5 years ago
October 4, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सबिरुद्ध किंग्स इलेभेन पन्जाबले पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईमा भएको टसमा पन्जाबका कप्तान लोकेश राहुलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । पन्जाबले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ । चेन्नईले कुनै खेलाडी परिवर्तन गरेको छैन । पन्जाबले आज कृष्णाप्पा गौथम, करुण नायर र जेम्श निसमलाई बेन्चमा राखेको छ । मनदीप सिंह, हरप्रित बार र क्रिस जोर्डनलाई मौका दिएको छ ।
पन्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ९७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा राजस्थान रोयल्ससँग ४ विकेट र मुम्बईसँग ४८ रनले पराजित भएको थियो ।
चेन्नईको ब्याटिङ कमजोर देखिएको छ । पहिलो खेलमा मुम्बईलाई ५ विकेटले हराएपनि त्यसपछि लगातर हार बेहोरेको छ । चेन्नई राजस्थानसँग १६ रन, दिल्लीसँग ४४ रन र हैदराबादसँग ७ रनले पराजित भएको थियो ।

चेन्नई प्लेइङ ११ – अम्बाती रायुडू, शेन वाटसन, फाफ डु प्लेसिस, शार्दुल ठाकुर, केदार जाधव, महेन्द्र सिंह धोनी (कप्तान तथा विकेटकिपर), रविन्द्र जडेजा, साम करन, दीपक चहर, पियुष चवला र ड्वेन ब्राभो
पन्जाबको प्लेइङ ११ – लोकेश राहुल (कप्तान तथा विकेटकिपर), मंयक अग्रवाल, मनदीप सिंह, शरफराज खान, ग्लेन म्याक्सवेल, निकोलस पूरन, हरप्रित बार, क्रिस जोर्डन, रबि बिश्रोई, मोहम्मद शामी र शेल्डन कटरेल
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]