालाई बुझ्छौं र खेल्न सहज हुन्छ । एउटा राम्रो इनिङ खेलेर फिल्डिङमा जान्छु भने त्यसले राम्रो सकरात्मक उर्जा दिन्छ । यसले आत्माविश्वास पक्कैपनि बढी हाल्छ’, उनले भने ।

(एजेन्सी सहयोगमा)

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.