5 years ago
October 4, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १७ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई २ सय ९ रनको विशाल लक्ष्य दिएको छ ।

शारजाहमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ८ रन बनायो । काइरन पोलार्ड १३ बलमा ३ छक्का सहित २५ रनमा अविजित रहे । क्रुनाल पान्ड्या ४ बलमा २ चौका र २ छक्का सहित २० रनमा अविजित रहे ।
मुम्बईले कप्तान रोहित शर्माले पहिलो ओभरको पाँचौ बलमा ब्यक्तिगत ६ रनमा गुमाएको थियो । सन्दीप शर्माको बलमा रोहित विकेटकिपर जोनी बेयरस्टोबाट कट बिहाइन्ड क्याच आउट हुन पुगेका थिए । कप्तान डेभिड वार्नरले रिभ्यु लिदै रोहितलाई पेभिलिएन फर्काए । सिद्धार्थ कौलले छैटौं ओभरको पाँचौ बलमा सूर्यकुमार यादवलाई २७ रनमा टि नटराजनबाट क्याच आउट गराउँदै दबाबमा राख्न खोजेका थिए । सूर्यकुमारले १८ बलमा ६ चौका प्रहार गरे ।

तेस्रो विकेटका लागि इशान किशन र क्विन्टन डी ककले ७८ रनको साझेदारी गर्दै इनिङ बढाएका थिए । १४ औं ओभरको पहिलो बलमा राशिद खानले आफैं क्याच लिदै डी ककलाई ६७ रनमा आउट गरे । डी ककले ३९ बलमा ४ चौका र ४ छक्का प्रहार गरे । सन्दीप शर्माको १५ औं ओभरको अन्तिम बलमा ठूलो सट खेलेका किशन मनिष पान्डेबाट ३१ रनमा क्याच आउट हुन पुगे ।
किशनले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । कौलको २० औं ओभरको दोस्रो योर्कर बलमा हार्दिक पान्ड्या २८ रनमा बोल्ड आउट गरे । पान्ड्याले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
राशिद खानले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । सन्दीप शर्माले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लगातार योर्कर फाल्दै मुम्बईलाई दबाबमा राखेका टि नटराजनले विकेट लिन नसकेपनि ४ ओभरमा २९ रन खर्चेका थिए । सिद्धार्थ कौलले ४ ओभरमा ६४ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]