default_image

5 years ago

October 4, 2020

पुछारका चेन्नई र पन्जाब भिड्दै

119 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाब खेल्दै छन् । खेल नेपाली समय अनुसार बेलुका ७ : ४५ पछि दुबईमा सुरु हुनेछ ।

पुछारमा रहेका यी दुई टोलीलाई आजको खेल जित्नै पर्ने दबाब छ । चेन्नई ४ खेलमा १ मा जित र ३ मा हार सहित पुछारमा छ । पन्जाब ४ खेलमा ३ मा हार र १ मा जित सहित सातौं स्थानमा छ । पन्जाबले तीन मध्य दुई खेलमा जित नजिक पुगेर हारेको थियो । पन्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो ।

दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेट र मुम्बईसँग ४८ रनले पराजित भएको थियो । राजस्थानबिरुद्ध २ सय २३ रन बनाएपनि उक्त योगफल बचाउन असफल भएको थियो ।

यता चेन्नईले लगातार खराब प्रर्दशन तीन हार बेहोरेको छ । चेन्नईको ब्याटिङ कमजोर देखिएको छ । पहिलो खेलमा मुम्बईलाई ५ विकेटले हराएपनि त्यसपछि लगातर हार बेहोरेको छ । जुन चेन्नईको इतिहासकै खराब सुरुवात मानिन्छ । चेन्नई राजस्थानसँग १६ रन, दिल्लीसँग ४४ रन र हैदराबादसँग ७ रनले पराजित भएको छ ।

ओेपनर शेन वानटसनको खराब लय चेन्नईलाई चिन्ताको विषय हो । आजको खेलमा वाटसनलाई बेन्चमा राखेर स्पिनर इमरान ताहिरलाई मौका दिन सक्छ । लगातार खराब प्रर्दशन गर्दै आएका केदार जाधवको स्थानमा नारायण जगदेसनलाई मौका दिन सक्छ । ओपनिङ ब्याट्सम्यान नारायण र फाफ डु प्लेसिसले ओपनिङ गर्न सक्ने सम्भावना छ ।

कप्तान महेन्द्र सिंह धोनीले हैदराबादबिरुद्ध राम्रो प्रर्दशन गरेका थिए । जुन चेन्नईलाई एक सकरात्मक पक्ष हो । यता साम करनलाई चौथो नम्बरमा ब्याटिङ गराउनु पर्ने आवश्यक देखिन्छ । तल्लोक्रममा रविन्द्र जडेजा र ड्वेन ब्राभोले ब्याटिङ सम्हाल्ने प्रयास गर्ने छन् । तीव्र गतिको बलरमा दीपक चहर र शार्दुृल ठाकुरलाई निरन्तरता दिने छ । यी दुईलाई साम करन र ब्राभोले साथ दिने छन् । स्पिनरमा इमरान ताहिर र पियुष चावला जोडीको सम्भावना छ । रविन्द्र जडेजा पार्टटाइम स्पिनर हुने छन् । धोनी, दिपक र करन प्रमुख हतियार हुन् ।

यता पन्जाबलाई डेथ ओभर बलिङ समस्या सुधार गर्न आवश्यक छ । जेम्श निसमको स्थानमा क्रिस जोर्डनको सम्भावना छ । ग्लेन म्याक्सवेलको कमजोर प्रर्दशन पन्जाबलाई अर्को चिन्ताको विषय हो । म्याक्सवेललाई ठूलो इनिङ खेल्न आवश्यक छ । ओपनर लोकेश राहुल र मयंक अग्रवालको उत्कृष्ट लय पन्जाबको बलियो हतियार हो ।

यी दुई ओपनरको प्रर्दशन पन्जाबलाई निकै महत्वपूर्ण हुने छ । मध्यक्रममा निकोलस पूरनले उत्कृष्ट ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । करुण नायर र शरफराज खानलाई पनि उत्कृष्ट प्रर्दशन गर्नु पर्ने आवश्यक छ । कृष्णाप्पा गौथमलाई निरन्तरता दिने देखिन्छ । गौथमले स्पिन बलिङसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् ।

मोहम्मद शामी, शेल्डन कटरेल र क्रिस जोर्डन तीव्र गतिका बलिङ युनिट सम्हाल्ने देखिन्छ । स्पिनरमा रवि विश्रोई रहने छन् । निसमको स्थानमा मुजिब उर रहमानको सम्भावना पनि छ । ओपनर क्रिस गेल आजको खेलमा पनि बेन्चमा रहने देखिन्छ ।

आइपिएलमा यी दुई टोलीबीच २२ खेल भएको छ । जसमा चेन्नई १३ खेलमा विजयी हुँदा ९ खेलमा पराजित भएको छ । गतवर्ष पहिलो खेलमा चेन्नई २२ रनले विजयी हुँदा दोस्रोमा ६ विकेटले पराजित हुन पुगेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.