default_image

5 years ago

October 4, 2020

मुम्बई टस जितेर ब्याटिङमा

144 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादबिरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शारजाहमा भएको टसमा मुम्बईका रोहित शर्माले टस जितेर पहिला ब्याटिङ गने निर्णय लिएका हुन् । मुम्बईले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । हैदराबादले भने टोलीमा दुई परिवर्तन गरेको छ । प्रमुख बलर भुवनेश्वर कुमार चोटका कारण आजको खेलमा उपलब्ध छैनन् ।

भुवनेश्वर कुमारको चेन्नईबिरुद्ध १९ औं ओभरमा खुट्टाको एंकलमा समस्या देखिएको थियो । भुवनेश्वर कुमारको स्थानमा सन्दीप शर्माले मौका पाएका छन् । अर्का तीव्र गतिका बलर खलिल अहमदको स्थानमा सिद्धार्थ कौललाई मौका दिएको छ ।

दुवै टोली तेस्रो जितको सोचमा छन् । मुम्बई ४ खेलमा समान २ मा जित र हारका साथ दोस्रो स्थानमा छ । हैदराबाद ४ खेलमा समान २ मा जित र हार सहित चौथो स्थानमा छ । शारजाहको बाउन्ड्री छोटो छ । आइपिएल जारी सिजनमा शारजाहमा तीन खेल भएका छन् । जसमा तीन खेलमा सबै टोलीले २ सय माथिको योगफल कटाएका छन् । शारजाहमा २ सय भन्दा कम योगफल सुरक्षित देखिदैन ।

हैदराबादको प्लेइङ ११ – डेविड वार्नर (कप्तान) जोनी बेयरस्टो (विकेटकिपर), मनिष पान्डे, अब्दुल साम्सद, प्रियम गर्ग, अभिषेक शर्मा, केन विलियम्सन, राशिद खान, सन्दीप शर्मा , टि नटराजन र सिद्धार्थ कौल ।

मुम्बईको प्लेइङ ११ – रोहित शर्मा (कप्तान), क्विन्टन डी कक, सूर्यकुमार यादव, ईशान किशन, क्रुनाल पान्ड्या, हार्दिक पान्ड्या, काइरन पोलार्ड, जेम्स प्याटिनसन, राहुल चहर, ट्रेन्ट बोल्ट र जस्प्रित बुमराह ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.