default_image

5 years ago

October 4, 2020

आइपिएल खेल्ने सम्भावना बोकेका नेपाली खेलाडीहरु

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वकै लोकप्रिय र सर्वाधिक धनराशी भएको फ्रेन्चाइज टि२० क्रिकेट प्रतियोगिता हो । सन् २००८ देखि सुरु भएको आइपिएलको १३ औं संस्करण संयुक्त अरव इमिरेट्स यूएईको आबूधाबी, दुबई र शारजाहमा जारी छ ।

आइपिएल त्यस्तो लिग हो जहाँ कुनैपनि खेलाडी एक रातमै करोडको मालिक हुने गर्दछन् । सडकका खेलाडी महलमा पुग्दछन् । क्षमता भएको जो कोही खेलाडीले आइपिएल खेल्न सक्छन् । विश्वका प्राय सबै चर्चित खेलाडीको आइपिएल खेल्ने सपना हुन्छ । आइपिएलबाट खेलाडीले नाम र दाम दुबै राम्रो प्राप्त गर्दछन् ।

सन् २०१८ मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले ३२ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । लगातार तेस्रो सिजन सन्दीपले दिल्लीबाट खेलि रहेका छन् । सन्दीप नेपाली क्रिकेटबाट आइपिएल खेल्ने पहिलो खेलाडी बने । आइपिएल पछि सन्दीपले क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, बिग ब्यास लिग, क्यानडा टि२०, टि टेन लगायतका विश्वका चर्चित विदेशी लिगमा पहिलो रोजाईमा पर्दै राम्रो पारिश्रमिक पाउनुको साथैं प्रर्दशन गर्दै आएका छन् ।

विश्व क्रिकेट जगतमा मौका पाए नेपाली मात्र नभएर एसोसिएट टोलीका खेलाडीले पनि उत्कृष्ट प्रर्दशन गर्न सक्छन् भन्ने सन्दीपले राम्रो सन्देश दिएका छन् । सन्दीपसँगै, पूर्व कप्तान पारस खड्का र तीव्र गतिका बलिङ अलराउन्डर सोमपाल कामीले पनि विदेशी फ्रेन्चाइज लिग खेलि सकेका छन् ।

सन्दीपले निरन्तर विश्वका प्रख्यात फ्रेन्चाइज लिग खेल्दै उच्च प्रर्दशन गर्दै आएका छन् । यसले अन्य नेपाली खेलाडीलाई विदेशी लिग खेल्न सहज बन्दै गएको छ । सन्दीपले विदशी लिगको अनुभव नेपाली क्रिकेटमा बाँड्दै आएका छन् । जुन नेपाली क्रिकेटका लागि फाइदाको कुरा हो । पछिल्लो समय नेपाली क्रिकेट युवा खेलाडीमा बढि केन्द्रित छ ।

युवा खेलाडीले राम्रो सम्भावना र आशा देखाएका छन् । सन्दीपसँगै खेल्दा आफूले पनि विदेशी लिग खेल्न सक्ने आत्माविश्वास बढ्दै गएको छ । सन्दीपले खेल्न सक्छन् भने हामी किन सक्दैनौ भन्ने भावनाको विकाश हुँदै गएको छ । जुन नेपाली क्रिकेटका लागि राम्रो पक्ष हो ।

नेपाली खेलाडीहरुको प्रर्दशन, क्षमता र सम्भावनालाई हेर्दा आगमी दिनमा विश्वका चर्चित फ्रेन्चाइज लिगहरु अन्य नेपाली खेलाडीहरुले पनि खेल्ने सम्भावना देखिन्छ । हालसम्म नेपाली राष्ट्रिय, घरेलु क्रिकेटको प्रर्दशन र खेलाडीको क्षमता हेर्दा यी तीन नेपाली खेलाडीले आइपिएल खेल्ने सक्छन् ।

३. सुशन भारी (स्पिनर)

बायाँ हाते सुशन भारी नेपाली क्रिकेटमा राम्रो प्रर्दशन गर्दै आएका युवा स्पिनर हुन् । २५ वर्षिय सुशनले घरेलु र राष्ट्रिय टोली दुबैबाट उच्च प्रर्दशन गर्दै आएका छन् । सुशनले एकपछि अर्को राम्रो प्रर्दशन गर्दै आएका छन् ।

गत माघमा भएको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रर्दशन गरेका थिए । सुशनले ओमान र अमेरिकाविरुद्ध ३–३ विकेट लिएका थिए । दोस्रो खेलमा ओमनविरुद्ध १ र अमेरिकाविरुद्ध ४ विकेट लिएका थिए । अमेरिकालाई ३५ रनमा अल आउट गर्न सुशनले ३ ओभरमा १ मेडन सहित ५ रन खर्चेर ४ विकेट लिएका थिए । उक्त त्रिकोणात्मक सिरिजमा समान ४ खेलमा सन्दीपले ८ सुशनले ११ विकेट लिएका थिए ।

