default_image

5 years ago

October 4, 2020

तेस्रो जितको सोचमा मुम्बई र हैदराबाद

162 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं खेलमा आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३:४५ पछि शारजाहमा हुनेछ ।

दुवै टोली तेस्रो जितको सोचमा छन् । मुम्बई ४ खेलमा समान २ मा जित र हारका साथ दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा समान २ मा जित र हार सहित चौथो स्थानमा छ । मुम्बईमा आक्रामक खेलाडीको बाहुल्यता हुँदा शारजाहमा रनको वर्षा बन्न सक्छ । शारजाहको बाउन्ड्री छोटो छ । आइपिएल जारी सिजनमा शारजाहमा तीन खेल भएका छन् । जसमा तीन खेलमा सबै टोलीले २ सय माथिको योगफल कटाएका छन् ।

राजस्थानले किंग्स इलेभेन पन्जाबले प्रस्तुत गरेको २ सय २४ रनको लक्ष्य शारजाहमा तीन बल अगाडि ६ विकेटको क्षतिमा पूरा गरेको थियो । त्यसअघि राजस्थानले चेन्नई सुपर किंग्सबिरुद्ध ७ विकेटको क्षतिमा २ सय १६ रन बनाएको थियो । चेन्नईले उक्त लक्ष्य पछ्याउने क्रममा ६ विकेटको क्षतिमा २ सय रन बनाएको थियो ।

शुक्रबार दिल्लीले शारजाहमै कोलकाताबिरुद्ध ४ विकेटको क्षतिमा २ सय २८ रन बनाएको थियो । कोलकाताले उक्त लक्ष्य पछ्याउनेक्रममा ८ विकेटको क्षतिमा २ सय १० रन बनाएको थियो । त्यसैले सुरुवाती तीन खेलको प्रर्दशन हेर्दा शारजाहमा २ सय भन्दा कम योगफल सुरक्षित देखिदैन ।

मुम्बईमा रोहित शर्मा, हार्दिक पान्ड्या, काइरन पोलार्ड, ईशान किशन, क्रुनाल पान्ड्या र क्विन्टन डी कक जस्ता ब्याट्सम्यान हुँदा विशाल योगफल बनाउन सक्छ । पोलार्ड र रोहित उत्कृष्ट लयमा छन् । पोलार्ड रोयल च्यालेन्जर्स बेंगलोरबिरुद्ध ६० र किंग्स इलेभेन पन्जाबबिरुद्ध ४७ रनको आक्रामक इनिङ खेलेका थिए । रोहितले कोलकाताबिरुद्ध ८० र पन्जाबबिरुद्ध ७० रन जोड्दै राम्रो लय देखिएका छन् ।

ठूला सटका लागि परिचित यी दुई ब्याट्सम्यानले शारजाहको छोटो बाउन्ड्रीको फाइदा उठाउँदै ठूलो इनिङ खेल्न सक्छन् । हार्दिक पान्ड्याले पन्जाबबिरुद्ध आक्रमक ३० रन जोडेका थिए । पान्ड्या पनि घातक बन्न सक्छन् । जस्प्रित बुमराह मुम्बईका प्रमुख बलिङ हतियार हुन् । टे«न्ट बोल्ट, स्पिनर राहुल चहर र जेम्श प्याटिनसनले पनि राम्रो प्रर्दशन गर्दै आएका छन् ।

यता हैदराबाद शीर्षक्रम ब्याटिङमा बढि निर्भर छ । कप्तान डेभिड वार्नर, जोनी बेयरस्टो, मनिष पान्डे र केन विलियम्सनलाई ठूलो इनिङ खेल्न आवश्यक छ । यता चेन्नई सुपर किंग्सबिरुद्ध दुई युवा खेलाडी प्रियम गर्गले ५१ र अभिषेक शर्माले ३१ रन जोड्दै जितको आधार बनाएका थिए । जसले गर्दा हैदराबादको मध्यक्रम समस्या समधान देखिएको छ । अर्का युवा ब्याट्सम्यान अब्दुल सामद पनि ठूला सटका लागि परिचित छन् ।

पछिल्ला दुई खेलमा राशिद खानले राम्रो प्रर्दशन गरेका छन् । मुम्बईलाई घातक बन्न सक्छन् । भुवनेश्वर कुमार चेन्नईबिरुद्ध १९ औं ओभरमा खुट्टाको एंकलमा समस्या देखिएको थियो । उनी फिट नभएको खण्डमा हैदराबाद समस्यामा पर्ने देखिन्छ । हैदराबादको दुबै जितमा उत्कृष्ट प्रर्दशन गरेको डेथ ओभर स्पेलिष्ट टि नटराजन मुम्बईलाई घातक बन्न सक्छन् । आइपिएलमा यी दुई टोलीबीच कुल १४ खेल भएको छ । जसमा मुम्बई ७ खेलमा विजयी हुँदा ७ खेलमा पराजित हुन पुगेको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.