9 years ago
September 7, 2016
नेपाल क्रिकेट खेलाडी संघ (सिप्यान) को पहलमा थप दुई क्रिकेट खेलाडी व्यवसायिक कम्पनीसँग आबद्ध भएका छन् । नेपाली यू १९ क्रिकेट टोलीका उपकतान मोहम्मद आरिफ शेख र सुनिल धमला सिप्रदी ट्रेडिङ लिमिटेडसँग आबद्ध भएका छन् ।

सिप्यानको पहलमो यो तेस्रो सम्झौता हो । अघिल्लो सातामा यू १९ कप्तान राजु रिजाल र प्रेम तामाङ एनआइसी एसिया बैंकसँग आबद्ध भएका थिए । केही महिना अघि सन्दीप लामिछानेलाई सानिमा बैंकले प्रायोजन गरेको थियो । सिप्रदीले मोहम्मद आरिफ र सुनिल दुवैलाई दुई बर्षसम्म मासिक २० हजार रुपैयाँ दिनेछ । अघिल्ला सबै खेलाडीले पनि मासिक २० हजार रुपैयाँमा सम्झौता गरेका थिए । होटल अन्नपूर्णमा आयोजित सम्झौता कार्यक्रमपछि सिप्रदीका निर्देशक सम्भुप्रसाद दाहालले मासिक २० हजार रुपैयाँका साथै क्रिकेट सामग्री उपलब्ध गराउने जनाएका थिए । दहालले खेलाडीलाई प्रायोजन गर्न पाउँदा खुसी लागेको बताए ।
आरिफ र सुनिलले सम्झौताले खेलप्रति अझै उत्साहित भएर लाग्न प्रेरणा मिलेको बताए । सिप्यानका महासचिव समेत रहेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पछिल्ला सम्झौताहरुले खेलाडीहरुमा उत्साहको सञ्चार भएको उल्लेख गरे । उनले भने,‘सम्झौता भएका खेलाडीले कम्तीमा आफ्नो घरमा आर्थिक रुपमा थोरै सहयोग गर्ने वातावरण मिल्नेछ । यसले खेलाडीले खुला भएर खेल्न सक्छ भन्ने हाम्रो विश्वास हो । आगामी दिनमा अन्य खेलाडीलाई पनि यसरी सम्झौता गराउन सकिनेमा हामी आशावादी र त्यसतर्फ पहल गरिरहेका छौं ।’ पूर्व कप्तान पवन अग्रवालको नेतृत्वमा केहि महिना सिप्यानको नयाँ कार्यसमिति चयन भएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]