सुशनको इकोनमी ३.३९ र सन्दीपको ४.२५ थियो । यसले सुशनको क्षमता आफैं पष्ट हुन्छ । आइपिएलमा ब्याट्सम्यानले भन्दा बलरले मौका पाउने सम्भावना बढी हुन्छ । सुशनले आगमी दिनमा अझ उत्कृष्ट प्रर्दशन गर्दै गएको खण्डमा अन्य विदेशी लिग हुँदै आइपिएल सम्म पुग्न सक्छन् । जसको लागि अन्तर्राष्ट्रिय क्रिकेटरमा निरन्तर उत्कृष्ट प्रर्दशन गर्न भने आवश्यक पर्दछ ।

२. सोमपाल कामी (अलराउन्डर)

तीब्र गतिका बलिङ अलराउन्डर सोमपाल कामी आइपिएल खेल्न सक्ने बलियो सम्भावना बोकेका अर्का नेपाली खेलाडी हुन् । नेपाली क्रिकेटका प्रमुख हतियार सोमपालले पहिलो विदेशी लिगको रुपमा टि२० ग्लोबल क्यानडा २०१९ विनिपेग हक्सबाट खेलेका थिए । उक्तक्रममा सोमपालले एक खेल खेल्ने मौका पाएका थिए ।

सोमपालले टोलीलाई ब्याट र बल दुवैमा योगदान दिन सक्छन् । सोमपालले तीव्र गतिसँगै तल्लोक्रममा उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन् । नेपाललाई पहिलो टी २० विश्वकप खेलाउन देखी वान डे मान्यता दिलाउन सम्म उनको प्रर्दशन निकै महत्वपूर्ण छ ।

सोमपलको नाममा टी २० क्रिकेटमा विश्व रेकर्ड समेत छ । सोमपालले सन् २०१४ मा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रन जोडेपछि विश्व रेकर्ड कायम गरेका थिए । सोमपाल नेपालबाट ओडिआईमा पाँच विकेट लिने पहिलो बलर समेत हुन् । अलराउन्डर खेलाडी हरेक टोलीलाई निकै महत्वपूर्ण हुन्छ ।

सोमपालले टोलीको आवश्यकता अनुसार ब्याटिङ गर्ने गर्दछन् । सोमपालको अर्को विषेशता भनेको बलियो आत्माविश्वास हो । नेपाली क्रिकेटमा उत्कृष्ट प्रर्दशन गर्दै आएका सोमपालले आगमी दिनमा विभिन्न विदेशी लिग हुँदै आइपिएल खेल्न सक्ने सम्भावना देखिन्छ ।

१. कुशल मल्ल (अलराउन्डर)

१६ वर्षिय युवा अलराउन्डर नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी हुन् । बायाँ हाते कुशलले आक्रामक ब्याटिङ गर्नुको साथै स्पिन बलिङ गर्ने गर्दछन् । कुशलले ब्याट र बल दुबैबाट उत्कृष्ट प्रर्दशन गर्दै सहज जित दिलाउन सक्छन् ।

कुशलले गत माघमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध डेब्यु खेलमा ५० रन जोड्दै ओडिआईमा सर्वाधिक कम उमेरमा अर्धशतक प्रहार गने विश्व कीर्तिमान रचेका थिए । कुशलले आफ्नो स्पिन बलमा विपक्षी ब्याट्सम्यानलाई घुमाउने क्षमता राख्छन् । कुशलले ओपनिङ देखि फिनिसर सम्म ब्याटिङ गर्ने गर्दछन् । कुशलको टि२० आईमा स्ट्राइक रेट १२६ को छ । बलिङमा इकोनमी ६.४४ रहेको छ ।

कुशल ओपनिङ देखि जुनसुकै भूमिकामा ब्याटिङ गर्ने गर्दछन् । आक्रामक ब्याटिङ गर्दै एकै ओभरमा खेललाई मोड्न सक्ने क्षमता कुशलमा छ । उनको अर्को विशेषता स्पिन बलिङ हो । कुशलले टोलीका लागि दोस्रो स्पिनरको विकल्पका रुपमा पनि खेल्न सक्छन् ।

कुशलको उमेर भर्खर १६ वर्ष भएका छन् । उनको उमेर बढ्दै जादा प्रर्दशनमा अझ निखारता आउने छ । जसले गर्दा उनले आइपिएल लगायतमा अन्य लिगमा खेल्न सक्ने सम्भावना देखिन्छ । कुशलले हालसम्म जुन क्षमता र सम्भावना देखाएका छन् यसले भने आइपिएल अघि अन्य विदेशी लिगमा खेल्न सक्ने देखिएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.